Piyali Poddar

502 Posts
सिलगढ़ीको शेठ श्रीलाल मार्केटमा अवैध निर्माणले चर्को विवाद

सिलगढ़ीको शेठ श्रीलाल मार्केटमा अवैध निर्माणले चर्को विवाद

प्रशासनको आँखामा धुलो हालेर शेठ श्रीलाल मार्केटमा अवैध निर्माण गरिएको आरोप उठेको छ। 11 नम्बर वार्डकी भारतीय जनता पार्टीकी काउन्सिलर मञ्जुश्री पालले आरोप लगाउँदै भनिन्, नगर निगमको सड़क अतिक्रमण गरी पर्खाल उठाएर स्थानीय एक व्यवसायीले अवैध निर्माण गरिरहेको छ। यस निर्माणका कारण उक्त क्षेत्रमा आवतजावतमा समस्या उत्पन्न भएको छ।काउन्सिलर मञ्जुश्री पालअनुसार यस विषयमा सिलगढ़ी नगर निगममा पटक–पटक लिखित तथा मौखिक रूपमा उजुरी दिइए पनि अहिलेसम्म कुनै प्रभावकारी कदम चालिएको छैन। यद्यपि नगर निगमले दुई चरणमा समयसीमा तोकेको भए पनि त्यो अवैध निर्माण नभत्काइएको आरोप छ। नगर निगमले शीघ्र कारवाही नगरेमा सर्वसाधारणको हितका लागि कठोर कदम चाल्न बाध्य हुने मञ्जुश्री बताइन्।यस…
Read More
एनजेपी–फूलबारीमा बस्ती विकास समितिको धर्ना प्रदर्शन

एनजेपी–फूलबारीमा बस्ती विकास समितिको धर्ना प्रदर्शन

आवास, जीविका र विकासको माग गर्दै एनजेपी–फूलबारी क्षेत्रमा पश्चिम बङ्ग बस्ती विकास समितिले धर्ना प्रदर्शन कार्यक्रम आयोजना गर्यो । एनजेपी–फूलबारी क्षेत्र समितिको पहलमा उक्त कार्यक्रम एनजेपी एडीआरएम कार्यालयअघि सम्पन्न गरिएको थियो। धर्ना प्रदर्शनसितै एक पथ सभा पनि आयोजना गरिएको थियो।प्रदर्शन कार्यक्रममा आन्दोलनकारीहरूले रेलको प्रयोगविहीन जमीनमा बसोवास गरिरहेका बस्तीका वासिन्दाहरूलाई उचित क्षतिपूर्ति नदिई गरिने विस्थापन तत्काल रोक्न माग गरे। साथै लामो समयदेखि बसोवास गरिरहेका बस्तीका मानिस तथा व्यवसायीहरूका लागि पट्टा र लिजको व्यवस्था गर्नुपर्ने तथा सिलगढ़ी नगर निगमअन्तर्गत बस्ती क्षेत्रमा बसोवास गर्ने वासिन्दा र व्यवसायीहरूलाई होल्डिङ नम्बर उपलब्ध गराउनुपर्ने पनि तिनीहरूले माग गरे।कार्यक्रममा पश्चिम बङ्ग बस्ती विकास समितिका जिल्ला अध्यक्ष दिलीप…
Read More
72 घण्टाभित्र आत्मसमर्पण गर्ने प्रशान्त बर्मनलाई उच्च न्यायालयको निर्देश

72 घण्टाभित्र आत्मसमर्पण गर्ने प्रशान्त बर्मनलाई उच्च न्यायालयको निर्देश

सल्टलेकका स्वर्ण व्यवसायी स्वपन कामिल्याको हत्या प्रकरणमा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई 72 घण्टाभित्र आत्मसमर्पण गर्न कलकत्ता उच्च न्यायालयले निर्देशन दिएको छ। न्यायमूर्ति तीर्थङ्कर घोषले बताएअनुसार हत्या जस्तो गम्भीर घटनाको आरोपीलाई जमानत वा अग्रिम जमानत दिने क्रममा विचार गर्नुपर्ने विषयहरू तल्लो न्यायालयले विचार गरेको छैन। गम्भीर आरोप तथा महत्त्वपूर्ण तथ्य–प्रमाणलाई अदेखा गर्दै जमानत दिइएको न्यायमूर्तिले बताएका छन्। त्यसैले उक्त आदेश रद्द गरिएको हो।स्वपन कामिल्याको अपहरण तथा हत्या सम्बन्धी मुद्दामा उत्तर बङ्गालको राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई बारासात न्यायालयले अग्रिम जमानत दिएको थियो। प्रशान्त बर्मनको अग्रिम जमानतको विरोध गर्दै पुलिस उच्च न्यायालय पुगेको थियो। पुलिसले नक्कली कागजात प्रस्तुत गरी तिनले तल्लो न्यायालयबाट…
Read More
रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

