Editor

5003 Posts
१४ जना प्राथमिक शिक्षक-शिक्षिका शिक्षाश्री उपाधिले सम्मानित

१४ जना प्राथमिक शिक्षक-शिक्षिका शिक्षाश्री उपाधिले सम्मानित

नव गठित बाग्राकोट प्राथमिक शिक्षक सङ्गठनको आज यहाँको भीमसेन भवनमा सर्वपल्ली राधा कृष्णनको जन्म जयन्ती धुमधाम साथ पालन गन्यो । शिक्षक दिवसको अवसर पारेर यहाँको हालसम्मका १४ जना अवकाशप्राप्त शिक्षक शिक्षिकागणलाई शिक्षाश्री उपाधिले सम्मानित गयो । वेणु शर्मा अध्यक्ष रहेको कार्यक्रममा मुख्य अतिथिको रूपमा ऐलनबारी टिजी प्राथमिक पाठशालाका प्रधानाध्यापक रबिन थापा उपस्थित थिए भने अतिथिगणमा एसआई अफ स्कूल माल सर्कल अफिसको प्रतिनिधि दिलीप शर्मा, बाग्राकोट टिजी प्राथमिक पाठशालाका भारप्राप्त शिक्षक प्रशान्त दिलायी, समाजसेवीद्वय एसके खड्का, वलराम पुरी, बाग्राकोट जोनका शिक्षाबन्धु पवन प्रधान आदि उपस्थित थिए । कार्यक्रमको प्रथममा राधा कृष्णनको तस्वीरमा दीप प्रज्वलन गरेपछि सङ्गठनका प्रमुख सल्लाहकार ईश्वरी कान्त गुरुङले…
Read More
दुर्गापूजामा ममताको पनि प्रतिमा राखिने

दुर्गापूजामा ममताको पनि प्रतिमा राखिने

पश्चिम बंगालमा निकै भव्य रूपमा मनाइने दुर्गापूजा वा नवरात्र महोत्सवको तयारी शुरू गरिएको छ । कोलकाताका दुर्गा प्रजा मण्डलहरूमा देवी प्रतिमासँगै मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीको पनि प्रतिमा राखिने भएको छ । भारतीय जनता पार्टीले यसमा आपत्ति जनाउँदै यसबाट हिन्दूहरूको भावनालाई अपमान भएको आरोप लगाएको छ। प्रख्यात मूर्तिकार मिन्टू पालले कुमारटूलीमा रहेको आफ्नो स्टुडियोमा फाइबरग्लासको प्रतिमा बनाएका छन्। त्यसमा ममता बनर्जीले मन पराउने सेतो सारी र चप्पल लगाएको देवीरूपी प्रतिमा बनाइएको छ ।उनले ममता देवीको हातमा शस्त्रको साटो योजनाहरूलाई दर्शाउने बताएका छन् । कन्याश्री, स्वस्थ साथी, रूपाश्री, सबुजसाथी, लक्ष्मीर भण्डार र अन्य यसबाट झल्किने उनको भनाइ छ। दुर्गा…
Read More
असहाय रोगीलाई नगद सहयोगसँगै गरीबहरूलाई तारपोलिन वितरण

असहाय रोगीलाई नगद सहयोगसँगै गरीबहरूलाई तारपोलिन वितरण

राजनैतिक कार्यसितै परोपकारी सामाजिक कार्य तथा जनसेवामा कुनै प्रकारको कमी नराख्ने ध्येय राखेर तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामाले असहाय औ आवश्यकमन्द परिवारहरूलाई मदत गर्ने क्रममा आज भाटपाड़ा ए अच्छापाड़ा चियाबारीको एकजना गौतम तुरी नामक असहाय आदिवासी रोगी युवकलाई उपचारको निम्ति आज तृणमूल कालचिनी ब्लक कार्यालयमा बोलाएर नगद १५ हजार रुपियाँ मदत रकम प्रदान गरेको थियो| उक्त अवसरमा कालचिनी ग्राम पञ्चायत प्रधान निशा लामा लगायत सीबीटीसीएमयू कालचिनी ब्लक कन्भेनर ओमदास लोहार, तृणमूल राजाभातखावा अञ्चल सभापति मनोज अग्रवाल, रामकुमार लामा एवम् अन्यान्य नेतृत्वको उपस्थिति रहेको थियो यसै क्रममा पासाङ लामाकोपहलमा आज आवश्यकमन्द परिवारहरूलाई चुहुने घरको निम्ति बर्षाबाट सुरक्षित रहन तारपोलिन वितरण…
Read More
लड़ाकु विमान र हेलिकप्टर पठाउँदै

