Editor

5003 Posts
प्रियंका चोपडाको इन्गेजमेन्टको औंठीको मूल्यमा किन्न सकिन्छ आलीशान घर

प्रियंका चोपडाको इन्गेजमेन्टको औंठीको मूल्यमा किन्न सकिन्छ आलीशान घर

अभिनेत्री प्रियंका चोपडाको विवाह कति शानदार तरिकाले भएको थियो, यो त सबैलाई थाहा छ । विवाहको पहिरनदेखि औंठीसम्म प्रियंकाले निकै महँगा सामान लगाएकी थिइन् । हालै एक अन्तरवार्तामा प्रियंकाले उनको इन्गेजमेन्ट गर्दाको औंठीको मूल्य २.१ करोड भारु भएको बताएकी थिइन् । अन्तरवार्तामा प्रियंकालाई उनको सबैभन्दा मूल्यवान गहना कुन हो भनेर सोधिएको थियो । प्रश्नमा जवाफ दिने बेलामा उनले हाँस्दै भनेकी थिइन्, ‘यदि मैले मेरो इन्गेजमेन्टको औंठीको नाम लिइनँ भने मेरा श्रीमान् निक जोनसले मलाई मार्नेछन् । हुन त यो औंठीसँग मेरा थुप्रै याद जोडिएका छन्, त्यसैले पनि म यसैको नाम लिन चाहन्छु ।’ रिपोर्टका अनुसार निक जोनसले आफ्ना साथीको मद्दतले प्रियंकाका…
Read More
बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

बंगलादेशमा हिन्दू समुदायका पहिलाे पूर्वप्रधानन्यायाधीशलाई ११ वर्ष जेल सजाय

बंगलादेशको एक अदालतले पूर्वप्रधानन्यायाधीशलाई दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हलाइ दोषी ठहर गरेको हो । सिन्ह्वा वंगलादेशको अल्पसंख्यक हिन्दू समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए । सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ । राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्ह्वा हाल क्यानडामा बस्छन् । ७० वर्षीय सिन्ह्वाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा…
Read More
रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर

रोहितको कप्तानीमा भारतीय टोली घोषणा, विराटलगायत खेलाडी टिमबाहिर

न्युजिल्याण्डविरुद्ध हुने  टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा गरिएको छ। नोभेम्बर १७ बाट सुरु हुने सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टिम घोषणा गरिएको हो। विराट कोहलीले कप्तान छाडेपछि अब रोहितले  टी–२० टिमको नेतृत्व गर्ने भारतीय क्रिकेट बोर्डले जनाएको छ। न्युजिल्याण्डविरुद्धको खेलमा विश्वकप खेलेका विराटसहित तीन खेलाडी टिममा समावेश छैनन्।  आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेका केही खेलाडीले भारतीय टिममा मौका पाएका छन्। न्युजिल्याण्डविरुद्धको टिममा केएल राहुल उपकप्तान रहनेछन्। ऋतुराज गायकवडाय, श्रेयस अइयर, सुर्यकुमार यादव, ऋषभ पन्त, इशान किशन, वेन्कटेश अय्यर, युजभेन्द्र चहल, रविचन्द्रन आश्विन, अक्षर पटेल, आवेश खान, भुवनेश्वर कुमार, दिपक चाहर, हर्षल पटेल, मोहम्मद सिराज टिममा छन्। कोहलीसहित जसप्रीत बुमराह र रवीन्द्र…
Read More
नोबेल पुरस्कार विजेता मलाला दाम्पत्य जीवन सुरु गर्दै,

नोबेल पुरस्कार विजेता मलाला दाम्पत्य जीवन सुरु गर्दै,

नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्। उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति जनाएका थिए। कानुनी हैसियत नहुने भए तापनि ईश्लामिक विवाहमा निकाहलाई पहिलो कदम मानिन्छ। २४ वर्षीय यी अभियानकर्मीले त्यसलाई आफ्नो जीवनकै 'एउटा मूल्यवान् दिन' बताइन्। मलाला र कैलाशलाई नोबेल शान्ति पुरस्कार आफूलाई गोली हानिएको नगरमा मलाला सन् २०१२ मा तालिबानको गोली हमलामा परेपछि पाकिस्तानी महिला अधिकारवादी मलालाले इङ्ग्ल्याण्डको वेस मिडल्याण्ड्स क्षेत्रमा शरण पाएकी थिइन्। मलालाले के भनिन्? मङ्गलवार उनले एउटा ट्विट गर्दै असेर र आफू जीवनभरका लागि दम्पती भएको बताएकी थिइन्। उनले लेखेकी थिइन्, "अगाडिको यात्राका…
Read More
एचडीएफसी लाइफ को संचय फिक्स्ड म्याच्योरिटी प्लान

