Piyali Poddar

569 Posts
केजीएफ विवादमा मेयर गौतम देव

केजीएफ विवादमा मेयर गौतम देव

केजीएफ ग्याङबारे चलेको विवादमा यसपल्ट मेयर गौतम देवको नाम पनि जोड़िएको छ। गत 26 तारिख मेयरले आफ्नै फेसबुक पेजमा एउटा भिडियो पोष्ट गरेका थिए। उक्त भिडियोमा मेयर केजीएफ ग्याङका थुप्रै सदस्यहरूसित हिँड़िरहेको देखिन्छ। ती सदस्यहरूमध्ये सेवक रोडको रामकृष्ण काण्डमा संलग्न प्रमुख आरोपीहरूमध्ये एकजनासमेत रहेको देखिन्छ। उक्त भिडियोको आधारमा शहरभर तीव्र चर्चा आरम्भ भएको छ। केजीएफ ग्याङबारे भइरहेको तीव्र विवादको बीचमा गौतम देवको उक्त भिडियोले वास्तवमा ग्याङ सदस्यहरूको पक्षमा उभिएको सन्देश दिन खोजिएको हो कि होइन भन्ने प्रश्न विपक्षी दलहरूले उठाउन थालेका छन्। विवादको विषय पुग्न साथ मेयर अत्यन्तै असहज अवस्थामा परेका छन्। सोही दिन साँझ हतारहतार तिनले उक्त भिडियो डिलिट…
Read More
नि:शुल्क प्राथामिक नेत्र जाँच शिविर

नि:शुल्क प्राथामिक नेत्र जाँच शिविर

आगामी 3 फरवरीको दिन बिहान 10 बजीदेखि बेलुकी 4 बजीसम्म थर्बु चियाबारीको फ्याक्ट्री परिसरमा सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालका वरिष्ठ आँखा चिकित्सकहरूद्वारा थर्बु क्षेत्र साथै थर्बु वरिपरिका आँखा रोगीहरूको निम्ति नि:शुल्क प्राथामिक आँखा जाँच शिविर सम्पन्न गरिनेछ। उक्त प्राथामिक आँखा जाँच शिविर सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालको आयोजना तथा थर्बु चियाबारीको विशेष सहयोगमा राखिनेछ।उक्त दिन विभिन्न प्रकारका आँखा रोगीहरूको आँखाको जाँच गरिनेछ। आँखाका रोगहरू जस्तै मोतिबिन्दु, दीर्घदृष्टि, कार्निया, ग्लुकोमा, रेटिनामा पर्दा, आँखाको पावर, चस्मा आदिको जाँच गरिनेछ। सिलगढ़ी ग्रेटर लायन्स नेत्र अस्पतालका वरिष्ठ साथै अनुभवी डाक्टरहरूले आँखाका रोगीहरूको जाँच गर्नेछन्।थर्बु चियाबारी अस्पतालका डाक्टर विमल कुमार दासको पक्षमा अजम प्रधानले थर्बुमा…
Read More
सीमामा काँड़ा तारको घेरा लगाउन जमीन दिन इच्छुक किसानहरू

