Editor

5003 Posts
फिल्म ‘द इंटर्न’ हिन्दि रिमेकको निर्देशन् अमित शर्माले गर्नेछ

फिल्म ‘द इंटर्न’ हिन्दि रिमेकको निर्देशन् अमित शर्माले गर्नेछ

जब नयाँ फिल्मसंग सम्बन्धित समाचार आउँछ,तब फिल्मको स्टारकास्टको बारेमा चर्चा हुने गरेको छ, तर यस पटक स्टारकास्टको होइन निर्देशकको बारेमा ज्यदा चर्चा भई रहेको छ । हलिउड फिल्म 'द इंटर्न' को हिन्दी रीमेकमा दीपिका पादुकोण मुख्य भुमिकमा देखा पर्ने छिन् । यस फिल्मको निर्देशन् 'बधाई हो' निर्देशक अमित शर्माले गर्ने खबर अएको छ।यस समयमा दीपिका र अमित दुवै आ आफ्नो प्रोजेक्टहरुमा व्यस्त छन्। अमित अहिले अजय देवगन अभिनीत फिल्म मैदानको शुटिंगमा व्यस्त छन्। अक्टुबरमा फिल्म रिलीज भएपछि, उनी नोभेम्बरदेखि द इन्टर्नको रीमेकको लागि शुटिंग गर्ने छन्, जबकि दीपिकाले शकुन बत्राको फिल्म पूरा गरिसकेपछि शाहरुख खान र जोन अब्राहमसँगै पठानको फिल्म…
Read More
रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियो

रोनाल्डोको ७७० गोल सित पेलेको ७५७ गोल हरूको रेकर्ड तोड़ियोक्रिस्टियानो रोनाल्डो पोर्तुगलका एक स्टार फुटबलर हो। क्यागिलारीको बिरूद्ध आइतबार दिउँसो खेलेको खेलमा उनले ह्याट्रिक गरेर आफ्नो समग्र गोल ७७० बनाएर समग्र गोल सर्न्दर्भमा महान ब्राजिलियन खेलाडी पेलेलाई पछाडि छोडिदिएको छ । दुनिया को लेडिङ गोल स्कोरर भएको खुसी जतावदै क्रिस्टियानो रोनाल्डोले सोशल मीडिया प्लेटफार्म इंस्टाग्राम मा पोस्ट गरे।यस रेकर्ड पछि, रोनाल्डोले दुनियभरको अरु खिलाड़ी हरु झै स्नेह सहित भने कि पेले भन्दा ठूलो कुनै खेलाडी छैन। उनले सबै जाना जसले उनलाई आफ्नो कैरियरको गोल गर्नमा सहयोग पुराएका थिए उनीहरुलाई पनि धन्यबाद दिए ।उही समयमा पेलेले रोनाल्डोलाई सोशल मिडियामा बधाई पनि…
Read More
ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण

ब्राजिलमा नियन्त्रणमा आएन संक्रमण

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । संक्रमणबाट दुई लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ । अधिकारीहरुका अनुसार संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । एक करोड १५ लाखभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।अधिकारीहरुका अनुसार कोभिड १९ बाट संक्रमित…
Read More
अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भर्त्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले सम्भावित सैन्य प्रतिकारको चेतावनी दिएको छ ।उत्तर कोरियाली वर्कर्स पार्टीकी उपनिर्देशक किम यो जोङले एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादको साटो दक्षिण कोरियाको आक्रामक सैन्य नीतिले दुबै देशबीचको शान्तिपूर्ण पुनर्मिलन समितिको बैठकलाई प्रभावित गर्न सक्ने बताउनुभएको छ ।उहाँले कुम्गान्सान अन्तर्राष्ट्रिय पर्यटन ब्युरो र त्यससँग सम्बन्धित अन्य संस्थाहरु विघटन गर्ने बारेमा विचार गर्दैछौं भन्नु भएको छ । उहाँले दक्षिण कोरियाको भावी दृष्टिकोण र कार्यहरुको पनि समीक्षा गर्न लागेको बताउँदै दक्षिण कोरिया र…
Read More
अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नुभएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेशमन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिनुभयो ।चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नुभएको छ ।जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उहाँहरुले चीनका पछिल्ला…
Read More
बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार ती महिलालाई ३ वर्ष ६ महिना कैदमा राख्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो । झुटो जाहेरी दिएर व्यक्तिको मानहानि गरेको ठहर भएपछि महिलालाई कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताउनुभयो । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार…
Read More
पुलिसले ठूलो संख्यामा गाँजा फेला पारेर एउटा महिलालाई कस्टडीमा लिएको छ