लड़ाकु विमान र हेलिकप्टर पठाउँदै

रुसले चाँडै नै बेलारुसलाई लडाकु विमान, हेलिकप्टर एवं एयर डिफेन्स सिस्टम पठाउने भएको छ । बेलारुसका राष्ट्रपति एवं अधिनायकवादी नेता मानिने अलेक्जेण्डर लुकाशेन्कोलाई उद्धृत गर्दै त्यहाँको बेल्टा न्युज एजेन्सीले जनाएको हो । रुसले बेलारुसलाई उपलब्ध गराउने यो हतियारले लुकाशेन्कोलाई रुसी राष्ट्रपति व्लादिमिर पुतिनको सोझो समर्थनको सङ्केत गरेको छ । बेलारुसमा लुकाशेन्कोको नेतृत्वलाई लिएर गत वर्ष ठुलो विरोध आन्दोलन भएको थियो । रुस र बेलारुसले यसै सेप्टेम्बर ११ देखि १६ सम्म संयुक्त सैन्य अभ्यास समेत गर्दै छन् । तिनले भने, रुसले बेलारूसलाई नाटो सैन्य गठबन्धन र युरोपेली सङ्घको विरुद्ध आफ्नो पश्चिमी सुरक्षा बफरको रूपमा हेर्छ । रुसले हामीले निकट भविष्यमै दर्जनौं…
Read More
केरलले बढाइरहेछ केन्द्रको चिन्ता

केरलले बढाइरहेछ केन्द्रको चिन्ता

भारतमा यस साता मंगलवारलाई छोड़ेर रहल सबै दिन कोरोनाका नयाँ मामिला ४० हजारभन्दा माथि नै दर्ता गरियो एकचोटि फेरि शुक्रवार देखिएका नयाँ मामिलाहरूको संख्या ४५ हजारभन्दा धेर दर्ता गरियो । मामिलाहरूमा वृद्धिको सबैभन्दा एउटा ठूलो कारण केरलमा बिग्रँदो स्थिति पनि हो केरलको कारण देशमा दैनिक ४० हजारभन्दा धेर मामिला अघि आइरहेछन् । यद्यपि मंगलवार देशमा ३० हजार मामि ला दर्ता भएको थियो यसपछि बुधवार अनि फेरि बिहीवार र शुक्रवार तीनै दिन कोरोनाका मामिलामा वृद्धि आइरहेको छ स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अनुसार शुक्रवार देशभरि कोरोनाका ४५,३५२ नयाँ मामिला दर्ता गरिएको छ । यसमध्ये केरलबाट नै ३२ हजारभन्दा अधिक मामिला आएको…
Read More
राजनगर, एक सामाजिक-सांस्कृतिक मिडिया संगठनले कूच बिहार मा शिक्षक दिवस मनाउनेछ

