Piyali Poddar

569 Posts
राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

राष्ट्रिय राजमार्ग 8 जुलाईसम्म बन्द

आज साँझ 6 बजीदेखि बङ्गाल-सिक्किमको लाइफलाइन एनएच 10 खोलिने सम्भावनाबारे नेशनल हाइवे इन्फ्रास्ट्रक्चर कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल) को बताएको थियो। त्यसैले आज साझसम्म सड़क खोलिने अपेक्षा गरिएको थियो। पैह्रोले क्षति पुर्याेएको राष्ट्रिय राजमार्ग 10 को मरम्मती कार्य जारी छ। पहाड़ काटेर सड़क विस्तार गर्ने कार्य चलिरहेको छ। फेरि अत्यधिक वर्षा नभए सड़क खोलिने सम्भावना बताइए पनि अब आगामी 8 जुलाईको बिहान 9 बजीसम्म राजमार्ग बन्द राखिने समाचार आएको छ। गत 3 दिनदेखि राष्ट्रिय राजमार्ग 10 बन्द छ।लगातार वर्षाका कारण सेवकदेखि रम्फूसम्म सड़कका विभिन्न ठाउँमा पैह्रो गएको छ। विशेष गरी 10 माइलको तारखोला क्षेत्रमा पहाड़बाट ढुङ्गा र ठूल्ठूला चट्टान सड़कमा झरेको छ।…
Read More
भाजपाको विरोध प्रदर्शन

भाजपाको विरोध प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा) ले सोमवार सिलगढ़ी महकुमा परिषदअघि प्रदर्शन गरेको छ। सत्ताधारी दलले परिषदलाई भ्रष्टाचारको केन्द्र बनाएको आरोप लगाउँदै भाजपा सड़कमा उत्रिएको हो। भाजपा नेताहरूले परिषद कार्यालयलाई पार्टी कार्यालयसरह चलाइएको र विपक्षी दलहरूको धारणा र सुझाउको कुनै ख्याल नगरिएको आरोप लगाएको छ। कञ्चनजङ्घा रङ्गशालाबाट आरम्भ गरिएको प्रदर्शन ऱ्याली सिलगढ़ी महुकमा परिषद कार्यालयसम्म पुगेपछि त्यहाँ भाजपा कार्यकर्ताहरूले प्रदर्शन गरे। प्रदर्शनपछि भाजपा प्रतिनिधि मण्डलले परिषदको कामकाज पारदर्शी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ। सिलगढ़ी महकुमा परिषदमा विपक्षी नेता अजय उराँवले बैठकहरू दिउँसो 4 बजी तय गरिए पनि विपक्षी सदस्यहरू आइपुग्नअघि नै लगभग 2 बजीतिर नै ती बैठकहरू भइसक्ने गरेको बताए। आफू…
Read More
कृष्णनगरवासीको अनित थापासित भेट

कृष्णनगरवासीको अनित थापासित भेट

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)का मुख्य कार्यपाल अनित थापा आज मिरिक भ्रमणमा आएका थिए। त्यसै भ्रमण अवधि मिरिक नगरपालिका वार्ड नम्बर पाँच कृष्णनगर वासिन्दाहरूले कृष्णनगर क्लबमा अनित थापासित भेट गरेका छन्। भेटमा स्थानीय मानिसहरूले क्षेत्रको समस्या सुनाँउदै समस्याको समधान गरिदिने थापासमक्ष अनुरोध गरे। जीटीए प्रमुखसित कृष्णनगरवासीले कृष्णनगरमा एउटा कार पार्किङ निर्माण गरिदिने अनि सिक्किमको एमजी मार्ग जस्तै सड़क कृष्णनगरमा निर्माण गरिदिने अनुरोध गरेका छन्। त्यससितै कृष्णनगर क्लब भवनको बढ़ोत्तरीको तिनीहरूले माग गरे। थापाले क्लब भवनको बढ़ोत्तरी तुरुन्त गरिदिने आश्वासन दिए। यता कार पार्किङ अनि सड़क मार्गबारे विभागीय अधिकारीहरूसित कुराकानी गरेपछि पहल गरिदिने आश्वासन दिए। यस अवसरमा बोल्दै कृष्णनगर क्लबका अध्यक्ष अरबिन…
Read More
बीडीओको मन्तव्यले विवाद

