10
Mar
ग्रेटर कूचबिहार पिपुल्स एसोसिएशनका नेता वंशीबदन बर्मन दिल्ली पुगेका छन्। यस्तो खबर कूचबिहारमा फैलिरहेको छ। भाजपा उच्च नेतृत्वसित तिनको बैठक हुन सक्न खबर पनि फैलिएको छ। सामाजिक सञ्जालमा नाम नलिए पनि धेरैले यस्तो उल्लेख गरेका छन्। तर वंशीबदनले स्वयं यस विषयमा स्पष्ट पारेका छैनन्। ग्रेटर नेताको यो आकस्मिक दिल्ली यात्रा विधानसभाको चुनाउअघि नयाँ राजनीतिक समीकरणको सङ्केतका रूपमा हेरिएको छ। विशेष गरी राजवंशी मतदाताको नयाँ समीकरण बन्न सक्ने राजनीतिक विश्लेषकहरूले ठानेका छन्।हालै राज्यसभाका भाजपा सांसद अनन्त महाराज तथा अर्को ग्रेटर कूचबिहार पीपल्स एसोसिएशनका नेता नगेन्द्रनाथ राय (अनन्त महाराज) लाई राज्य सरकारले बङ्ग विभूषण पुरस्कार प्रदान गरेको छ। यो पुरस्कार पाएपछि तिनले…
