ईश्वरचन्द्र विद्यासागरको जन्मदिवस पालन

विभिन्न कार्यक्रम मार्फत आज ईश्वरचन्द्र विद्यासागरको २०२औँ जन्मदिवस पालन गरिएको छ। सिलगढी जिल्ला अस्पतालपछिको चिल्ड्रेन पार्कस्थित विद्यासागरको मूर्तिमा मुख्य कार्यक्रमको आयोजन गरिएको थियो । नगरनिगमको पक्षबाट चेयरम्यान गौतम देवले आज पार्कको उद्घाटन गरे।

यसपछि चेयरम्यान गौतम देव, रञ्जन सरकार, आलोक चक्रवर्तीले विद्यासागरको चरणमा फूलको गुच्छ चढ़ाएर उनीप्रति श्रद्धा जनाए । अर्कोतिर, सीपीएम दार्जीलिङ जिल्ला कमिटीको पक्षबाट पनि वर्णमालाको स्रष्ट्रा, बंगलाको नवजागरण गर्ने विद्यासागर चन्द्र विद्यासागरको जन्मजयन्ती पालन गरियो । सीपीएमको जिल्ला सचिव जीवेश सरकार, पूर्व विधायक अशोक भट्टाचार्यले विद्यासागरको मूर्तिमा फूल चढ़ाएर श्रद्धा जनाए ।

यसरी नै विधायक शंकर मालाकरलेपनि आइतवार चिल्ड्रेन पार्कस्थित विद्यासागरको मूर्तिमा फूल चढ़ाए। पश्चिम बंगाल विज्ञान मञ्च, दार्जीलिङ जिल्ला कमिटीको पक्षबाट आइतवार देशबन्धु पाड़ाको उमा बसु भवनमा विद्यासागरको जन्म जयन्ती पालन गयो । यहाँ विद्यासागरको प्रतिकृतिमा विज्ञान मञ्चको राज्य कमिटीको सहसचिव शंकर कर र डा. प्रवीर पाण्डाले फूलको गुच्छ चढ़ाएर ईश्वरचन्द्रप्रति श्रद्धा अर्पित गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *