Paromita

286 Posts
पहिलो दिनमै युवा साथीमा नाम दर्ता गर्न ठूलो भीड़

पहिलो दिनमै युवा साथीमा नाम दर्ता गर्न ठूलो भीड़

युवा साथी शिविरमा भाजपा प्रमुख। आइतवार जलपाइगढ़ी जिल्लाको राजगञ्ज पञ्चायत समिति मैदानमा आयोजित युवा साथी शिविरमा कुकुरजान क्षेत्रका भाजपा प्रमुख गोपाल पोद्दार सहभागी भए। तिनले परिवारका सदस्यहरूलाई लाइनमा उभ्याएर योजनाको फारम भराए। मतदानमुखी उत्तर बङ्गालमा प्रमुखको यस्तो भूमिकाले पद्म शिविर असहज बनेको छ। यसबाहेक उत्तर बङ्गालका अन्य स्थानमा पनि शिविरमा अत्यधिक भीड़ देखियो। जलपाइगढ़ी जिल्लाको प्रत्येक ब्लकमा युवा साथी क्याम्प आयोजना गरिएको छ। तीमध्ये राजगञ्ज पञ्चायत समिति मैदानमा आयोजित क्याम्प उल्लेखनीय रह्यो। बिहानदेखि नै क्याम्पमा कुकुरजान क्षेत्रका भाजपा प्रमुख सक्रिय देखिए। केही बेरपछि क्याम्पको लाइनमा प्रमुखका छोरा, भतिजा र भतिजी देखिए। उक्त तस्बिर सामाजिक सञ्जालमा फैलियो। यसबारे प्रमुखले भने, युवा…
Read More
10 करोड़ 81 लाख रुपियाँ सम्पत्ति कर सङ्कलन

10 करोड़ 81 लाख रुपियाँ सम्पत्ति कर सङ्कलन

सम्पत्ति कर सङ्कलनको परिमाण बढ़िरहेको छ। प्रशासन सूत्रअनुसार, केवल सात महीनामा सिलगढ़ी नगर निगमले 10 करोड़ 81 लाख 11 हजार 842 रुपियाँ सम्पत्ति कर सङ्कलन गरेको छ। आगामी चार महीनामा उक्त रकम 19 करोड़ रुपियाँ पुग्ने अनुमान गरिएको छ। अर्कातिर राज्य तथा केन्द्र सरकारका 73 वटा कार्यालयबाट बक्यौता सम्पत्ति कर र सेवा शुल्कको रकम 18 करोड़ रुपियाँभन्दा अधिक रहेको छ। यस्तो परिप्रेक्ष्यमा उपासनालय, दातव्य ट्रस्ट, सोसाइटी, मदरसा तथा विद्यालयका सम्पत्ति करमा छुट दिने घोषणा नगर निगमको बजेटमा गरिएको छ।यसैबीच आज सोमवार नगर निगम बजेटमाथि छलफल हुनेछ। त्यसमा नगर निगमको आम्दानी तथा विकास सम्बन्धी परियोजनाहरूका विषयमा चर्चा हुन सक्ने बताइएको छ।…
Read More
आफ्नै दलका कार्यकर्ताको दोकानमा आगजनी गरिएको आरोप

आफ्नै दलका कार्यकर्ताको दोकानमा आगजनी गरिएको आरोप

आफ्नै दलका एक कार्यकर्ताको पसलमा आगजनी गराएको आरोप तृणमूल कङ्ग्रेसका एक पञ्चायत सदस्यविरुद्ध लागेको छ। त्यसको प्रतिकार स्वरूप समर्थकहरू लिएर उक्त पञ्चायत सदस्यलाई कुटपिट गरिएको आरोप पनि उठेको छ। घटनामा तीनजना घाइते भएका छन्। उनीहरू उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमामा उपचाराधीन छन्। एनजेपी थाना पुलिसले आइतवार उक्त पञ्चायत सदस्यसहित पाँचजनालाई पक्राउ गरेको छ। समग्रमा तृणमूल कङ्ग्रेसभित्रको गुटीय झड़पका कारण शनिवार रातिदेखि सिलगढ़ी नजिकैको फूलबारी 1 ग्राम पञ्चायतअन्तर्गत पर्ने पोड़ाझार क्षेत्र तनाउग्रस्त बनेको छ।सूत्रअनुसार, बालुवा–ढुङ्गा सेण्डिकेटको नियन्त्रण कसको हातमा रहने भन्ने विषयमा सम्पूर्ण विवाद आरम्भ भएको हो। उक्त क्षेत्रमा एउटा बहुतल्ले भवन निर्माण भइरहेको छ। शनिवार राति तृणमूल कङ्ग्रेसका पञ्चायत…
Read More
फरवार्डमा फर्कने विक्टरलाई नरेनको सन्देश