रेलमार्गमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय

असमको होजाईस्थित लामडिङ डिभिजनमा राजधानी एक्सप्रेसको ठक्करले सातवटा हात्तीको मृत्यु भएको घटनापछि पश्चिम बङ्गालमा पहिलोपल्ट परीक्षणका रूपमा रेल ट्र्याकमा क्लोज सर्किट क्यामेरा जड़ान गर्ने निर्णय जलदापाड़ा वन विभागले लिएको छ। हाल उत्तर–पूर्व सीमावर्ती रेलवेको डुवर्स रूटअन्तर्गत मदारीहाट र निलपाड़ा रेञ्ज हुँदै जाने रेल ट्र्याकका दुईवटा हात्ती करिडोरमा वायरलेस सीसी क्यामेरा जड़ान गरिनेछ। यी क्यामेराहरू सिधै जलदापाड़ा राष्ट्रिय निकुञ्जको मुख्य कण्ट्रोल रूमबाट निगरानी गरिनेछ। यी क्यामेराहरूमा 24 घण्टै निगरानी गरिनेछ। ती दुई क्षेत्रमा हात्ती रेल लाइनमा प्रवेश गरे लगत्तै अलिपुरद्वार डीआरएम कार्यालयको कण्ट्रोल रूममा सूचना पठाइनेछ। यसका माध्यमबाट जङ्गली जनावरहरूले रेल लाइन पार गर्ने बेला उक्त ट्र्याक हुँदै आउने रेलहरूको गति…
Read More
मेधावी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम

मेधावी विद्यार्थीहरूलाई सम्मान कार्यक्रम

सुके खण्डको ग्राम सुधारक समिति निज गाउँ मगरजोङ चियाबारीको तत्त्वावधानमा वार्षिक कार्यक्रम सम्पन्न गरिएको छ। यस वार्षिक कार्यक्रमको अध्यक्षता समितिका सभापति धनकुमार मोक्तानले गरेका थिए। सचिव भक्त प्रधानले सञ्चालन गरेका कार्यक्रममा गाउँका तेह्रजना मेधावी विद्यार्थीहरूलाई सम्मान पत्र एवं नगद राशि प्रदान गरेर भव्यतापूर्वक सम्मान जनाइयो।यस वर्षको माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएसई, नीट परीक्षामा सर्वोत्कृष्ट अङ्क लिएर क्षेत्रको नाम रोशन गर्ने समाजका मेधावी विद्यार्थी क्रमैले फूलसाङ तामाङ, नवाङ्गी तामाङ, प्रयासना प्रधान, प्रियञ्जली प्रधान, अनमोल राई, सुजल राई, श्रवण प्रधान, रिहान राई, अन्वेषी प्रधान, मेघा प्रधान, आस्था तामाङ, नामग्याल तामाङ, अनन्त राईलाई बधाई एवं शुभकामनासितै सम्मान पत्र प्रदान गरियो। समाज भवनमा सम्पन्न…
Read More
युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट भागोप्रमोमा आबद्ध

युनाइटेड ट्याक्सी सेण्डिकेट वेल्फेयर एसोसिएशन आज औपचारिक रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) को भातृ सङ्गठनको रूपमा आबद्ध भएको छ। दार्जीलिङस्थित भागोप्रमोको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एसोसिएशनले पार्टीको झण्डा ग्रहण गरेको हो।कार्यक्रममा पार्टीका महासचिव अमर लामा, राजेश चौहान, उदय देवान, प्रभाष्कर ब्लोन अनि आलोक कान्तमणि थुलुङलगायत अन्य नेताहरूको उपस्थिति थियो। उक्त कार्यक्रममा सेण्डिकेट एसोसिएशनको भागोप्रमो पार्टीमा प्रवेश कार्यक्रम सम्पन्न भयो। 17 वटा ट्याक्सी सेण्डिकेट मिलेर बनिएको यस वेलफेयर एसोसिएशनले पार्टीप्रति विश्वास र सहकार्यको प्रतिबद्धता जनाएको छ।कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै एसोसिएशनका महासचिव रवि थापाले पार्टीमा ट्याक्सी चालक तथा सञ्चालन समुदायको प्रवेश संस्थागत सङ्गठन विस्तारको दृष्टिले ऐतिहासिक रहेको बताए। तिनले आगामी…
Read More
मिरिकमा पर्यटक आगमनमा वृद्धि