पुलिसले ठूलो संख्यामा गाँजा फेला पारेर एउटा महिलालाई कस्टडीमा लिएको छ

विधानसभा चुनाव हुनुभन्दा अघि एनजेपी पुलिस स्टेशनका पोलिसहरुले सिलिगुडी सहरको छेउछाउ फुलबारी मदार मोड क्षेत्रबाट ठूलो संख्यामा गाँजाको प्याकेट फेला पारेको छ। यस सम्बन्धमा पुलिसले एक महिलालाई नियन्त्रणमा लिएको छ। अर्कोतर्फ, गाँजाको एक ठूलो प्याकेट सहित एक महिला पक्राउ गरिएको समाचार सम्बन्धी चुनाव हुनु अघि सम्पूर्ण शहरमा हलचल मच्चिएको छ। नयाँ जलपाईगुडी प्रहरी चौकीका प्रहरीले उक्त महिलालाई गंजासँगै कस्टडीमा लिए र उनलाई थाना ल्याए। पुलिसले उक्त महिलालाई सोधपुछ गरेर गाँजा सम्बन्धी थप जानकारी लिने प्रयास गरिरहेको छ। स्थानीय व्यक्तिहरूले आरोप लगाए कि आरोपी महिला गाँजाको प्याकेट लिन आएका थिए। त्यसपछि स्थानीय मानिसहरूले उनलाई शंका गरेपछि प्याकेट खोल्दा, यसमा गाँजा भेट्टायो।
Read More
म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए

म्यान्मारमा थप ५ प्रदर्शनकारी मारिए

म्यान्मारको सैनिक ‘कु’ विरुद्धको प्रदर्शनका क्रममा सोमबार पाँच जनाको ज्यान गएको छ । अधिकारकर्मी तथा प्रत्यक्षदर्शीहरूले सोमबार यांगुनको औद्योगिक क्षेत्रमा दर्जनौं प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली हानेको जनाएका छन् । लोकतन्त्रवादी नेत्री आङ सान सुचीका समर्थकहरूले यांगुनका साथै म्यान्डले, हखा, मायिङ र अउंगलान सहरमा गरेका प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाएको समाचार संस्था रोयटर्सले जनाएको छ । ‘एक युवतीको टाउकोमा र एक युवकको अनुहारमा गोली लागेको छ,’ एक प्रदर्शनकारीले भने, ‘म भने लुक्न भ्याएँ ।’ यसअघि आइतबार सुरक्षा फौजले करिब ५० जना प्रदर्शनकारीको ज्यान लिएको अभियानकर्ताहरूले बताएका छन् । ‘द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य सहर यांगुनको झडपमा मात्रै करिब ३० जना प्रदर्शनकारी मारिएको जनाएको छ ।…
Read More
यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

यौन दुर्व्यवहारको विरोधमा अस्ट्रेलियामा देशव्यापी प्रदर्शन

यौन दुर्व्यवहार तथा लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा सोमबार हजारौंले देशव्यापी प्रदर्शन गरेका छन् । राजधानी क्यानबेराका साथै सबै मुख्य सहरमा गरिएको प्रदर्शनका सहभागीले महिलामाथि हुने यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् ।  ‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा १ लाखभन्दा बढी महिला, पुरुष तथा बालबालिका सहभागी भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब एक महिनाअघि संसद् भवनस्थित रक्षामन्त्री लिन्डा रेनल्डस्को कार्यालयमा काम गर्ने पूर्वकर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा अघि आएको हो । यसलगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करिब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो । पोर्टरमाथि…
Read More
१.९ किलोमिटर ‘मैत्री सेतु’ त्रिपुरामा फेनी नदी माथि

१.९ किलोमिटर ‘मैत्री सेतु’ त्रिपुरामा फेनी नदी माथि

एक प्यान-इंडिया पूर्वाधार परामर्श फर्म, रोडिक कन्सल्टेन्ट्स प्राइवेट लिमिटेडले फेनी नदीमा १.९ किलोमिटर लामो 'मैत्रीसेतु' परियोजना सम्पन्न गर्यो। मंगलबार प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्नुभयो। स्थानीय जनसंख्याका लागि नयाँ आर्थिक अवसरहरू खोल्नुका साथै यस पुलले उत्तर-पूर्वी क्षेत्रमा अन्तर्राष्ट्रिय बन्दरगाहहरूमा प्रत्यक्ष पहुँच प्रदान गर्नेछ र त्रिपुरामा पर्यटन प्रवर्धन गर्दछ। प्राधिकरण इञ्जिनियरका रूपमा रोडिक त्रिपुरामा एनएच-८ स्थित भारत- बंगलादेश सीमामा सबरूममा फेनी खोलामा बने पुल निर्माणको रेखदेखको जिम्मा लिएका थिए। राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा प्राप्त यस पुलले दक्षिण त्रिपुराबाट बंगलादेशको चट्टोग्राम (चिट्टागोंग) सम्म प्रत्यक्ष सम्पर्क स्थापना गर्नेछ। यस पुलले उत्तर- पूर्वी क्षेत्र बन्दरगाहमा हाल १,७०० किलोमिटरदेखि…
Read More