Piyali Poddar

569 Posts
पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

भारत–नेपाल सीमाबाट फेरि एक बङ्गलादेशी युवक पक्राउ परेको छ । अवैध रूपमा तिनी भारतमा बसोवास गर्दै आइरहेको आरोप छ। नेपाल सीमाको पानी ट्याङ्कीस्थित गौरसिंहजोत क्षेत्रबाट तिनलाई एसएसबीले नियन्त्रणमा लिएर पुलिसलाई सुम्पेको हो।एसएसबी सूत्रअनुसार पक्राउ परेका बङ्गलादेशी युवकको नाम अरुण कान्ति राय हो। तिनको घर बङ्गलादेशको लालमोनीहाटमा रहेको बताइएको छ। तीन वर्षअघि तिनी बङ्गलादेशबाट अवैध रूपमा भारत प्रवेश गरेर गौरसिंहजोत गाउँमा बस्न थालेका थिए। तिनले आफ्नो नाम परिवर्तन गरी अर्घ्य बर्मन राखेर आधार कार्ड, प्यान कार्डसहित नक्कली भारतीय कागजातसमेत बनाएका थिए।सोमवार गोप्य सूचनाको आधारमा एसएसबीले तिनलाई नियन्त्रणमा लिएको हो। भारतीय कागजात हेर्दा शङ्का लागेपछि एसएसबी अधिकारीहरूले तिनलाई सोधपुछ गर्न आरम्भ गरे।…
Read More
नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा चढ़ेर गठिया चियाबारीमा अस्थायी वा बिघा काम गर्न जाँदै थिए। तर अचानक गाड़ीले नियन्त्रण हराएर पल्टिँदा सड़क छेउको खाल्डोमा खस्यो। त्यसपछि स्थानीय मानिसहरूले घटनामा परेका सबैलाई उद्धार गरेर चियाबारीको अस्पताल र सोल्कापाड़ा ग्रामीण अस्पताल पुर्यानए। त्यहाँ तीनजनालाई मृत घोषणा गरियो।प्राप्त जानकारीअनुसार मृतहरूमा मृत मनीषा नागाशिया(18),…
Read More
क्षणभरमै सुनका चेनहरूको चोरी

क्षणभरमै सुनका चेनहरूको चोरी

दोकानमा पसेर मालिककै आँखैअघि सुनको चेन लिएर चम्पट कसे दुईजना चोरहरूले। यो घटना सिलगढ़ीनजिक शिवमन्दिर क्षेत्रमा सोमवार भएको हो। बिहान गहना दोकान खोलेपछि पहिलो ग्राहक बनेर पसेका एकजना व्यक्तिले लकेट देखाउन भने। तर लकेट मन नपरेपछि तिनले सुनको चेन देखाउने माग गरे। त्यसपछि तिनले केही गहनाहरू पनि हेरे। फेरि चेन देखाउन भने। त्यसै बेला अर्को व्यक्ति पनि दोकानभित्र पसे। दुवैजनाले टोपी लगाएका थिए। एकजना व्यक्तिको हातमा ब्याग थियो।कुराकानीकै क्रममा तिनीमध्ये एकजनाले 10 वटा सुनका चेन भएको सानो गुलाबी प्याकेट उठाएर आफ्नो खल्तीमा हाले। तुरन्तै हातमा ब्याक बोक्ने व्यक्ति केही नलिई दोकानबाहिर निस्किए। त्यसपछि अर्को व्यक्ति पनि केही नलिई दोकानदेखि बाहिरिएपछि…
Read More
अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

यसै महीनाको अन्त्यतिरै गजलडोबा टिस्टा ब्यारेजको पुल खोलिनेछ। दुर्गा पूजालाई ध्यानमा राखेर 140 दिनको साटो 120 देखि 125 दिनमै पुल खोलिने भएको हो। बुधवार जलपाइगढ़ी सर्किट हाउसमा जिल्ला शासक श्याम पारभिनले औपचारिक रूपमा यस्तो जानकारी दिइन्। तर पुल आवागमनका लागि खोलिएपछि डम्पर चल्न दिने कि नदिने भनेर अहिले नै टिप्पणी गर्न चाहिनन् तिनले। सन् 2023 मा सिक्किमको झील फुटेपछि आएको बाढ़ीको समय ब्यारेजमाथि रहेको पुललाई केही क्षति पुगेको थियो। गत वर्ष उत्तरकन्यामा मुख्यमन्त्री उपस्थित रहँदा राज्यका मुख्य सचिव मनोज पन्तले जिल्ला अधिकारी र इञ्जिनियरसहित ब्यारेज र क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गरेका थिए। त्यसपछि तिनले कोलकाता फर्किनेबित्तिकै पुल परीक्षणको आदेश दिएका…
Read More
निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