फरवार्डमा फर्कने विक्टरलाई नरेनको सन्देश

आपस्तको मतभेदलाई समाधान गरेर आफ्नै घर फर्किनुहोस्। सम्मानसहित पार्टीमा समावेश गरिनेछ। विधानसभा चुनाउको मुखैमा फरवार्ड ब्लकका पूर्व विधायक अली इमरान रामज (विक्टर) लाई लक्षित गरेर यस्तै सन्देश दिएका छन् पार्टीका राज्य सचिव नरेन चट्टोपाध्यायले। तर यस आह्वानलाई सिधै रातो कार्ड देखाउँदै फरवार्ड ब्लक नेतृत्वप्रति प्रहार गर्न पछि परेनन् गोयालपोखर र चाकुलियाका पूर्व विधायक तथा हाल कङ्ग्रेसका राज्य महासचिव विक्टर। आफ्नै गल्ती बुझ्न फरवार्ड ब्लक नेतृत्वलाई साढ़े तीन वर्षभन्दा अधिक समय किन लाग्यो? विक्टरले प्रश्न गरेका छन्। तिनले भनेका छन्, यत्रो समय तिनीहरू के सुतिरहेका थिए? समयमै गल्ती अनुभव गरेको भए आज फरवार्ड ब्लकको यस्तो दुर्दशा हुने थिएन। सन् 2021 को…
Read More
देशभरि आज उद्योग हड़ताल

देशभरि आज उद्योग हड़ताल

केन्द्रीय श्रम कोड कानून रद्द लगायत विभिन्न मागसहित 21 वटा केन्द्रीय ट्रेड युनियनहरूले आज बिहीवार उद्योग हड़तालको आह्वान गरेका थिए। साथै विधानसभा चुनाउअघि पश्चिम बङ्गालमा केन्द्रीय ट्रेड युनियनहरूको एक संयुक्त फोरमले राज्यमा बङ्गला बचाओको आह्वान गर्दै विरोध प्रदर्शन आरम्भ गरेको छ। देशव्यापी उद्योग हड़तालमा सीआईटीयू, एआईटीयूसी र यूटीयूसीसहित विभिन्न श्रमिक सङ्गठनहरू सहभागी छन्।गत वर्ष 29 वटा श्रम कानून खारेज गरी लागू गरिएका चार श्रम कोड श्रमिकहरूको हित विपरीत रहेको तिनीहरूको दाबी छ। नयाँ कोडमा श्रमिकहरूको अधिकार कटौती भएको, रोजगारको सुरक्षा घटेको र रोजगारदातालाई कर्मचारी भर्ना तथा हटाउन सजिलो बनाइएको आरोप पनि तिनीहरूको छ। साथै निजीकरण तलब संरचना र सामाजिक सुरक्षाको…
Read More
बङ्गलादेशमा चुनाउका कारण सीमा बन्द

बङ्गलादेशमा चुनाउका कारण सीमा बन्द

छिमेकी देश बङ्गलादेशमा बिहीवार चुनाउ आरम्भ भएको छ। त्यसकारण बुधवारदेखि बिहीवारसम्म सीमा बन्द राख्ने दुवै देशका सरकारले निर्णय गरेका छन्। कुनै पनि अप्रिय घटना टार्नका लागि यस्तो निर्णय लिइएको गृह मन्त्रालय सूत्रले जनाएको छ। 17 महीना अन्तरिम सरकारले बङ्गलादेश सञ्चालन गरेपछि अब नयाँ सरकार गठनतर्फ दुवै देशका जनता आशावादी नजरले हेरिरहेका छन्। तर अन्तरिम सरकारको कार्यकालमा पनि अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण तथा हत्या घटनाले दुई देशबीचको सम्बन्धमा प्रभाव पारेको छ।पूर्व प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरिएपछि भारत–बङ्गलादेश सम्बन्धमा अवनति हुन थालेको थियो। सम्बन्धमा चिसोपन आए पनि अन्तरिम सरकारको हस्तक्षेपमा पुनः दुई देशबीच व्यापार–वाणिज्य आरम्भ भएको थियो। तर पहिले जस्तै बङ्गलादेश र भारतबीच…
Read More
सीमामा काँड़ातार लगाउन सात ऐकर जमीनको खरीद

सीमामा काँड़ातार लगाउन सात ऐकर जमीनको खरीद

खुल्ला सीमामा काँड़ातार लगाउन मालदा जिल्ला प्रशासनले सात ऐकर जमीन खरिद गरेको छ। काम तीव्र गतिमा अघि बढ़िरहेको छ र बाँकी जमीन पनि चाँड़ै खरीद गरिने दाबी प्रशासनले गरेको छ। मालदाको 160 किलोमिटर सीमामध्ये लगभग 33 किलोमिटर खुल्ला रहेको छ। यस विषयबारे अनुप्रवेशको मुद्दामा पटक–पटक राजनीतिक विवाद हुने गर्दछ। अतिरिक्त जिल्ला अधिकारी (भूमि) देवाहुति इन्द्रले जानकारी दिँदै काम तीव्र गतिमा भइरहेको बताए। छिट्टै जमीन खरीद प्रक्रिया सम्पन्न गर्न सकिने तिनको भनाइ छ।प्रशासन सूत्रअनुसार कालियाचकको खुल्ला सीमा क्षेत्रमा जमीन पहिचानको कार्य भइरहेको छ। प्रक्रिया छिट्टै टुङ्गिने विषयमा जिल्ला प्रशासन आशावादी छ। हबिबपुर ब्लकका दुई मौजामा जमीन पहिचान गरिएको छ र त्यहाँ…
Read More
दाँतल हात्ती नै पहरादार