बीडीओको मन्तव्यले विवाद

पश्चिम बङ्गालको जलपाइगढ़ी जिल्लाको राजगञ्जमा ब्लक डेभलपमेण्ट अफिसर (बीडीओ) ले सड़क मरम्मतीको मागमा प्रदर्शन गरिरहेका गाउँका महिलाहरूलाई भने, राज्य सरकारबाट लक्ष्मी भण्डारको राशि पाइरहनु भएको छ अनि फेरि किन सड़कमा आउनु भएको? घर जानुहोस्। तर महिलाहरूले स्पष्ट रूपमा भने, हामीलाई लक्ष्मी भण्डारको पैसा होइन सड़कको आवश्यकता छ। त्यसमाथि प्रतिक्रिया दिँदै बीडीओले भने, यदि तपाईँहरूलाई लक्ष्मी भण्डारको पैसा चाहिँदैन भने त्यसै पैसाले सड़क बनाइदिनेछौँ। बीडीओबाट यस्तो अचम्मको मन्तव्यले विवाद सिर्जना भएको छ। त्यस्तो मन्तव्य सुनेर स्थानीय वासिन्दाहरू अचम्मित बने अनि बीडीओलाई घेरेर विरोध जनाए। प्रदर्शनका क्रममा बीडीओ प्रशान्त बर्मनले होस गुमाए। बेलाकोबामा स्थानीय वासिन्दाहरूले जीर्ण सड़कको मरम्मतीको माग गर्दै चक्काजाम गरिरहेका…
Read More
एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको तिनले आरोप लगाए।भाषा, धर्म अनि पेसाको आधारमा देशलाई विभाजन गर्ने राजनीति भइरहेको भन्दै तिनले भने, यस्तो विभाजनकारी राजनीतिले देशभरि एकता र सद्भावनालाई ठेस पुर्याीउँदैछ। पश्चिम बङ्गालका सीमान्तकृत र कमजोर वर्गका मानिसहरू बारम्बार अन्य राज्यहरूमा तारो बनिरहेका छन्। तिनीहरू विभिन्न प्रकारका यातनाको शिकार बनिरहेका छन्।मुख्यमन्त्री ममता…
Read More
अल्ट्रासोनोग्राफीका लागि दुई महीनापछि मिति

अल्ट्रासोनोग्राफीका लागि दुई महीनापछि मिति

उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा पैसा नदिएसम्म कुनै पनि काम छिट्टो हुँदैन चाहे रगत लिँदा होस् वा कुनै अपरेसन वा सामान्य स्वास्थ्य परीक्षणका लागि होस्। यस्तो आरोप यहाँ नयाँ होइन। लामो समयदेखि नै मेडिकलमा दलालको रगरगीबारे गुनासो आइरहेको छ। अस्पतालका विभिन्न स्थानमा दलालबाट सावधान रहनुहोस् भन्ने सूचना टाँसिएको छ। तर वास्तविकतामा दलालहरूको मनपरी प्रत्येक दिन बढ़िरहेको छ। चिकित्सक, सुरक्षा गार्ड तथा अन्य स्वास्थ्यकर्मीहरू पनि उक्त गिरोहसित प्रत्यक्ष रूपमा संलग्न रहेका आरोप छ। मङ्गलवार फेरि मेडिकल कलेजमा पैसा लिएर स्वास्थ्य परीक्षणको मिति छिट्टो गरिदिएको प्रमाण भेटिएको छ। यस विषयमा अस्पतालको भित्री वृत्तमै प्रश्न उठ्न थालेको छ। यद्यपि अस्पतालका सुपर डा.…
Read More
बाघपुल सुरक्षाको जिम्मा एसएसबीलाई!

बाघपुल सुरक्षाको जिम्मा एसएसबीलाई!