सीमामा काँड़ा तारको घेरा लगाउन जमीन दिन इच्छुक किसानहरू

हालै मालदा आएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले अनुप्रवेशकारीबारे कठोर सन्देश दिए। त्यसपछि हबीबपुर ब्लकका भारत–बङ्गलादेश सीमावर्ती क्षेत्रका किसानहरूले अनुप्रवेशकारी र तस्करी रोक्न काँड़ेतारको घेरा लगाउन स्वेच्छाले जमीन दिन इच्छुक भएको बताएका छन्। तिनीहरूले स्थानीय बीएसएफ क्याम्प र ब्लक प्रशासनसमक्ष लिखित आवेदन दिएका छन्। एसआईआर प्रक्रिया पूरा भएपछि जमीनको सर्वेक्षण आरम्भ गरिने प्रशासनले जनाएको छ।हबीबपुरको सीमावर्ती क्षेत्र खुल्ला रहेकाले अनुप्रवेशकारी र तस्करी निरन्तर भइरहेको छ। यसका कारण सर्वसाधारण किसानहरूलाई बेला–बेला पुलिसको हैरानी र बीएसएफको दबाउ सहनु पर्ने अवस्था आउँछ। यसकारण स्वेच्छाले जमीन दिन इच्छा व्यक्त गरिएको श्रीरामपुर ग्राम पञ्चायतअन्तर्गत सिङ्गाबाद क्षेत्रका वासिन्दा विनय मण्डलले बताए। मण्डलले भने, बङ्गलादेशी दुष्कर्मीहरूले कहिलेकाहीँ हाम्रो…
Read More
कोचबिहार उड़ान सेवाप्रदायकलाई स्थान खाली गर्न निर्देश

कोचबिहार उड़ान सेवाप्रदायकलाई स्थान खाली गर्न निर्देश

यो मानौँ कफिनमा अन्तिम काँटी ठोकिएको जस्तै हो। कोचबिहार–कलकत्ता उड़ान सेवा सञ्चालन गरिरहेको इण्डिया अन एअर कम्पनीलाई स्थान खाली गर्न भारतीय विमानस्थल प्राधिकरणले निर्देश दिएको छ। औपचारिक रूपमा 31 जनवरीदेखि सेवा बन्द हुने भनिएको थियो। तर व्यवहारमा त्यसअघि नै उड़ान सेवा बन्द भइसकेको छ। चालु महीनामा केवल 8 जनवरीमा मात्र कोचबिहारमा विमान अवतरण गरिएको थियो। यसबीच उड़ान कम्पनीले आफ्ना कर्मचारीहरूलाई यहाँबाट फिर्ता लिइसकेको छ। सम्पूर्ण उपकरणहरू पनि हटाउने तयारी आरम्भ भइसकेको छ।आगामी विधानसभा चुनाउअघि उड़ान सेवा बन्द भएको विषयबारे राजनीतिक आरोप–प्रत्यारोप आरम्भ भएको छ। विगत एक महीनादेखि विमानस्थल प्राधिकरण र प्रशासनले कोचबिहारमा विमान सेवा सञ्चालनमा राख्न विभिन्न तरिकाले प्रयास गरिरहेको…
Read More
पहाड़मा तीन दिनव्यापी हिमालयन कार्निभल

पहाड़मा तीन दिनव्यापी हिमालयन कार्निभल

अहिलेसम्म प्रयास दार्जीलिङबाहिर रहेका पर्यटन केन्द्रहरूसित पर्यटकहरूलाई परिचित गराउनमै केन्द्रित थियो। यसपालि देशका पर्यटन व्यवसायीहरूलाई उत्तर बङ्गालका ग्रामीण होमस्टे तथा अफबिट पर्यटन केन्द्रहरूसित परिचित गराउन 30 जनवरीदेखि उत्तर बङ्गालमा छैटौँ बेङ्गल हिमालयन कार्निभल आऱम्भ हुँदैछ। उक्त दिन कार्निभल मूर्ति–चाल्सामा आरम्भ हुनेछ। 31 जनवरीमा कालेबुङको लोलेगाउँ–कफेर गाउँमा कार्निभल आयोजना गरिनेछ। 1 फरवरीमा उत्तर बङ्गालको लोकप्रिय होमस्टे टुरिज्म गन्तव्यका रूपमा उदीयमान भइरहेको सिटोङमा कार्निभलको समापन हुनेछ।320 भन्दा अधिक प्रशिक्षित गाइडहरूले पर्यटकहरूलाई सहयोग गर्नेछन्। एडभेञ्चर टुर अपरेटरस् अफ इण्डियाका सदस्यहरू पनि कार्निभलमा सहभागी हुनेछन्। राज्य सरकारको पर्यटन विभाग, जीटीए, हिमालयन हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेण्ट नेटवर्कसितै नेपालबाट पनि एक प्रतिनिधि मण्डल सहभागी हुनेछ। होमस्टे…
Read More
बर्धमान रोड फ्लाइओभरको उद्घाटन पोष्टपोण्ड

