16
Dec
भारत–बंगलादेश सीमामा बीएसएफको गोली लागेर फेरि तस्करको मृत्यु भएको छ । भारत–बंगलादेश सीमा माथाभाङ्गा १ ब्लकको बैरागिरहाट क्षेत्रमा बीएसएफले मुठभेडका क्रममा एक तस्करलाई मारेको छ । प्रहरी स्रोतका अनुसार गए राति बैरागिरहाटको चोङ्गरखाटा खगरीबाडी नाकामा तस्करहरुको समूह भेला भएको थियो । यी मानिसहरूले सीमामा तैनाथ बीएसएफमाथि आक्रमण गरे, जवाफमा बीएसएफ जवानहरूले तस्करहरूलाई गोली हाने जसमा एक तस्करको मृत्यु भयो। प्रहरी स्रोतका अनुसार तस्करको साथबाट एउटा मोबाइल फोन र दुईवटा बंगलादेशी सिमकार्ड बरामद भएको छ ।माथाभाङ्गाका अतिरिक्त प्रहरी उपरीक्षक अमित वर्माका अनुसार आज बिहान भारत–बंगलादेश सीमाको बैरागिर हाट क्षेत्रमा केही तस्करहरु जम्मा भएर बंगलादेशतर्फबाट भारत प्रवेश गर्न खोजिरहेका थिए । त्यसपछि…