दिनाहाटा न्यायालयमा हाजिरा दिन पुग्दा पूर्व केन्द्रीय मन्त्री निसिथ प्रामाणिकले विरोधको सामनामा परे। तिनको गाड़ीलाई लक्ष्य गरेर अण्डा र ढुङ्गा प्रहार गरिएको तृणमूल कार्यकर्तामाथि आरोप लागेको छ। सन् 2018 मा अबु मियाँ नामक एक तृणमूल कार्यकर्तालाई घरबाटै निकालेर हत्या गरिएको आरोपमा निसिथ प्रामाणिकसहित 41 जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यति बेला निसिथ प्रामाणिक तृणमूल युवा कङ्ग्रेसका नेता थिए। तृणमूल युवा अनि मातृ तृणमूल सङ्गठनबीच द्वन्द्वका कारण त्यो बेला प्रत्येक दिन दिनाहाटाको राजनीति गर्मिन्थ्यो।यसै हत्या प्रकरणमा हाजिरा दिन निसिथ प्रामाणिक मङ्गलबार दिनाहाटा न्यायालय पुगेका थिए। तिनको हाजिरालाई ध्यानमा राखेर दिनाहाटा न्यायालय परिसरमा कठोर सुरक्षा व्यवस्था मिलाइएको थियो। पूर्व केन्द्रीय मन्त्रीलाई घेरेर…
Read More
ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सड़क सफाई

ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सड़क सफाई

बुधवार निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाबारीबीच गाँउसम्म पुगेको सड़क सफाई गरिएक छ। बितेको दिनहरूमा अविरल झरीले सड़क छेउछाउमा झरेको पैहोलाई जेसीबीद्वरा सफा गर्ने कार्य गरियो। ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सफाई कार्य गरिएको हो। यस अवसरमा बोल्दै ग्राम पञ्चायत सदस्य सङ्गीत राईले भने, बितेको दिनहरूको वर्षाले सड़कका धेरै ठाँउमा पैह्रो अनि ढिस्कना झरेर यातायातमा समस्या भइरहेको थियो। त्यसलाई समधान गर्दै यातायात सुचारु गराउन बुधवार सड़क सफाई गरिएको हो। तिनले यो कार्य निरन्तर जारी रहने बताउँदै भने, हामी क्षेत्रका मानिसहरूलाई यातायातमा कुनै प्रकारको समस्या नहोस् भनेर कार्य गरिरहेका छौँ।
Read More
निन्द्राको औषधी स्प्रे गरेर लुटपाट

निन्द्राको औषधी स्प्रे गरेर लुटपाट

सखारै बिहान घरमा पसेर नशालु पदार्थ स्प्रे गरी लुटपाट गरेको घटना प्रकाशमा आएको छ। घटना बुधवार सखारै बिहान सिलगढ़ीको गेट बजार क्षेत्रमा भएको हो। पुलिस सूत्र अनुसार त्यस घरमा सातजना सदस्यहरू छन्। घरको अगाड़ि तिनीहरूको एउटा पसल पनि छ। बुधवार सखारै बिहान परिवारका सदस्यहरू सुतिरहेको समय घरमा बदमासहरू पसेका आरोप छ। बदमासहरूले नशालु पदार्थ स्प्रे गरेर परिवार सदस्यहरूलाई अचेत बनाइदिए अनि त्यसपछि लुटपाट गरे। परिवारको दाबीअनुसार घर अनि पसलमा भएको नगद पैसासहित धेरै सामग्री चोरी भएको छ।बुधवार बिहान लगभग 10 बजी त्यस परिवारका एकजना आफन्त घर आउँदा ढोका–झ्याल सबै बन्द देखे। लामो समयसम्म दैलो ढकढकाएपछि घरभित्रट एउटी महिला बाहिर निस्किन्।…
Read More
आउटलेटहरूमा हस्तशिल्प खोइ?

आउटलेटहरूमा हस्तशिल्प खोइ?