केन्द्रको अन्तिम स्वीकृति मिल्ने बित्तिकै सेवकको बाघपुलको सुरक्षाको जिम्मा राज्य पुलिसबाट एसएसबी (सशस्त्र सीमा बल) को हातमा जानेछ। पुलको दुवै छेउमा अर्धसैनिक बलको चेकपोस्ट बनाउने प्रस्ताव केन्द्रीय गृह मन्त्रालय अनि रक्षा मन्त्रालयमा पठाइएको छ। 24 घण्टा निगरानीका लागि सीसीटीभी क्यामेरा जड़ान गरिनेछ। यो निर्णय केन्द्रीय गुप्तचर निकायहरूको रिपोर्टको आधारमा लिइएको हो। उत्तर–पूर्व भारतसित सड़क मार्गमार्फत सम्पर्कको प्रमुख मार्गमा पर्छ सेवकको बाघपुल। भूटानसित व्यापारिक कारोबारको हिसाबले पनि यो पुल अत्यन्त महत्त्वपूर्ण छ। हाल रक्षा सम्बन्धी कारणले यस पुलको महत्त्व अझ बढ़ेको छ। सेनाका रासन, हतियार तथा अन्य सामग्री यही पुल हुँदै उत्तर–पूर्व भारत र सिक्किमसम्म पुग्ने गर्छ।टिस्टा नदीमा बाढ़ी र पहाड़ी…
Read More
बसको अभावले समस्यामा एनबीएसटीसी

बसको अभावले समस्यामा एनबीएसटीसी

नियमअनुसार सरकारले सञ्चालनमा ल्याएको सार्वजनिक वाहनहरू 15 वर्षभन्दा पुराना भए तिनीहरूलाई सड़कमा उतार्न पाइँदैन। तर राज्य परिवहन विभागले कोभिडको समयमा बस सेवा बन्द रहेको स्थितिलाई ध्यानमा राख्दै बसहरूको अवधि 15 वर्षदेखि बढ़ाएर 17 वर्ष पुर्यााउने प्रस्ताव अघि सारेको थियो। यद्यपि त्यो प्रस्ताव अहिले ठण्डा पेटीमा पसेको छ। त्यसकारण उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) समस्यामा परेको छ।यो वर्ष निगमका 50 वटा बसको आयु 15 वर्ष नाघ्दैछ। त्यसकारण ती बसहरू हटाउनु पर्नेछ। यसअघि 2023 मा एकैचोटि 189 वटा बसको मियाद सकिएपछि हटाउनु परेको थियो। यसको प्रभाव निगमको आम्दानीमाथि परेको थियो। जति सङ्ख्यामा बसहरू नियमका कारण प्रयोगबाहिर गए त्यति सङ्ख्यामा नयाँ बसहरू…
Read More
पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

पानी ट्याङ्कीबाट चिनियाँ नागरिक पक्राउ

सोमवार भारत–नेपाल सीमाको पानी ट्याङ्की क्षेत्रबाट एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिबाट दुईवटा फरक-फरक नामको स्विट्जरल्याण्डको पासपोर्ट अनि नक्कली नेपाली परिचयपत्र फेला पारिएको छ। आज खोरीबारी पुलिसले तिनलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरेको छ। थाहा लागेअनुसार उक्त चिनियाँ नागरिकलाई सोमवार नेपालदेखि पानी ट्याङ्कीको मेची पुल हुँदै अवैध रूपमा भारत प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा तैनाथ एसएसबीको 41 नम्बर बटालियनका जवानहरूले पक्राउ गरेका हुन्। सोधपुछपछि सोमवार अबेर राति एसएसबीले तिनलाई खोरीबारी पुलिसलाई जिम्मा लगाएको हो।एसएसबी सूत्रअनुसार सोमवार बेलुका नियमित चेकिङका क्रममा एसएसबी जवानहरूले उक्त चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएका थिए। जाँच गर्दा तिनीबाट दुईवटा अलग नामको स्विट्जरल्याण्डको पासपोर्ट फेला…
Read More
सड़क दुर्घटनामा दुईको मृत्यु

सड़क दुर्घटनामा दुईको मृत्यु

एक दुखद सड़क दुर्घटनामा दुई साथीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। यो घटना आइतवार अबेर राति बाघडुग्राको गङ्गाराम चियाबारीस्थित राष्ट्रिय राजमार्गको चर्च मोड़नजिक भएको हो। मृतहरूमा मुनी चियाबारीका वासिन्दा बादल मुण्डा अनि अमन हुन्।प्राप्त रिपोर्टअनुसार तीनैजना साथी एउटा मोटरसाइकलमा घोषपुकुरदेखि घर फर्किंदै थिए। मोटरसाइकलको नियन्त्रण हराउँदा एउटा चार चक्के गाड़ीसित ठोक्कियो। घटनास्थलमै दुईजनाको मृत्यु भयो भने तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।दुर्घटनापछि बाघडुग्रा पुलिस तुरुन्तै घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराएको छ। शवहरूलाई पोस्टमर्टमका लागि पठाइएको छ र पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।
Read More