Piyali Poddar

496 Posts
‎मिरिकमा भीमदेव मन्दिरको उद्घाटन

‎मिरिकमा भीमदेव मन्दिरको उद्घाटन

अखिल भारतीय नेवार सङ्गठन मिरिक आञ्चलिक समितिको तत्त्वावधानमा भीमदेव निर्माण समितिको पहलमा मिरिक देवीस्थान परिसरमा भीमदेव मन्दिरको उद्घाटन गरिएको छ। गुर्जु अलङ्कार शाक्यको नेतृत्वमा भीमदेवको मूर्तिको प्राणप्रतिष्ठान गरियो। भीमदेवको विधिपूर्वक पूजा आराधना गरेर मन्दिरको शुभ उद्घाटन गरियो। गुर्जु सुमन शाक्य, गुर्जु शिवकुमार प्रधान, गुर्जु जितेन प्रधान, गुर्जु प्रकाश शाक्य, गुर्जु अमरदीप प्रधान आदिले यस पूजामा गुर्जु अलङ्कार शाक्यलाई सहयोग गरेका थिए। 102 वर्षीय विष्णुमाया प्रधान अनि 93 वर्षीय शिलामाया प्रधानको बाहुलीबाट रिबिन काटेर मन्दिर सार्वजनिक गरियो।आरम्भमा नेपालबाट आएका लाखे अनि नेवार नृत्य टोलीले मिरिक बजार र कृष्णनगर परिक्रमा गरेर बुद्ध पूर्णिमाको अवसरमा शान्ति, मैत्री र समृद्धिको सन्देश आदानप्रदान गरे। मन्दिर…
Read More
नेपाल-भारत सीमाबाट तिब्बती नागरिक पक्राउ

नेपाल-भारत सीमाबाट तिब्बती नागरिक पक्राउ

खुल्ला भारत-नेपाल सीमामा कठोर निगरानीको व्यवस्था गरिएको छ। यसैबीच खोरीबारी पुलिसले अवैध रूपमा नेपाल प्रवेश गरिरहेको आशङ्कामा एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम लेण्डुप दिछेन हो। पक्राउ परेका व्यक्तिलाई शुक्रवार दिउँसो सिलगढ़ी महकुमा न्यायालय प्रस्तुत गरियो। भारत-नेपाल सीमाको खोरीबारी डङ्गुजोत क्षेत्रमा सीमामा गस्ती गर्ने क्रममा बिहीवार साँझ एसएसबीका जवानहरूले आरोपी तिब्बती नागरिकलाई पक्राउ गरेका हुन्। एसएसबी सूत्रअनुसार तिब्बती नागरिक भारतबाट अवैध रूपमा मेची नदी पार गरेर नेपाल प्रवेश गर्न खोजिरहेका थिए। तिनीसित भारतीय आधार कार्ड र प्यान कार्ड छ। तर तिब्बती नागरिकसित नेपाल प्रवेश गर्न आवश्यक अनुमति थिएन। तिनको स्पष्टीकरणमा विसङ्गतिहरू पनि पाइयो। एसएसबीले तिनलाई पक्राउ…
Read More
पुलिस कर्मीको घरमा सीबीआईको छापा

पुलिस कर्मीको घरमा सीबीआईको छापा

दीपङ्कर दास नामक पुलिस कर्मीको घरमा चारजनाको सीबीआई टोली आइपुग्यो। दीपङ्कर दास जिल्ला पुलिस अधीक्षकको घरमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। तर सीबीआई कुन मुद्दाको सिलसिलामा आएको हो भन्ने अझै स्पष्ट भएको छैन। यो घटना जलपाइगढ़ीको रेस कोर्स पाड़ा क्षेत्रमा भएको हो। दीपङ्कर दासका पिता कनाई दास अवकाशप्राप्त पुलिस कर्मी हुन्। दीपङ्करका दाजु दिवस दास एक निजी संस्थामा कार्यरत छन्।लगभग तीन घण्टा सोधपुछ गरेपछि सीबीआईको चार सदस्यीय टोली केही कागजातहरू लिएर जलपाइगढ़ी रेसकोर्स पाड़ास्थित पुलिस कर्मी दीपङ्कर दासको घरबाट बाहिरियो। यद्यपि दीपङ्करको परिवारले सीबीआई किन आएको हो भनेर आफूहरूलाई जानकारी नभएको बताएको छ। सीबीआई सूत्रअनुसार दीपङ्कर दासको कोचबिहारमा पोस्टिङ हुँदा…
Read More
युद्धकालीन परिस्थितिमा विद्यार्थीहरूलाई प्रशिक्षण

