Editor

5003 Posts
सेभोकको बाघपुलमा विकल्प सेतु निर्माणबारे भाजपा सांसदले झूटो प्रचार गरेको आरोप

सेभोकको बाघपुलमा विकल्प सेतु निर्माणबारे भाजपा सांसदले झूटो प्रचार गरेको आरोप

सेभोकमा बाघपुलको विकल्प सेतु निर्माणबारे भारतीय जनता पार्टीले झूटो प्रचार गरिरहेको आरोप लगाइएको छ। डुवर्स फोरम फर सोसाइटीले सेभोकमा टिस्टा नदीमाथि बाघपुलको विकल्प सेतु निर्माणको माग विगत धेरै दिनदेखि गर्दै आइरहेको छ। सोसाइटीका पक्षमा चन्दन रायले सिलगढ़ीको जर्नलिस्ट क्लबमा आयोजित पत्रकार सम्मेलनमा बाघपुलको विकल्प सेतु निर्माणबारे भाजपाले झूटो प्रचार गरिरहेको आरोप लगाएका हुन् । तिनले नाउँ उल्लेख नगरी दार्जीलिङका भाजपा सांसद राजु विष्ट विरुद्ध यस्तो आरोप लगाएका हुन्। तिनले भने सामाजिक सञ्जाललगायत विभिन्न मीडियामा भाजपाका एकजना जनप्रतिनिधिले सेभोकको कोरोनेशन ब्रजको विकल्प सेतु निर्माणको निम्ति केन्द्र सरकारले एक हजार करोड़ रुपियाँ आवण्टित गरेको दावी गरिरहेका छन् जुन झूटो हो । भाजपाका…
Read More
ईश्वरचन्द्र विद्यासागरको जन्मदिवस पालन

ईश्वरचन्द्र विद्यासागरको जन्मदिवस पालन

विभिन्न कार्यक्रम मार्फत आज ईश्वरचन्द्र विद्यासागरको २०२औँ जन्मदिवस पालन गरिएको छ। सिलगढी जिल्ला अस्पतालपछिको चिल्ड्रेन पार्कस्थित विद्यासागरको मूर्तिमा मुख्य कार्यक्रमको आयोजन गरिएको थियो । नगरनिगमको पक्षबाट चेयरम्यान गौतम देवले आज पार्कको उद्घाटन गरे। यसपछि चेयरम्यान गौतम देव, रञ्जन सरकार, आलोक चक्रवर्तीले विद्यासागरको चरणमा फूलको गुच्छ चढ़ाएर उनीप्रति श्रद्धा जनाए । अर्कोतिर, सीपीएम दार्जीलिङ जिल्ला कमिटीको पक्षबाट पनि वर्णमालाको स्रष्ट्रा, बंगलाको नवजागरण गर्ने विद्यासागर चन्द्र विद्यासागरको जन्मजयन्ती पालन गरियो । सीपीएमको जिल्ला सचिव जीवेश सरकार, पूर्व विधायक अशोक भट्टाचार्यले विद्यासागरको मूर्तिमा फूल चढ़ाएर श्रद्धा जनाए । यसरी नै विधायक शंकर मालाकरलेपनि आइतवार चिल्ड्रेन पार्कस्थित विद्यासागरको मूर्तिमा फूल चढ़ाए। पश्चिम बंगाल विज्ञान…
Read More
किसानहरूको भारत बन्दलाई मायावतीको समर्थन

