Editor

5003 Posts
भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० जना संक्रमणपछि निको भइसकेका छन्। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। देशका ८ जिल्लामा साप्ताहिक पोजिटिभ दर १० प्रतिशतभन्दा बढी रहेको उनले बताए। तीमध्ये मिजोरमका ६ जिल्ला छन्। एउटा जिल्ला अरुणाचल प्रदेशको हो। यसमा पश्चिम बंगालको कोलकाता शहर पनि समावेश छ। अग्रवालले देशका १४ जिल्लामा साप्ताहिक पोजिटिभ दर ५ देखि १० प्रतिशत रहेको बताए । देशको ९० प्रतिशत वयस्क जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज…
Read More
‘मुस्लिमको सामूहिक नरसंहारको आह्वान गरेर गृहयुद्ध सुरु गर्न खोजिँदै छ’

‘मुस्लिमको सामूहिक नरसंहारको आह्वान गरेर गृहयुद्ध सुरु गर्न खोजिँदै छ’

बलिउड अभिनेता नसीरुद्दीन शाहको एउटा पछिल्लो अभिव्यक्ति निकै चर्चामा आएको छ । उनले मुस्लिमहरूको सामूहिक नरसंहारको आह्वान गर्ने कथित 'हिन्दु धर्म गुरुहरू'ले गृहयुद्ध सुरु गर्न चाहेको टिप्पणी गरेका छन् । उत्तराखण्डको हरिद्धारमा १७ देखि १९ डिसेम्बरसम्म हिन्दुवादी नेता तथा कट्टरपन्थीहरूले 'धर्म संसद्'को आयोजना गरेका थिए । जहाँ मुस्लिम तथा अल्पसंख्यक समुदायमाथि घृणायुक्त भाषण दिइएको थियो । यतिसम्म कि उनीहरूको सामूहिक नरसंहार गर्न आह्वान गरिएको थियो । सोहीबारे टिप्पणी गर्दै अभिनेता नसीरुद्दीनले उनीहरूले गृहयुद्धको आह्वान गरेको बताएका हुन् । उनले आवश्यक परे आफूहरू लड्न तयार रहेको पनि बताएका छन् । “उनीहरूको बोलेको सुनेर म छक्क परेको छु । उनीहरू गृहयुद्धका लागि अपील गरिरहेका छन् । हामी २० करोड मानिस यति सजिलै…
Read More
भारत-चीन तनावबीच चिनियाँ सञ्चारमाध्यमले भारतलाई के सुझाव दिए

भारत-चीन तनावबीच चिनियाँ सञ्चारमाध्यमले भारतलाई के सुझाव दिए

भारत र चीनबीच पूर्वी लद्दाखमा लाइन अफ कन्ट्रोल (एलओसी) अर्थात् वास्तविक नियन्त्रण रेखामा जारी विवाद समाधान गर्नका लागि भएको वरिष्ठ सैन्य कमान्डर स्तरको अघिल्लो वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो। यो बैठकपछि चीन एलओसीमा पूर्ववत् अवस्थामा फर्कन तयार नरहेको भारतले बताएको थियो। हाल पूर्वी लद्दाखको एलओसीमा दुवै देशबीच हट स्प्रीङ्ग्स, डेप्साङ्ग बल्ज र चार्डिङ्ग नाला जङ्कसनबारे विवाद छ। उता चीनले जारी गरेको बयानमा भारतले अनुचित माग उठाएका कारण समस्या देखिएको जनाइएको थियो। चीनले भारतलाई कुनै पनि परिस्थितिको गलत आकलन नगर्न भनेको थियो। ग्लोबल टाइम्स पत्रिकाको चिनियाँ संस्करणले भारतले दुई देशबीच सैन्य कमान्डर स्तरको १४औँ वार्ता प्रस्ताव गरेको उल्लेख गरेको छ। ग्लोबल टाइम्सको…
Read More
रणवीर-आलिया भोलिबाट ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

रणवीर-आलिया भोलिबाट ‘रकी और रानीकी प्रेम कहानी’को सुटिङमा

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट भोलिबाट नयाँ चलचित्रको सुटिङमा व्यस्त हुनेछन्। चलचित्रको नाम हो- 'रकी और रानीकी प्रेम कहानी'। चलचित्र पछिल्लो समय खुबै चर्चामा छ। भारतको गोरेगाउँ फिल्म सिटीमा छायांकन हुन गइरहेको चलचित्रका लागि दुवै कलाकारको १२ दिनको सेड्युल मागिएको छ। यसबीच गीत र केही सिनको छायांकन हुनेछ। करण जोहरको निर्देशनमा बन्न लागेको चलचित्र यसअघि १० जनवरीमा कोरोनाको बढ्दो सङ्क्रमणका कारण सुटिङ रोकिएको थियो।चलचित्रमा रणवीर-आलियासँगै पुराना नायक धर्मेन्द्र, नायिका जया बच्चन, शबाना आजमीलगायत मुख्य भूमिकामा छन्। चलचित्र फेब्रुअरी २०२३ मा रिलिज हुने बताइएको छ।
Read More
एजीएल ले गुजरातमा विश्वको सबैभन्दा ठूलो टाईल्स शोरुमको योजना बनाएको छ