युद्धकालीन परिस्थितिमा विद्यार्थीहरूलाई प्रशिक्षण

देशमा सम्भावित युद्धकालीन परिस्थितिमा सर्वसाधारणलाई सजग गराउने र तयारीको सन्देश पुर्या उने उद्देश्यले सशस्त्र सीमा बल (एसएसबी) का जवानहरूको पहलमा सिलगढ़ीको प्रधान नगरस्थित एउटा विद्यालयमा विशेष प्रशिक्षण कार्यशाला आयोजना गरिएको छ। यो कार्यशाला प्रधाननगर स्कूलको मैदानमा सम्पन्न भयो जहाँ विभिन्न विद्यालयबाट सयौँ विद्यार्थीहरूले सहभागिता जनाए। यस प्रशिक्षणमा विद्यार्थीहरूलाई युद्धकालीन अवस्थामा कसरी आफ्नो सुरक्षा सुनिश्चित गर्ने, आपतकालीन अवस्थामा कहाँ र कसरी आश्रय लिने, आगलागी हुँदा कसरी निभाउने, प्राथमिक उपचारका तरिका साथै अफवाह वा झुटा सूचनाबाट आफू र अरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा प्रशिक्षण दिइयो।यस अवसरमा केवल सैनिकहरू होइनन् तर देशका हरेक नागरिकले केही आधारभूत तयारीको जानकारी राख्नुपर्ने बताइयो। विद्यार्थीहरू सानै…
Read More
लुटपाटको मामिलामा तीन आरोपी पक्राउ

लुटपाटको मामिलामा तीन आरोपी पक्राउ

फूलबारीमा दिउँसै लुटपाटको घटनामा तीनजना आरोपीहरूलाई पक्राउ गरी चोरीको सामान उद्धार गरिएको छ। प्राप्त जानकारीअनुसार, 27 अप्रेल आइतवार फूलबारीमा भएको छिनताईको घटनाले क्षेत्रमा सनसनी फैलिएको थियो। उक्त दिन दिउँसो फूलबारी नजिकैको बटालियन मोड़ क्षेत्रमा मोटर साइकलमा सवार दुई बदमाशहरूले दुई महिलाको झोला थुतेर सुइँकुच्चा ठोकेका थिए। फूलबारीको पूर्वी धनतला क्षेत्र निवासी अनिमा दास र अनिता महन्ता आफ्ना घरबाट बजारतर्फ जाँदै गर्दा पछाड़िबाट मोटर साइकलमा आएका दुई बदमाशहरूले तिनीहरूको झोला थुतेर तीव्र गतिमा भागेका थिए।चोरी भएको झोलामा केही रुपियाँ र विभिन्न महत्त्वपूर्ण कागजातहरू थिए। घटनापछि फूलबारी क्षेत्रमा व्यापक खैलाबैला मच्चियो। जानकारी प्राप्त भएपछि न्यू जलपाइगढ़ी थाना पुलिस घटनास्थल पुग्यो अनि जाँच…
Read More
40 किलो गाजासहित चार पक्राउ

40 किलो गाजासहित चार पक्राउ

40 किलो गाजासहित चारजनालाई सिलगढ़ी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थाना पुलिसले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको कार्वाहीमा सिलगढ़ीको तेञ्जिङ नोर्गे बस टर्मिनलमा बसको प्रतीक्षामा रहेका ती चार युवाहरूलाई पक्राउ गरिएको हो। तिनीहरूसित रहेका चारवटा झोलामा खोजी गर्दा 40 किलो गाजा फेला पऱ्यो। पक्राउ परेकाहरूको नाम दीपचन्द बर्मन, अजिजुल रहमान, दुर्जोधन दास र सञ्जय दास हो। सबै कोचबिहारको शीतलकुचीका वासिन्दा रहेका बताइएको छ। पुलिस सूत्रअनुसार पक्राउ परेकाहरू जङ्क्शन क्षेत्रबाट दक्षिण बङ्गालतर्फ जाने बसको प्रतीक्षामा थिए। पक्राउ परेकाहरूलाई मङ्गलवार सिलगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ।
Read More
आत्मनिर्भर बन्दै गिद्ध पहाड़

आत्मनिर्भर बन्दै गिद्ध पहाड़

गिद्ध पहाडको भ्यू पोइण्टअघि सानो पसल खोल्दै गीता भारती एकपछि अर्को गर्दै नेपाली संस्कृतिको झझल्को दिने कपड़ाहरू बाहिर निकाल्दै थिइन्। गीताकी बहिनी वर्षा त्यो बेला कुर्सीहरू मिलाउन व्यस्त थिइन्। वर्षाले भनिन्, “यिनै कुर्सीहरूमा हामी यी कपड़ाहरू सजाउनेछौँ।” बाटोको अर्को किनारमा रहेको रेस्टुरेण्टमा अर्चना थापा मोमो बनाउन थालिसकेकी थिइन्। भ्यू पोइण्टतर्फ हेर्दै तिनले भनिन्, “मध्यान्हतिर पर्यटकहरू आउँछन्। तिनीहरूको मन प्रसन्न पार्न मोमो चाहिन्छ।” अर्चनाको भनाइ जस्तै मध्यान्ह हुँदै जाँदा भ्यू पोइण्टमा पञ्जाबबाट मानसी सिंह, रूपेश सिंहहरू पुगे। भ्यू पोइण्टमा उभिएर तिनीहरू बालासन, मेची नदी हेर्न थाले। तब अर्चनाहरूको पसलमा भीड़ बढ्न थाल्यो। केवल भावुक स्वरमा अनीशा तामाङले भनिन्, “गत तीन वर्षमा…
Read More
सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