दाँतल हात्ती नै पहरादार

एक समय लाटागुड़ी र गोरुमारा जङ्गलसित संलग्न मटेली ब्लकको बिछाभाङ्गा र सुरश्रुति वनबस्तीका वासिन्दा हात्तीको आक्रमणका कारण निरन्तर त्रासमा बस्थे। कृषि जमीन नष्ट गर्नुसितै घरहरू भत्काइदिने घटना दैनिक जस्तै हुन्थ्यो। हात्तीको आक्रमण रोक्न गाउँका युवाहरूले टर्च र मशाल लिएर रातभरि पहरा दिन आरम्भ गरेका थिए। तर पछिल्ला दुई वर्षदेखि चिन्ता घटेको छ। कारण वनबस्तीका वासिन्दाले एकजना पहरादार पाएका छन्। त्यसको डरले अरू कुनै दाँताल वा माक्ना हात्ती त्यस क्षेत्रमा पस्न सकेको छैन। आदिवासीहरूले माया गरेर त्यसलाई लुड्का बाबा भनी बोलाउँछन् जसको अर्थ आफ्नै इच्छाअनुसार चल्ने हो।उक्त पहरादारको शरीर पनि अत्यन्त विशाल छ। त्यसले त्यहाँ अन्य कुनै हात्तीलाई प्रवेश गर्न दिँदैन।…
Read More
ट्रकको ठक्करले तृणमूल नेताको मृत्यु

ट्रकको ठक्करले तृणमूल नेताको मृत्यु

छोरीलाई ट्युशनबाट लिएर घर फर्किने क्रममा जलपाइगढ़ीका तृणमूल नेता लुत्फर रहमान दुर्घटनामा परे। तिनलाई ट्रकले कुल्चिँदा घटनास्थलमै तृणमूल नेताको मृत्यु भयो। तिनको मृत्युको खबर फैलिन साथ क्षेत्रमा तनाउ फैलियो। मृतकका परिवारजनहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरे। पुलिसको गाड़ीमा समेत तोड़फोड़ गरियो।स्थानीय सूत्रअनुसार मङ्गलवार राति छोरीलाई ट्युशनबाट लिएर मोटरसाइकलमा घर फर्किरहेका तृणमूल जलपाइगढ़ी सदर 2 नम्बर ब्लकका अल्पसङ्ख्यक सेलका अध्यक्ष लुत्फरलाई 31 नम्बर राष्ट्रिय राजमार्गको गोशाला मोड़ क्षेत्रमा एउटा अनियन्त्रित ट्रकले ठक्कर दियो। दुवैजना सड़कमा उछिट्टिए। ट्रकले लुत्फरलाई कुल्चिँदै अघि बढ्यो। घटनास्थलमै तिनको मृत्यु भयो। गम्भीर घाइते तिनकी छोरीलाई जलपाइगढ़ी मेडिकल कलेज लगियो। त्यहाँ तिनको उपचार भइरहेको…
Read More
मतिगढ़ा नाबालक हत्या प्रकरणको मुख्य आरोपी राज पासवान पक्राउ

मतिगढ़ा नाबालक हत्या प्रकरणको मुख्य आरोपी राज पासवान पक्राउ

सिलगढ़ीको मतिगढ़ामा 15 वर्षीय नाबालक शुभजित मोदकको हत्या प्रकरणमा मुख्य आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम राज पासवान हो। मङ्गलवार सिलगढ़ीबाट भाग्ने प्रयास गरिरहेको बेला कावाखाली क्षेत्रबाट मतिगढ़ा थाना पुलिसले तिनलाई नियन्त्रणमा लिएको हो। आज बुधवार कठोर सुरक्षा व्यवस्थाबीच आरोपीलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ। पुलिस तथा परिवार सूत्रअनुसार गत शनिवार पेशाले टोटो चालक राज पासवानले फोन गरेर शुभजितलाई घरबाट बोलाएर लगेका थिए। त्यसपछि उक्त नाबालकको कुनै अत्तोपत्तो लागेन। परिवारका तर्फबाट मतिगढ़ा थानामा निखोज बनेको शुभजितबारे नालिश दर्ता गरिए पनि छोराको पत्तो नलागेपछि आक्रोशित आफन्तहरूले थानाअघि विरोध प्रदर्शन गरेका थिए।जाँचको क्रममा सोमवार मध्य राति सुकना फरेस्ट…
Read More