राजनगर, एक सामाजिक-सांस्कृतिक मिडिया संगठनले कूच बिहार मा शिक्षक दिवस मनाउनेछ

राजनगर, एक सामाजिक-सांस्कृतिक मिडिया संगठन, कूच बिहार को सांस्कृतिक परम्परा लाई पुनर्जीवित गर्न एउटा इनिसिएटिव शुरू गरेको छ। शहरको हेरिटेज फिर्ता ल्याउन संगठनले विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने पहल गरेको छ। पहल को एक भाग को रूप मा शिक्षक दिवस ५ सेप्टेम्बर मा मनाईनेछ। कूच बिहार शहरका सबै शिक्षकहरुलाई यस दिन सम्मानित गरिनेछ। कार्यक्रमको नेतृत्व अभिजित डे भौमिक, अध्यक्ष, तृणमूल कांग्रेस, कूच बिहार सिटी ब्लकले गर्नेछन्। संगठनको तर्फबाट, अंजना डे भौमिकले भने, हामीले कूचबिहार शहरको हेरिटेज र संस्कृति फिर्ता ल्याउन पहल शुरू गरेका छौं। हामी शहर को प्रत्येक वार्ड मा मेधावी मान्छे संग एक समिति गठन गर्नेछौं। उनीहरुको सल्लाह अनुसार, हामी…
Read More
प्रायः १५०० भाजपा समर्थकहरू तृणमूलमा सामेल

प्रायः १५०० भाजपा समर्थकहरू तृणमूलमा सामेल

विधानसभा चुनाउ पश्चात सत्तारूढ़ तृणमूल कङ्ग्रेस अलिपुरद्वार जिल्लाको ५ वटा विधानसभा आसनहरूमा पराजित बन्न परे तापनि सत्तामा भने पूर्ण बहुमतमा तृणमूल सरकारको गठन भएपछि भाजपा नेता अनि समर्थकहरूमा नैराश्य छाएकोले धमाधम भाजपा छोड़ेर तृणमूलमा सामेल हुने क्रम चलिरहेकोबीच अलिपुरद्वार र जलपाइगढी जिल्लामा दिनहुँ तृणमूलमा सामेल कार्यक्रम चलिरहेको देखिन्छ आज यसै क्रममा कालचिनी खण्डको भारत भोटाङ सिमान्त सहर जयगाउँमा एक नम्बर अञ्चलका प्रायः १५०० जति भाजपा औ गोजमुमो समर्थकहरू तृणमूलमा सामेल भएको तृणमूल जयगाउँ एक नम्बर अञ्चल सभापति सुभाष लामाले दाबी गरेका छन् । आज सो सामेल कार्यक्रममा तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा लगायत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, पर्यवेक्षक शम्भू…
Read More
सालेहको सरकारलाई मान्यता दिने सांसदको आग्रह

सालेहको सरकारलाई मान्यता दिने सांसदको आग्रह

अफगानिस्तानका कार्यवाहक राष्ट्रपति अमरुल्लाह सालेह नेतृत्वको सरकारलाई वैधानिक सरकारको मान्यता दिन अमेरिकी सांसदहरूले आग्रह गरेका छन् । अमेरिकी सिनेटमा रिपब्लिकनका लिन्डसे ग्राहम र माइक वाल्ट्जले राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै सालेह र अहमद मसूदको पहिचान गर्नको लागि आह्वान गरेका छन् दुवै जना हाल पञ्जशीरमा तालिबानी प्रतिरोध अभियानको नेतृत्व गरिरहेका छन्। सालेको टिमलाई नै अफगानिस्तान सरकारको वैधानिकता प्रदान गर्न राष्ट्रपति बाइडेनसँग आग्रह गरेका छन् । फ्लोरिडाका वाल्ट्जले एक बयानमा भने, बाइडेन प्रशासनले अफगानिस्तानको संविधान अझै बलियो बनाउन र तालिबानको सत्ता कब्जा अवैध छ भन्ने कुरालाई मान्यता दिनुपर्ने बताएका छन् उनीहरूले पूर्वोत्तर अफगानिस्तानको पञ्जशीर, जुन तालिबानले कब्जा गरेको छैन, उक्त क्षेत्रलाई मानवीय…
Read More
अफगानिस्तान: तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ

अफगानिस्तान: तालिबान र विरोधी फौजबीच पन्जशिर उपत्यकामा भीषण लडाइँ

तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको विवरण आएका छन्। तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन्। तर विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको र तालिबानका सयौँ लडाकु मारिएको दाबी गरेको छ। पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ। अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन्। मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको…
Read More
फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’  नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।
Read More