हस्तकला व्यवसायीहरूलाई आर्थिक रूपले सबल बनाउन रेल्वेले विशेष पहल गरेको थियो। रेलवे स्टेशनको प्लेटफर्ममा आउटलेट वा स्टल खोल्नका लागि हस्तकला व्यवसायीहरूलाई ठाउँ दिइएको थियो। तर ती आउटलेटहरूमा हातले बनाइएका हस्तशिल्प सामग्रीको साटो बढ़ी मात्रामा पिउने पानीको बोतल, बिस्कुट, पान, चनाचुर, चिप्स र स्टेशनरी सामग्रीहरू बिक्री भइरहेका छन्। त्यसले विभिन्न प्रश्नहरू उठ्न थालेका छन्। तीन वर्षअघि रेल्वेले वन स्टेशन वन प्रोडक्ट अथवा एक स्टेशन एक उत्पाद नाममा स्टल खोल्ने व्यवस्था गरिएको थियो। हस्तकला व्यवसायीहरूको नामको सूची राज्य सरकारको लघु उद्योग विभागले रेल्वेलाई उपलब्ध गराएको थियो। त्यसपछि रेल्वे विभागले हस्तकला व्यवसायीसित लिखित सम्झौताको आधारमा प्लेटफर्ममा स्टल निर्माण गरिदिएको थियो। विद्युत् आपूर्तिको व्यवस्था…
Read More
वेतन नपाएपछि अस्थायी कर्मचारीहरूको प्रदर्शन

वेतन नपाएपछि अस्थायी कर्मचारीहरूको प्रदर्शन

वेतन नपाएपछि फेरि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालको सुपर स्पेशियालिटी ब्लकका अस्थायी कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्। प्राप्त जानकारी अनुसार यस ब्लकका 274 जना अस्थायी कर्मचारीहरूले अझै जुलाई महीनाको वेतन पाएका छैनन्। त्यसको विरोध स्वरूप मङ्गलवार बिहानदेखि कर्मचारीहरूले सुपर स्पेशियालिटी ब्लकबाहिर प्रदर्शन गरेका हुन्।उता यस आन्दोलनको प्रभाव रोगी सेवामा परेको छ। यस ब्लकका विभिन्न तल्लामा विभिन्न वहिर्विभागहरू छन्। रगत परीक्षणसितै अल्ट्रासाउण्ड तथा अन्य परीक्षणहरू पनि यहाँ हुन्छन्। ती सबै ठाउँमा रोगीलाई सहयोग गर्ने कार्य अस्थायी कर्मचारीहरूले नै गर्छन्। तर तिनीहरूले आन्दोलन आरम्भ गरेपछि रोगी सेवामा अवरोध भइरहेको आरोप उठेको छ।आन्दोलनकारी नेतृ प्रतिमा चक्रवर्तीले भनिन्, प्रत्येक महीना वेतनमा समस्या भइरहेको…
Read More
केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

केवल 35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुगिने

प्रतीक्षाको अन्त्य भएको छ। अब धेरै कम्ती समयमा नै बाघडुग्राबाट गान्तोक पुग्न सकिने भएको छ। बाघडुग्रादेखि गान्तोकसम्म हेलिकप्टर सेवा आरम्भ गरिएको छ। 17 अगस्तदेखि यो सेवा आरम्भ गरिएको हो। फेरि बुर्तुक हेलिप्याडदेखि एमआई-172 हेलिकप्टर सेवा आरम्भ गरिएको छ। सिक्किम टुरिजम डेभलपमेण्ट कर्पोरेशन र स्काई वन एयरवेज लिमिटेडको संयुक्त पहलमा यो सेवा आरम्भ गरिएको हो। अबदेखि सड़क मार्गमार्फत लामो समय यात्रा गर्नु पर्दैन। यसको साटो अब 30-35 मिनेटमै बाघडुग्रादेखि गान्तोक पुग्न सकिनेछ।एमआई-172 हेलिकप्टरमा 20 जना यात्रीहरूले एकसाथ यात्रा गर्न सक्नेछन्। तर यात्रीहरूले अधिकतम 10 किलोसम्म मात्र लगेज लैजान पाउनेछन्। टिकट बुकिङका लागि बाघडुग्रा विमानस्थलको हेलिकप्टर बुकिङ कार्यालयमा फोन गर्न सकिन्छ। नम्बरहरू…
Read More