एचडीएफसी लाइफ को संचय फिक्स्ड म्याच्योरिटी प्लान

यो दिवालीमा, एचडीएफसी लाइफ ले नयाँ-युग को, सुविधा-प्याक उत्पादन, एचडीएफसी लाइफ संचय फिक्स्ड म्याच्योरिटी प्लान प्रदान गर्दैछ। योजना एक गैर-लिंक गरिएको, गैर-सहभागिता, व्यक्तिगत बचत योजना हो, जसलाई एकमुष्ठ लाभको रूपमा ग्यारेन्टी प्रतिफल प्रदान गर्न र निश्चित वित्तीय लक्ष्यहरूको उपलब्धिको ग्यारेन्टी गर्न डिजाइन गरिएको हो। एचडीएफसी लाइफ संचय फिक्स्ड म्याच्योरिटी प्लानले व्यक्तिहरूलाई एकल तलब, सीमित तलब वा नियमित भुक्तानी विकल्पहरू बीच छनौट गर्न लचिलोपन प्रदान गर्दछ। यस योजनामा ​​५०० भन्दा बढी प्रिमियम भुक्तानी अवधि र नीति अवधि संयोजनहरू उपलब्ध छन् जसले ग्राहकहरूलाई उनीहरूको लक्ष्यहरूसँग नीति अवधि पङ्क्तिबद्ध गर्न सक्षम बनाउँछ। ग्राहकहरूले यो योजना एक्लै वा संयुक्त रूपमा खरिद गर्न सक्छन् र…
Read More
एक्सनमोबिल ले ३ ओलम्पियनहरूसँग ब्रान्ड एम्बेसडर एसोसिएसन नवीकरण गरेको छ

एक्सनमोबिल ले ३ ओलम्पियनहरूसँग ब्रान्ड एम्बेसडर एसोसिएसन नवीकरण गरेको छ

एक्सनमोबिल लुब्रिकेन्ट्स प्राइवेट लिमिटेड ले टोकियो ओलम्पिक पदक विजेताहरू - नीरज चोपडा, मीराबाई चानु र बजरंग पुनिया सित मोबिल इन्डियाका लागि आफ्नो ब्रान्ड एम्बेसडर एसोसिएशनको नवीकरणको घोषणा गर्‍यो। कम्पनीका शीर्ष रिटेलर्सहरूको उपस्थितिमा नयाँ दिल्लीमा एक भव्य अभिनन्दन समारोहमा घोषणा गरिएको थियो। टोकियो २०२० भारतको सबैभन्दा सफल ओलम्पिक अभियान थियो जसमा सात पदकहरू जितियो। जबकि नीरज चोपडा पहिलो ट्र्याक र फिल्ड एथलीट र व्यक्तिगत स्वर्ण पदक जित्ने दोस्रो भारतीय बने, मीराबाई चानु रजत पदक जित्ने पहिलो भारतीय भारोत्तोलक हुन्। कार्यक्रममा कांस्य पदक जितेका बजरंग पुनिया विश्व कुस्ती च्याम्पियनसिपमा तीन पदक जित्ने एक मात्र भारतीय कुस्ती खेलाडी हुन्। यी खेलाडीहरू बीचको साझा…
Read More
अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

अफगानिस्तानका नयाँ शासकहरूले बालिका र किशोरीहरूलाई 'उनीहरूकै सुरक्षाका लागि' भन्दै विगत तीन महिनायता विद्यालय नगई घरमै बस्न भनेका छन्।उनीहरूले त्यस्तो प्रतिबन्ध अस्थायी भन्दै आएका छन् तर समाधान देखा परेको छैन। यस्तैमा विदेशमा बस्ने एक अफगान शिक्षिकाले प्रवासबाटै केही गर्ने निर्णय गरिन्। अनलाइन विद्यालय सञ्चालन गर्न थालेको केही साताभित्रै एन्जेला गायुरले झन्डै १,००० विद्यार्थीलाई समेटिन्। त्यसमा ४०० भन्दा बढी स्वयंसेवी शिक्षकहरू आबद्ध छन्। बालबालिकाकाको सुरक्षाका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ , अफगानिस्तानमा तालिबानले सात वर्षमाथिका बालिकाहरू विद्यालय जान नपाउने भनेर घोषणा गरेयता नसरिन र उनका अरू चार दिदीबहिनी घरमै बसेर पढ्न सक्दो गरिरहेका छन्। तर यसरी पढ्नका लागि खासगरी विश्वविद्यालयमा…
Read More
सानिया मिर्जाले श्रीमान् शोएब मलिकका लागि बजाइन् ताली, सोसल मिडियामा हंगामा

