18
Aug
दुर्घटनामा पहाड़ घुम्न आएका एक युवा पर्यटकको मृत्यु भएको छ। खरसाङको डाउहिलस्थित होम–स्टेको बाल्कोनीबाट खस्दा हाउड़ाका वासिन्दा युवकको मृत्यु भएको हो। लगभग 26 वर्षका उक्त युवकको नाम सप्तनील चट्टोपाध्याय हो। 18 अगस्त बिहान यो दुर्घटना भएको हो। तिनी 6 जनाको समूहसितै घुम्न पहाड़ आएका थिए। सोमवार नै तिनीहरूको घर फर्कने योजना थियो।सूत्रअनुसार केही दिनअघि पर्यटकहरूको एउटा समूह उक्त होम–स्टेमा बस्न आएको थियो। समूहमा रहेका 6 जनामध्ये को–को थिए भनेर जानकारी प्राप्त भएको छैन। सोमवार बिहान सप्तनील बाल्कोनीबाट सड़कमा खस्दा तिनका साथीहरू कहाँ थिए भनेर पुलिसले जाँच गरिरहेको छ। बाल्कोनीबाट सप्तनील कसरी खसे भन्ने विषयमा पनि जाँच भइरहेको छ। यो केवल…
