Editor

5003 Posts
एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी वुमेन्स एसियन कप २०२२ को क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको भर्चुल ड्र अनुसार नेपाल समूह एफमा परेको हो । यस समूहमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । यस समूहको आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपालसहित हङकङ र फिलिपिन्स यो समूहमा परेका छन्। फिफा वरीयतामा फिलिपिन्स ६८औं, हङकङ ७६औं र नेपाल १०१औं स्थानमा छन्। समूहको खेल नेपालमा हुनेछन्। खेल सेप्टेम्बर २०२१ मा हुनेछ। समूहको शीर्ष टिम जनावरी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसियन कपमा छनोट…
Read More
न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ। न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो। यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ । अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन्…
Read More
आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

आफ्नो पानीजहाजमा रुसले गोली नचलाएको यूकेको भनाइ

रुसको सेनाले ब्ल्याक सीमा आफ्नो पानीजहाजमाथि चेतावनी स्वरूप प्रहार गरेको भनाइलाई ब्रिटेनले अस्वीकार गरेको छ। रुसको रक्षा मन्त्रालयले ब्रिटिश पानीजहाज एचएमएस डिफेन्डर क्राइमिया नजिकै रुसी जलक्षेत्रमा प्रवेश गरेपछि गस्ती गरिरहेको एउटा रुसी लडाकु पानीजहाजले गोली प्रहार गरेको र अगाडिको जलमार्गमा एउटा लडाकु विमानले बम प्रहार गरेको जनाएको थियो। तर ब्रिटिश रक्षा मन्त्रालयले भनेको छ, ''एचएमएस डिफेन्डर माथि चेतावनी स्वरूप प्रहार गरिएको छैन।'' उसले त्यो पानीजहाज युक्रेनको जलक्षेत्रमा रहेको बताएको छ। Click here to view the source
Read More
जोन म्याकाफी: पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

जोन म्याकाफी: पहिलो एन्टिभाइरस निर्माता स्पेनको जेलमा मृत फेला

एन्टिभाइरस सफ्टवेयर व्यवसायी जोन म्याकाफी बार्सिलोनाको एक जेलमा मृत फेला परेका छन्। स्पेनको अदालतले उनलाई कर छलीको मुद्दामा अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्। क्याटालान न्याय विभागले जेलका स्वास्थ्यकर्मीले उनलाई बचाउन प्रयास गरे पनि असफल भएको जनाएको छ। एक विज्ञप्तिमा विभागले 'सबै कुराले' म्याकाफीले आत्महत्या गरेको सङ्केत दिएको बताएको छ। Click here to view the source
Read More
विश्व ओलम्पिक दिवस आज

विश्व ओलम्पिक दिवस आज

विश्व ओलम्पिक दिवस आज । दिवशको अवसरमा ओलम्पिक टर्चलाई ललितपुरका बिभिन्न क्षेत्रमा परिक्रमा गरी दिवश मनाइएको छ। ओलम्पिकमा नेपालबाट भाग लिईसकेका नेपाली खेलाडीहरुको सहभागितामा सो टर्चलाई परिक्रमा गराएका थिए।
Read More
ओटीटीमा बलिउड स्टारमाथि महंगो लगानी

ओटीटीमा बलिउड स्टारमाथि महंगो लगानी

भारतमा ओटीटी प्लेटफर्मको नयाँ खेल सुरु भएको छ । यो खेलमा बलिउडका चर्चित नायक–नायिकाहरुलाई आकर्षित गर्नका लागि ओटीटी संचालकहरुले महंगो रकम खर्च गरिरहेका छन् । पहिलो चरणको लकडाउनपछि भारतमा चलचित्र भवनहरु बन्द हुँदा ओटीटी बजार विस्तार भएको छ । योसँगै भारतका धेरै दर्शकहरु ओटीटीमा जोडिएका पनि छन् । बलिउड चलचित्रका नायकहरुलाई महंगो पारिश्रमिकमा गरिएको अफरले यो कुराको पुष्टी गर्दछ कि, ओटीटीका संचालकहरु आफ्नो बजार अब दर्शकको ठूलो संख्यामाझ विस्तार गर्न चाहन्छन् । नायक अजय देवगणले एक वेव सिरिजका लागि १२५ करोड रुपैयाँ पारिश्रमिक लिएको खबर सार्वजनिक भैसकेको छ । यस भन्दा अगाडि नायक अक्षय कुमारलाई पनि ९० करोड पारिश्रमिकको अफर…
Read More
टोक्यो ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