सिमाना भ्यू पोइण्टमा पर्यटकहरूको आगमनमा वृद्धि

पहाड़मा पर्यटन मौसम आरम्भ भइसकेको छ। पर्यटकहरूको आगमनमा व्यापक रूपमा वृद्धि भएर गएको देखिन्छ। सुकेपोखरीअन्तर्गत भारत नेपाल सीमावर्ती क्षेत्रमा अवस्थित गोलीटार भ्यू पोइण्ट सिमाना बजारमा पर्यटकहरूको आगमन यसपालि धेरै भइरहेको एलटी शेर्पाले बताए। शेर्पाअनुसार सिमानाको एकमात्र पर्यटन केन्द्र गोलीटारमा प्रत्येक दिन सयभन्दा अधिक पर्यटकहरू आइरहेका छन् जसको कारण खुद्रा व्यापारीहरूको आय पनि वृद्धि भएर गएको छ। प्राकृतिक सम्पदाहरूले भरिभराउ गोलीटार स्थानीय बेरोजगारहरूको निम्ति वरदान बनेको शेर्पाले बताए। बाहिबाट हेर्दा साधारण देखिने गोलीटार भ्यू पोइण्टबाट कञ्चनजङ्गा, चित्रे गुम्बा, मानेभञ्ज्याङ बजार, सन्दकफू, फालुटसितै नेपालको इलाम, सोमवारे आदि स्थानहरूको रमणीय दृश्य अवलोकन गर्न सकिने तिनले बताए। यहाँबाट देखिने प्राकृतिक मनोरम दृश्यहरूबाट आनन्द उठाउन…
Read More
सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सिलगढ़ीदेखि तीनधारिया जाँदै गर्दा सुकनानजिक टोय ट्रेनको एउटा इञ्जिन पल्टिएको छ। शुक्रवार दिउँसो 1 बजी इञ्जिन स्किड भएर रेल लीकबाट पल्टिएको हो। घटनामा चालक र सहचालक सामान्य रूपले घाइते भएका छन्। खबर पाएपछि रेल विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। रेल विभागले इञ्जिन उठाउने काम आरम्भ गरिसकेको छ। यद्यपि एनजेपीबाट दार्जीलिङतर्फ जाने टोय ट्रेन भने सामान्य रूपमा पहाड़तर्फ प्रस्थान गरेको जनाइएको छ।यसअघि पनि धेरैपल्ट टोय ट्रेन लीकबाट पल्टिएको घटनाहरू भइसकेका छन्। गत वर्ष 1 जनवरीमा दार्जीलिङको काकझोड़ामा टोय ट्रेनको एउटा इञ्जिन रेल लीकबाट बाहिरिएको थियो। त्यस घटनाले यात्रीहरूमा त्रास सिर्जना गरेको थियो। यद्यपि त्यति बेला कसैलाई चोटपटक लागेको थिएन। दार्जीलिङको नोस्टाल्जियासित…
Read More
बिद्युत केबल चोरीको मामिलामा युवक पक्राउ

बिद्युत केबल चोरीको मामिलामा युवक पक्राउ

सिलगढ़ी मेट्रोपोलिटन पुलिसअन्तर्गत खालपाड़ा चौकीका पुलिसले रातको अँध्यारोमा विद्युत् तार काटेर चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका आरोपी युवकको नाम मोहम्मद आजाद अन्सारी हो। तिनी कोइला डिपो क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पुलिस सूत्रअनुसार एक निजी कम्पनीले 19 अप्रेलको दिन खालपाड़ा पुलिस चौकीमा केबल चोरी सम्बन्धी प्राथमिकी दर्ता गराएको थियो। सिलगढ़ीको झङ्कार मोड़ वरिपरिको क्षेत्रबाट विद्युतको केबल चोरी गरिएको थियो। प्राथमिकीको आधारमा खालपाड़ा चौकी पुलिसले जाँच आरम्भ गऱ्यो। जाँचपछि पुलिसले बुधवार राति झङ्कार मोड़ क्षेत्रबाट मोहम्मद आजाद अन्सारीलाई पक्राउ गरेको हो। चोरी गरिएको केबल पनि उद्धार गरिएको छ। विद्युतको केबललाई विवेकानन्द रोडसित संलग्न एउटा खाली घरमा…
Read More