बर्धमान रोड फ्लाइओभरको उद्घाटन पोष्टपोण्ड

बर्धमान रोड फ्लाइओभरको उद्घाटन अझै पछि सरेको छ। रेल्वेले फ्लाइओभरको कार्य अझै पूरा गर्न नसक्दा 31 मार्चसम्म समय मागेको छ। एसआईआरको काम जसरी अघि बढ़िरहेको छ, त्यसअनुसार मार्चमै चुनाउको घोषणा हुन सक्ने सत्तारूढ़ दलको अनुमान छ। यस्तो अवस्थामा मोडल कोड अफ कण्डक्ट लागू भए उद्घाटन र शिलान्यास रोक्नुपर्नेछ। यसकारण बर्धमान रोड फ्लाइओभरको उद्घाटन कार्यक्रम अनिश्चित बनेको छ। रेल्वेको भूमिकाप्रति सिलगढ़ीका मेयर गौतम देव अत्यन्तै क्षुब्ध बनेका छन्।2018 मा निर्माण कार्य आरम्भ भएको यो फ्लाइओभर पटक–पटक विभिन्न कारणले जटिलतामा परेको छ। आरम्भमा डिजाइनमा त्रुटि देखियो। त्यसपछि कोरोना महामारीको कारण निर्माण कार्य रोक्नुपर्यो । अन्ततः सबै अवरोध हटेपछि रेल्वेको डेक निर्माणको कार्यले…
Read More
प्रशान्त बर्मनको घरमा रहस्यमय समूह

प्रशान्त बर्मनको घरमा रहस्यमय समूह

सोमवार बिहान शिवमन्दिरस्थित एसपी शर्मा रोडमा रहेको प्रशान्त बर्मनको घरमा पाँचजनाको एउटा रहस्यमय समूह देखियो। दुईवटा गाड़ीमा केही ठूल्ठूला झोलाहरूमा धेरै सामग्री भरेर त्यस समूहले त्यहाँबाट हतारिँदै सुइँकुच्चा ठोक्यो। टाउकोमा पट्टी बाँधेको र निलो रङको मास्क लगाएको एक व्यक्ति पनि त्यस समूहमा थिए। त्यो व्यक्ति नै वास्तवमा प्रशान्त बर्मन हुन सक्ने अनुमान गरिएको छ। त्यसो भए के घरमा राखिएका गोप्य कागजात र नगद राशि निकाल्नकै लागि मुख छोपेर प्रशान्त बर्मन सिलगढ़ी आएका थिए? यस्तै प्रश्न अहिले उठिरहेको छ। सोमवार बिहान लगभग 11.30 बजी चारैतिर गणतन्त्र दिवसको कार्यक्रम चलिरहेका बेला त्यस रहस्यमय समूहले गेटको ताला खोलेर एसपी शर्मा रोडको घरभित्र प्रवेश…
Read More
भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