टोक्यो ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

टोक्यो ओलम्पिकको दौरानमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । टोक्यो–२०२० का अध्यक्ष सीको हासीमोटोले बुधबार सुरक्षाको कारण मादक पदार्थको विक्रिवितरणमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो । आयोजकले स्टेडियमको बाहिर मादक पदार्थ विक्रीवितरणमा प्रतिबन्ध लगाउनुका स्टेडियम भित्र लैजान रोक लगाइएको हो । मादक पदार्थको विक्री तथा सेवनले भौतिक दुरी कायम राख्ने सम्भावना नरहने जापानका केही वरिष्ठ स्वास्थ्य अधिकारीको दलिल छ । आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ ।
Read More
नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।

नेपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ।

सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले निजी वायुसेवा कम्पनीले तत्कालै उडान कार्यतालिकाका लागि आवेदन दिन सक्ने भन्दै आन्तरिक उडान खुला भइसकेको बताए नपालमा हुने आन्तरिक उडानहरूको मूल स्रोत काठमाण्डूस्थित विमानस्थल रहँदै आएको छ। वायुसेवाका एक सञ्चालकले उडानको सङ्ख्यामा सीमित गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न आफूहरू तयार भए पनि क्रमशः त्यो बढ्दै गएको हेर्न आफूहरूले चाहेको प्रतिक्रिया दिएका छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि स्वीकृति दिइसकेको छ। उनले भने, “नेपाल सरकारले अब निर्णय गरिसकेको भएकाले…
Read More
अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन्?

अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन्?

अस्ट्रेलियाली चिकित्सकहरूले त्यहाँ आस्ट्राजेनेका खोप लगाउने दिन निर्धारण गरेका व्यक्तिहरूले त्यसलाई रद्द गर्ने क्रम बढेको जानकारी दिएका छन्। त्यहाँको सरकारले गत हप्ता आफ्नो निर्देशिकामा परिमार्जन गर्दै ६० वर्षभन्दा माथिकालाई मात्र उक्त खोप लगाउन सिफारिस गरेपछि यस्तो प्रवृत्ति देखिएको हो। उक्त खोप लगाएपछि दुर्लभ रूपमा देखिने रगत जम्ने समस्यासम्बन्धी विवरणहरूलाई मध्यनजर गर्दै सरकारले त्यस्तो सिफारिस गरेको थियो। ६० वर्ष मुनिका व्यक्तिहरूलाई फाइजरको खोप लिन सुझाइएको छ तर त्यसको आपूर्ति सीमित छ। आस्ट्राजेनेका जस्तो विश्वभरि व्यापक रूपमा प्रयोग भएको खोपलाई अस्वीकार गर्ने कुरा अहिले पनि कोभिडको बढ्दो सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका देशहरूमा अस्वभाविक लाग्नसक्छ। तर अस्ट्रेलिया कोरोनाभाइरस व्यापक रूपमा नफैलिएका केही देशहरूमध्ये पर्छ।…
Read More
नेपाली कांग्रेस: के शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्ने प्रयास सफल होला?

नेपाली कांग्रेस: के शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई रोक्ने प्रयास सफल होला?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी विभाजनका बेलादेखि सबै कालखण्डमा विमलेन्द्र निधिको साथ र सहयोग रह्यो। कैयौँ प्रभावशाली र विश्वासपात्र नेताले छाड्दा उनी देउवासँगै थिए। यस पटक भने उनले महाधिवेशनको मुखमा आफैँ उम्मेदवार बन्ने घोषणा दोहोर्‍याएका छन्। नेता निधिका अनुसार गत वर्षको साउन २९ गते नै उनले देउवालाई भेटेर त्यो जानकारी दिइसकेका थिए। उनै नेता निधिले सोमवार नेताद्वय शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई आफ्नै निवासमा बोलाएर छलफल गरेपछि नयाँ तरङ्ग उत्पन्न भएको छ। कतिपयले कांग्रेसमा नयाँ ध्रुवीकरणले आकार लिन थालेको ठानेका छन्। बीपी कोइराला र गणेशमान सिंहका छोराहरूसँग परामर्श गरेका निधि अर्का वरिष्ठ नेता महेन्द्रनारायण निधिका छोरा हुन्। Click here…
Read More