मिरिकमा पर्यटक आगमनमा वृद्धि

क्रिसमस पर्व अनि अङ्ग्रेजी नयाँ वर्षअघि मौसम घमाइलो र रमाइलो बनेपछि दार्जीलिङ पहाड़का सुन्दर पर्यटन केन्द्रहरूमध्ये एक मिरिकमा अहिले पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेको छ। मिरिकमा अपराह्नपछि चिसो बढ़े पनि दिनमा खुल्ला आकाशसितै मौसम न्यानो रहने हुँदा सुन्दर हिमाल र प्राकृतिक सौन्दर्यले पर्यटकहरूलाई मोहित बनाउँछन्। फेरि मिरिक झीलमा नौका सवारी, झील परिसरमा घोड़ा सवारी, थ्री सिक्टी सेल्फी पोइण्ट, मिरिक फूलबारी, इन्द्रेणी पुल, आय लभ मिरिक, मिरिक हेलीप्याड आदि स्थानहरूमा पर्यटकहरूले मनोरञ्जन गर्छन्। मिरिकमा पर्यटकहरूको आगमन हुन थालेपछि स्थानीय पर्यटन व्यवसायीहरूको मुहारमा पनि आनन्दाभूति देख्न पाइन्छ।मिरिक पर्यटन केन्द्रमा थ्री सिक्टी सेल्फी क्यामेराले फोटो खिच्ने अभिषेक ब्राह्मिन अनि यवन प्रधानले भने, मिरिकको…
Read More
टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

लाटागुड़ी बजारदेखि नेउरा चियाबारी हुँदै पुगिन्छ लाल पुल अनि धूपझोड़ा बजारदेखि बड़ादिघी चियाबारी हुँदै लगभग 7 किलोमिटर टाढ़ो छोयाफेली वनबस्ती पुगिन्छ। केही वर्ष अघिसम्म यी दुई ठाउँबारे खासै कसैलाई जानकारी थिएन। यी स्थानहरू लोकप्रिय पर्यटन गन्तव्य बन्न सक्छन् भन्ने पर्यटन क्षेत्रका कसैले कल्पनासम्म गरेका थिएनन्। तर अहिले यी दुई ठाउँमा पुगेपछि मानिसहरूको भीड़ देख्न सकिन्छ। केही वर्षमै पूरै दृश्य परिवर्तन भएको छ। यस परिवर्तनको पछाड़ि स्थानीय टोटो चालकहरूको ठूलो भूमिका छ। यसबाट तिनीहरूको आम्दानीको बाटो सहज बनेको छ भने लाटागुड़ी घुम्न आएका पर्यटकहरू पनि केवल परिचित स्थानमै घुमेर फर्किरहेका छैनन्। कम्तीमा एकपल्ट भए पनि यी अफबिट स्थलहरू एक्सप्लोर गरेर पर्यटकहरू…
Read More
क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

क्रिसमस–नयाँ वर्षअघि डुवर्समा पर्यटकहरूको चहलपहल

दुर्गा पूजापछि डुवर्सका जङ्गल क्षेत्रमा खासै भीड़ देखिएको थिएन। त्यसपछि नोभेम्बरको आरम्भसितै एसआईआर प्रक्रिया आरम्भ भयो। घरमै बीएलओ आएर फर्किएपछि नाम मतदाता सूचीमा नपर्न सक्ने आशङ्काले धेरै मानिस घरबाट बाहिर निस्किएनन्। त्यससितै राज्यका विभिन्न विद्यालयहरूमा वार्षिक परीक्षा पनि आरम्भ भयो। यी सबै कारणले डुवर्सको पर्यटन व्यवसाय सुस्त अवस्थामा थियो। तर क्रमशः सबै समस्या समाधान हुँदै गए अनि एसआईआरको फारम बुझाउने चरण सम्पन्न भइसकेको छ। विद्यालयमा परीक्षा पनि अन्तिम चरणमा पुगेको छ। यी सबै कारणले गर्दा अब डुवर्सका जङ्गल क्षेत्रमा पर्यटकहरूको भीड़ बढ्न थालेको छ। लाटागुड़ी जङ्गल सफारी, गोरुमारा वाचटावरलगायत महत्त्वपूर्ण पर्यटन केन्द्रहरूमा भीड़ देखिन थालेको छ। होटल, रिसोर्ट र होम–स्टेहरूमा…
Read More
बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

बिहारबाट चोरीको सुन र चाँदीका गहनासहित चोर अनि सुन व्यवसायी पक्राउ

पुलिसले चाहे के गर्न सक्दैन भन्ने कुराको फेरि एकपल्ट प्रमाण दिएको छ सिलगढ़ी मेट्रोपोलिटन पुलिसले। उजुरी दर्ता भएको केवल छ दिनभित्रै लगभग 6 लाख रुपियाँ बराबरको चोरी भएको सुन र चाँदीका गहना उद्धार गर्दै प्रधाननगर थानाअन्तर्गतको एण्टी क्राइम ब्राञ्चले ठूलो सफलता प्राप्त गरेको छ। यस घटनामा चोरसँगै चोरीका गहना किन्ने आरोपमा एक जना सुन व्यवसायीलाई पनि पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार गत 13 तारिख सिलगढ़ीको 46 नम्बर वार्डअन्तर्गत प्रफुल्लनगर क्षेत्रका वासिन्दा चन्दु कुमार मण्डलले प्रधाननगर थानामा लिखित उजुरी दर्ता गराएका थिए। उजुरीमा तिनले 28 तारिख राति आफ्नै घरबाट लगभग 6 लाख रुपियाँ बराबरको सुन र चाँदीका गहना चोरी भएको जानकारी…
Read More