सानिया मिर्जाले श्रीमान् शोएब मलिकका लागि बजाइन् ताली, सोसल मिडियामा हंगामा

टी२० क्रिकेट विश्वकपको सेमिफाइनल खेल हेर्नेमा सानिया मिर्जा एक्ली भारतीय हुन् वा होइनन् यो त सटिक रुपमा भन्न सकिँदैन तर सोसल मिडियामा चलिरहेको यो हल्लाखल्लाको आफ्नै कारण छ ।वास्तवमा नामिबियासँग आफ्नो अन्तिम प्रतिस्पर्धा खेलिरहेको भारतमाथि यो खेलको नतिजाको कुनै असर पर्नेवाला छैन र सेमिफाइनल म्याचमा स्थान बनाउने टिमबारे पहिल्यै घोषणा भइसकेको छ । इङ्गल्याण्ड, न्यूजिल्याण्ड, पाकिस्तान र अष्ट्रेलिया यो दौडमा भारतभन्दा अघि रहे र कप्तान विराट कोहलीको समूह निकै अघि नै रेसबाट बाहिरिसकेको छ । सोनिया मिर्जामाथि चलिरहेको बहसबारे कुरा गरौं । सानिया मिर्जाका श्रीमान् शोएब मलिकले आइतबार स्कटल्याण्डविरुद्ध १८ बलमा ५४ रनको बिस्फोटक पारी खेले र उक्त खेललाई सानिया…
Read More
सडकको किनारामा सुन्तला बेच्नेले पाए पद्मश्री, प्रभावित अनुष्का शर्माले गरिन् तारिफ

सडकको किनारामा सुन्तला बेच्नेले पाए पद्मश्री, प्रभावित अनुष्का शर्माले गरिन् तारिफ

बलिउड नायिका अनुष्का शर्माले फिल्मबाट केही समयको दुरी बनाएता पनि सोसल मिडियामा भने उनी राम्रै सक्रिय हुन्छिन् । अनुष्का पछिल्लो समयमा आफ्नो इन्स्टामा स्टोरी र तस्बिर सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान गरिरहन्छिन् । केही दिन अघि मात्रै अनुष्काले प्रशंसकका लागि एउटा विशेष पोस्ट आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जुन निकै प्रेरणादायी छ । यो पोस्टअघि अनुष्का आफ्नो मर्निङ रिचुअल अर्थात् गुड मर्निङ फोटो अपलोड गर्न बिर्सिन्नन् । अनुष्काले एक फलफूल विक्रेताको पद्मश्रीसम्मकामे यात्रालाई आफ्नो स्टोरीमा सेयर गरेकी छिन् । अनुष्काको यो पोस्टमा ६८ वर्षका फलफूल विक्रेता हरिकला हजब्बा राष्ट्रपति रामनाथ कोबिन्दसँग पद्मश्री अवार्ड लिइरहेको देखिएका छन् । ६८ वर्षकी हरिकला…
Read More
चीनले सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तान पुर्‍यो

चीनले सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तान पुर्‍यो

चीनले पहिलोपटक सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत पाकिस्तान पुर्‍याएको छ। दुई देशबीचको मित्रतालाई विशेष बनाउन चीनले योगदान स्वरुप सोमबार सो युद्धपोत पाकिस्तान पुर्‍याएको हो। दुई देशबीचको मित्रतालाई विशेष बनाउनुका साथै सबै मौसमी रणनीतिक साँझेदारीलाई मजबुत बनाउने उदेश्यले चीनले पाकिस्तानलाई सो युद्धपोत दिएको ग्लोबल टाइम्समा खबर छ । चीनको सिपविल्डिङ कोपरेसन लिमिटेड (सिएसएससी)ले डिजाइन र निर्माण गरेको सो युद्धपोत सोमबार पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरेको बताइएको छ ।  चीनको साङ्घाइ राज्यस्थित सो युद्धपोतको सोमबार उद्घाटन गरिएको छ। चीन सरकारले सो युद्धपोत पाकिस्तानी नौसेनाको लागि निर्माण गरेको बताइएको छ । पाकिस्तानी नौसेनाले विज्ञप्ति जारी गर्दै चीनले दिएको टाइप ०५४ ए/ पि युद्धपोतको पिएनएस सुघ्रिल नामांकरण…
Read More