किसानहरूको भारत बन्दलाई मायावतीको समर्थन

बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले सेप्टेम्बर २७ मा किसान संगठनहरुले आह्वान गरेको 'भारत बन्द' लाई समर्थन गरेकी छिन्। मायावतीले आइतबार एक ट्वीटमा भन्नुभयो, देशका किसानहरु, जो केन्द्रले हतारमा बनाएका तीन कृषि कानूनहरुसंग असहमत छन्, लगभग १० महिनादेखि सम्पूर्ण देश र विशेष गरी दिल्ली वरपरका राज्यहरुमा मागको लागि आन्दोलित छन् । 'भारत बन्द' को शान्तिपूर्ण आचरणको लागि बसपाको समर्थन केन्द्र सरकारलाई सल्लाह दिँदै मायावतीले अर्को ट्वीटमा भनेकी छिन्, किसान समाजप्रति उचित सहानुभूति र संवेदनशीलता देखाएर तीनवटा विवादित कृषि कानून फिर्ता लिन र उचित परामर्श र नयाँ कानूनलाई अगाडि बढाउन केन्द्र सरकारलाई पुनः अपील छ। उनीहरुको सहमति लिनुहोस् ताकि यो समस्याको समाधान…
Read More
भारतीय भ्याक्सिन सर्टिफिकेटमा परिवर्तन

भारतीय भ्याक्सिन सर्टिफिकेटमा परिवर्तन

भारतले कोभिड भ्याक्सिनको प्रमाणपत्रको सम्बन्धमा भारत र ब्रिटेन बीच चलिरहेको वार्ताको बीचमा प्रमाणपत्रमा परिवर्तन गरेको छ। आधिकारिक स्रोतहरुको अनुसार, जो भ्याक्सिनको दुबै खुराक प्राप्त गरिरहेछन् र विदेश यात्रा गर्न इच्छुक छन्। उनीहरुलाई "कोविन प्रमाणपत्र दिइनेछ जसमा पूरा जन्म मिति लेखिएको छ। वर्तमानमा, उमेर र अन्य विवरण कोभिन प्रमाणपत्रमा जन्म वर्षको आधारमा लाभार्थीको लागि लेखिएको छ।। एक आधिकारिक स्रोतले भन्यो, यो निर्णय गरिएको छ कि कोभिनमा एउटा नयाँ 'फीचर' थपिनेछ जस अन्तर्गत भ्याक्सिनको दुबै खुराक प्राप्त गर्ने र विदेश यात्रा गर्न इच्छुक व्यक्तिहरुको व्यक्तिहरुको भ्याक्सिनमा जन्मको पूरा मिति हुनेछ । ब्रिटेनले बुधवार एस्ट्राजेनेका भ्याक्सिनको भारत निर्मित संस्करणलाई आफ्नो अनुमोदित भ्याक्सिन सूचीमा…
Read More
बाइडेनलाई भारत भ्रमणको निम्तो

बाइडेनलाई भारत भ्रमणको निम्तो

प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन् । गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरूका बीचमा पहिलो पटक भौतिक रूपमा भेटवार्ता भएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका आएका •बेला उनीहरूका बीचमा भेटवार्ता भएको हो। प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मक रूपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। उनीहरूका बीचमा पूर्व निर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धिमूलक भएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडे नलाई भारत भ्रमणको निमन्त्रणा…
Read More
मेस्सीको व्यवहारले हकिमी चकित

मेस्सीको व्यवहारले हकिमी चकित

पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित प रेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि क्लब छाडेर मेस्सी हालैमात्र पीएसजीसँग आबद्ध बनेका हुन् । ३४ वर्षीय खेलाडीले २ क्लबसँग दुई वर्षको करार गरेका छन् । हकिमी भने मैदानबाहिर उनको शान्त स्वभाव देखेर चकित छन् । ‘उनीसँग प्राविधिक समझदारी बनाउन सजिलो छ । म उनलाई बल दिन्छु अनि म कुद्छु । उनले जहाँ चाहिन्छ त्यहाँ बल फालिदिन्छन्,’ पीएसजीका फूल ब्याकले भने । उनी पनि यही ट्रान्सफर विन्डोमा पीएसजीमा आबद्ध भएका हुन्, ‘म उनको व्यवहार देखेर निकै चकित भएँ, उनी सामान्य र…
Read More
जन्मदिनअघि जोधपुर पुगे रणबीर–आलिया, के विवाहको योजना हाे त?

