Editor

5003 Posts
नेकपाभित्र कस्तो राजनीतिक मान्यता स्थापित गर्ने भन्‍ने बहस हो : दाहाल

नेकपाभित्र कस्तो राजनीतिक मान्यता स्थापित गर्ने भन्‍ने बहस हो : दाहाल

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कस्तो राजनीतिक मान्यता अवलम्बन गर्ने र कस्तो पद्धति स्थापित गर्ने भन्ने विषयमा बहस भइरहेको बताएका छन् । संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको र समाजवाद उन्मुख व्यवस्थामा जाने भनेकाले त्यसै विषयमा नेकपामा बहस भइरहेको उनले बताए ।  कांग्रेसका पूर्वसांसद कौशर शाह तथा राजन झालगायतका नेतालाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा शनिबार दाहालले भने, 'नेकपाभित्रको बहस समाजवादको यात्रामा कस्तो आर्थिक नीति हुने ? कस्तो राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने ? कस्तो आचारसंहिता पालना गर्ने ? कस्तो विधिविधान र पद्धति स्थापित गर्ने ? भन्ने बहस छन् ।' नेकपाभित्र पछिल्लो समय विवाद चर्किँदै गएको अवस्थामा दाहालको यस्तो भनाइ आएको हो । अध्यक्ष दाहाल, वरिष्ठ…
Read More
नेकपामा फलदायी भएनन् बैठक स्थगनका सात दिन

नेकपामा फलदायी भएनन् बैठक स्थगनका सात दिन

पार्टीमा गहिरिँदो संकट समाधानका लागि अनौपचारिक संवाद गर्न एक साताका लागि नेकपा स्थायी कमिटी बैठक स्थगित भए पनि यस अवधिमा खासै प्रगति हुन सकेन । आइतबार (२१) मंसिरमा बसेको स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्ताव र पत्र अध्ययन र अनौपचारिक संवादका लागि मंसिर २८ अर्थात् आइतबारसम्मका लागि स्थगित भएको थियो ।  २१ मंसिरको बैठक एक साता स्थगनपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए, ‘यो अवधिमा स्थायी कमिटीका नेताहरूलाई दुवै अध्यक्षका प्रस्ताव र पत्र अध्ययन गर्न भनिएको छ, सहमतिका लागि अनौपचारिक रूपमा कोसिस जारी रहनेछ ।’ तर, यो एक सातामा सहमति जुटाउने सघन संवादमा भन्दा नेताहरु एकअर्का समूहविरुद्ध रणनीति बनाउने तयारीमा जुटेका छन् ।…
Read More
नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १३ सय ५९ जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ । सक्रिय संक्रमित ११ हजार ६ सय ७३ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख…
Read More
राजावादी आन्दोलनको स्वैरकल्पना

राजावादी आन्दोलनको स्वैरकल्पना

बितेका केही हप्ताबीच ‘राजा आऊ, देश बचाऊ’ भन्दै राजावादीहरूले केही हजार मोटरसाइकल र केही सय साना गाडीसहित संघीय राजधानी लगायतका सहरहरूमा प्रदर्शन गरे । सामाजिक सञ्जालहरूमा गणतन्त्रका निम्ति विगतमा उर्लिएका जनसागरका फोटाहरूसमेत काटकुट गरेर राख्दै उनीहरूले गणतन्त्रका विरुद्धमा जनता देशव्यापी उठेको प्रचारसमेत गर्न भ्याए । तर जेजति संख्यामा भए पनि यो त यथार्थ हो, राजावादीहरू सडकमा आए । यी प्रदर्शनहरूसँगै एउटा प्रश्न सतहमा आएको छ— के राजावादीहरूको संख्या बढेको हो ? अहिलेका प्रदर्शनहरू केही महिनादेखिको तयारीमा भएका हुन् तर देशभरिमा एक लाख मानिस पनि सडकमा देखा नपर्नु भनेको राजावादीहरूको वृद्धि भएको मान्न सकिने अवस्था पटक्कै होइन । राजतन्त्र ब्युँताउनुपर्छ भन्ने राप्रपा हाक्काहाक्की एकाध…
Read More
अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

अमेरिकामा फाइजरको कोभिड खोपलाई अनुमति

अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ। एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो। हानले यसलाई असत्य भएका छन्।राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्।अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्। फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।गत बुधवार अमेरिकामा ३,००० जनाभन्दा बढीको…
Read More
जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

जनताप्रति उत्तरदायी सरकारले संसदीय समितिका निर्देशन पालना गर्नुपर्छ : सभापति श्रेष्ठ

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी छन् ।  राज्यव्यवस्था समितिले बुधबार दिएको निर्देशन विपरीत सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो । सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निदेशन पालना गर्नुपर्ने बताएकी हुन् । समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ । पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि संसदीय समितिले दिएका निर्देशन सरकारले पालाना गरेको वा नगरेको भन्ने सम्बनधमा समिति आफैंले कार्यप्रगति मूल्यांकन…
Read More
कलंकीमा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

कलंकीमा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान खुलिसकेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।
Read More
थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

थपिए १ हजार ४४ जना कोरोना संक्रमित, १ हजार २ सय ७१ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएकामा ४ सय ११ महिला र ६ सय ३३ पुरुष छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ । २४ घण्टामा ७ हजार ४ सय १४ पीसीआर परीक्षण भएका छन् । हालसम्म १८ लाख २० हजार ८ सय १८ पीसीआर परीक्षण भएका मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५ सय १९ जना छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १ हजार २ सय ७१ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त…
Read More
स्वास्थ्य सामग्री खरिद प्रक्रिया प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफल गर्न बोलाउने

स्वास्थ्य सामग्री खरिद प्रक्रिया प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफल गर्न बोलाउने

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए । समितिले यस अघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरीकन ओम्नी समूह मार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन सुरु गरेको थियो । तर लामो समय बैठक नै नबस्दा यो…
Read More
मीरा कापुर विकको साथमा विश्वास गर्दछ

मीरा कापुर विकको साथमा विश्वास गर्दछ

लोकप्रिय सेलिब्रिटी मीरा कपूरले साझा भिक VapoRub संग स्टीम इनहेलेसन कफ र चिसो लक्षणहरु लाई कम गर्न मद्दत गर्छन्। यसका साथै, उनले आमाहरूलाई रस, न्यानो हल्दी दूद र शीतकालीन स्वास्थ्य प्रभावहरू प्रबन्ध गर्न परिवारको स्वास्थ्य प्रणालीमा व्यायाम समावेश गर्न आमाहरूलाई प्रोत्साहित गर्छिन्।
Read More