भाजपा सांसद खगेन मुर्मूको श्रीमती तृणमूलमा सामेल

भाजपा सांसद खगेन मुर्मूको श्रीमती अरुणा मार्डी तृणमूल कङ्ग्रेसमा सामेल भएकी छन्। बुधवार तृणमूल भवनमा शिक्षामन्त्री ब्रात्य बासु र वनमन्त्री बिरबहा हाँसदाको उपस्थितिमा अरुणा मार्डीले तृणमूलको झण्डा थामिन्। तृणमूलको झण्डा हातमा लिएपछि अरुणाले भनिन्, म सीपीएम र भाजपामा पनि थिएँ। तर त्यहाँ मलाई त्यति स्थान मिलेन। म एससी र एसटी महिलाहरूका लागि अझ बढ़ी कार्य गर्न चाहन्छु, त्यसैले यस दलमा आएको हुँ।ब्रात्य बासुले भने, एक समय अरुणा सीपीएममा थिइन्। तिनी लोकतान्त्रिक महिला मोर्चाकी नेतृ पनि थिइन्। पछि तिनी भाजपामा प्रवेश गरिन्। खगेन मुर्मू जब सीपीएम त्यागेर भाजपामा गइन् र मालदा उत्तर लोकसभा क्षेत्रका उम्मेदवार बनिन् त्यति बेला प्रचारमा अरुणा पनि…
Read More
न्यूनतम मजदुरीको मागमा टिङलिङ चियाबारीमा पोष्टरिङ

न्यूनतम मजदुरीको मागमा टिङलिङ चियाबारीमा पोष्टरिङ

मिरिक महकुमाअन्तर्गत पर्ने टिङलिङ चियाबारीमा हिल तराई डुवर्स चियाबारी श्रमिक सङ्घ मिरिक महकुमा समितिको अगुवाइमा पोष्टरिङ कार्यक्रम सम्पन्न भएको छ। लामो समयदेखि चिया श्रमिकहरूले गरिरहेका न्यूनतम मजदुरी माग लागू गर्नुपर्ने विषयलाई मुख्य मुद्दा बनाउँदै यो कार्यक्रम आयोजना गरिएको थियो।चिया श्रमिकहरूको अधिकार र न्यूनतम मजदुरीको मागलाई सशक्त रूपमा उठाउन यो कार्यक्रम गरिएको युनियनका अनिल राणाले जानकारी गराए। त्यसैले चियाबारीका विभिन्न क्षेत्रहरूमा मागपत्रसहित पोष्टरहरू टाँसिएको पनि तिनले बताए। यस अवसरमा युनियनका केन्द्रीय प्रतिनिधिहरू अनिल राना, तिलक लुङ्गेली, पञ्चायत सदस्यहरू रोशन लामा, रोजेस थापा, रोजेस थापा, चियाबारीका अन्य श्रमिक सङ्गठनका प्रतिनिधिहरू सामेल थिए।
Read More
एसआईआर हैरानीको विरोधमा तृणमूलद्वारा सड़क अवरोध

एसआईआर हैरानीको विरोधमा तृणमूलद्वारा सड़क अवरोध

मतदाता सूचीको संशोधनका क्रममा स्पेशियल इण्टेन्सिभ रिभिजन अर्थात् एसआईआर प्रक्रियाको नाममा सर्वसाधारणलाई हैरान गराइरहेको आरोपमा सिलगढ़ीको स्थिति गर्मिइएको छ। मङ्गलवार बिहानदेखि शहरको सबैभन्दा व्यस्त तीन बत्ती मोड़ अवरुद्ध गर्दै तृणमूल कङ्ग्रेसका नेता–कार्यकर्ताहरू प्रदर्शनमा उत्रिए। यस कार्यक्रमका कारण सिलगढ़ीका प्रमुख प्रवेश मार्गमध्ये एकमा लामो समयसम्म वाहनहरूको आवागमन अवरुद्ध भयो।प्रदर्शन स्थलमा उपस्थित डाबग्राम–फूलबारी ब्लक तृणमूल अध्यक्ष दिलीप रायले चुनाउ आयोगको भूमिकाबारे कठोर शब्दमा आलोचना गरे। दीलप रायअनुसार मतदाता सूची संशोधनको बहानामा सर्वसाधारणलाई पटक–पटक कार्यालयमा बोलाइरहेको अनि अनुचित रूपमा कागजात मागेर हैरान गरिँदैछ। दिलीप रायले भने, चुनाउ आयोगले जानाजानी यस्तो जटिलता सिर्जना गरिरहेको छ जुन पूर्ण रूपमा लोकतन्त्रविरुद्ध छ। सर्वसाधारणको अधिकार जोगाउनकै लागि…
Read More