जन्मदिनअघि जोधपुर पुगे रणबीर–आलिया, के विवाहको योजना हाे त?

अभिनेता रणबीर कपूर मंगलबार ३९ वर्षको पुग्दैछन्। उनको जन्म सन् १९८२ को सेप्टम्बर २८ मा भएको थियो। आफ्नो ३९ औँ जन्मदिन आउनै लाग्दा रणबीर प्रेमिका आलिया भट्टसँग जोधपुर पुगेका छन्। जोधपुर एयरपोर्टमा उनीहरु साथ हिँडेको देखिएको हाे। उनीहरु आफैले तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्। सन् २०१८ देखि प्रेममा रहेको यो जोडीको जोधपुर यात्रालाई घुमघामका रुपमा मात्रै लिइएको छैन। आलिया भट्ट र रणबीर कपूर योपल्टको जोधपुर यात्रा विवाहको लागि ठाउँ हेर्नका लागि भएकाे अनुमान गरिएको छ। यी दुईको विवाहको चर्चा केही समय अगाडिदेखि बलिउडमा हुने गरेको छ। तर आधिकारीक रुपमा कसैले पनि यस बारेमा बताएका छैनन्। गएकाे वर्ष रणबीर आफ्नो…
Read More
अर्जुन बिजलानी बने ‘खतरों के खिलाडी’ सिजन ११ को विजेता

अर्जुन बिजलानी बने ‘खतरों के खिलाडी’ सिजन ११ को विजेता

चर्चित रियालिटि शो ‘खतरों के खेलाडी–११’ नायक अर्जून बिजलानीले जितेका छन्। आइतबार भएको फिनालेमा अर्जूनले २० लाख भारुसहित कार पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा नायिका दिव्यांका त्रिपाठीले बिजलानीलाई कडा टक्कर दिएकी थिइन्। दिव्यांका यो प्रतियोगीतामा दोस्रो बनिन् भने विशाल आदित्य सिंह तेस्रो भए। दिव्यांकालाई अर्जुनले २० सेकेन्डले मात्र जितेका छन्। यो कार्यक्रमका होस्ट बलिउड निर्देशक रोहित सेट्टी हुन्।
Read More
अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

अफगानिस्तान: तालिबानद्वारा हेलमन्ड प्रान्तमा दाह्री काट्नमा प्रतिबन्ध

तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ। राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्। उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ। तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको थियो। गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ। शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो। दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले…
Read More
मसँग डाह गरेर अनुमति नदिइएको हो : मुख्यमन्त्री

मसँग डाह गरेर अनुमति नदिइएको हो : मुख्यमन्त्री

विदेश मन्त्रालयले मुख्यमन्त्री ममता ब्यानर्जीलाई रोम जाने अनुमति दिएन यसले ममता अनि तृणमूल नेताहरू क्षुब्ध भएका छन् । एउटा गैर सरकारी संगठनको निमन्त्रणमा ममताको ६ अक्टोबर रोम जाने कार्यक्रम थियो विदेश मन्त्रालयका संयुक्त सचिवले शनिवार बंगालको राज्य सचिवालय नवान्न लाई पत्र पठाएर अनुमति नदिइएको जानकारी दिए । यद्यपि कुन कारणले • तिनलाई रोम जाने अनुमति नदिएको भन्ने कुराको खुलासा भएको छैन। रोममा १६ अनि ७ अक्टोबर दुइ दिवसीय अन्तरराष्ट्रिय सम्मेलन आयोजन गरिएको छ, जसमा पोप अनि जर्मनीकी चान्सलर एजेला मर्केललाई पनि आमन्त्रित गरिएको छ। - केन्द्र सरकारले रोम जाने अनुमति नदिएकोमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी क्षुब्ध भइन् केन्द्रको नरेन्द्र मोदी…
Read More