एजीएल ले गुजरातमा विश्वको सबैभन्दा ठूलो टाईल्स शोरुमको योजना बनाएको छ

एशियन ग्रैनिटो इंडिया लिमिटेड ले भारतको टाईल्स हब - मोरबी, गुजरातमा विश्वको सबैभन्दा ठूलो टाइल्स शोरुम सुरु गर्ने योजना बनाएको छ। यो शोरुम १.५ लाख वर्ग फिट क्षेत्रफलमा परिकल्पना गरिएको छ र एजीएल समूहको उत्पादन, प्राविधिक उत्कृष्टतालाई एकै ठाउँमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
Read More
टाटा एआईए लाइफले एच१ एफवाई२२  को लागि यसको रिजल्ट घोषणा गर्‍यो

टाटा एआईए लाइफले एच१ एफवाई२२ को लागि यसको रिजल्ट घोषणा गर्‍यो

टाटा एआईए लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (टाटा एआईए लाइफ) ले एच१ एफवाई२२ को नतिजा घोषणा गरेको छ। बीमाकर्ताले एच१ एफवाई२२ मा रु १५९३ करोडको आईडब्लुएनबीपी आय दर्ता गर्‍यो, जो एच१ एफवाई२१ मा कमाएको रु १२८० करोडको तुलनामा २४.५% को बलियो वृद्धि हो। क्यु२ एफवाई२२ को लागि, आईडब्लुएनबीपी वृद्धि क्यु२ एफवाई२१ (रु ७४१ करोड) भन्दा ३९% वृद्धि (रु १०२७ करोड) मा अझ राम्रो थियो। कम्पनीले जीवन बीमा सुरक्षा प्रदायकको रूपमा आफ्नो फोकस र पूर्वप्रख्यातता कायम राख्दै आएको छ। सेप्टेम्बर २०२१ को लागि, यसले देशमा निजी जीवन बीमाकर्ताहरू बीचको सबैभन्दा उच्च रिटेल सम असुवर्ड दर्ता गर्यो। कुल प्रिमियम आम्दानी चालू आर्थिक वर्षको…
Read More
अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस…
Read More
साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

साहिद कपुरको ‘जर्सी’शुक्रबार रिलिज नहुने, ‘आरआरआर’ के होला ?

यही शुक्रबार रिलिज हुन लागेको ‘जर्सी’ ओम्रिकोनको कारण देखाउँदै रोकिएको छ । फिल्म ३१ डिसेम्बरमा रिलिज हुन लागेको थियो । दक्षिण भारतीय फिल्मको रिमेकमा साहिद कपुर र मुर्नाल ठाकुरको मुख्य भूमिका रहेको थियो । यो फिल्म नेपालमा समेत रिलिज हुन तयार थियो । मल्टिप्लेक्सले यो फिल्मलाई ‘कमिङ सुन’को सूचिमा राखेका थिए । यो फिल्मलाई एबी इन्टरनेसनलले नेपालको वितरण अधिकार लिएको थियो ।  भारतमा ओम्रिकोन बढेको बन्दै महाराष्ट्रमा रात्रिकालीन निषेधाज्ञा सुरु भएको थियो । यसैका कारण अघिल्लो हप्ता रिलिज भएको ‘८३’को व्यापारमा पनि असर गरेको व्यापार विश्लेषकको अनुमान थियो । निर्माताले परिस्थिति हेरेर चाँडै नयाँ मिति सार्वजनिक गर्ने बताएका छन् ।  ‘सूर्यवंशी’को व्यापारसँगै…
Read More
कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि 'येलो अलर्ट' भनिने चेतावनी जारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो। लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्। दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ। चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको…
Read More
छत्तीसगढ र तेलंगानाको सीमामा प्रहरी कारबाहीमा ६ माओवादी मारिए

छत्तीसगढ र तेलंगानाको सीमामा प्रहरी कारबाहीमा ६ माओवादी मारिए

भारतको छत्तीसगढ र तेलंगानाको सीमामा दुई राज्यको संयुक्त अभियानका क्रममा ६ माओवादी मारिएका छन्। भारतीय प्रहरीका अनुसार यस इलाकामा अहिले पनि कारबाही जारी छ र प्रहरीले मृतकको संख्या बढ्ने आशंका जनाएको छ। तर, मारिएकाहरु माओवादी हुन् या होइन् भन्ने यसको स्वतन्त्र रूपमा पुष्टि भएको छैन। बस्तर रेन्जका  प्रहरी आईजी  सुन्दरराज पीले भने, 'तेलंगानाको ग्रे-हाउण्ड दस्ताका साथ मिलेर छत्तीसगढको डिस्ट्रिक्ट रिजर्व प्रहरी  र सीआरपीएफले माओवादी विरुद्ध विशेष अप्रेशन चलाएको थियो। यसक क्रममा सोमबार भएको भिडन्तमा ठूलो संख्यामा माओवादी मारिएका र  घाइते भएका छन्।'  प्रहरीका अनुसार छत्तीसगढको सुकमा जिल्लाको किस्ताराम क्षेत्रमा ४०-५० जना माओवादी उपस्थितको सूचना पाइएपछि  एक दिन पहलाबाट संयुक्त अप्रेसनको योजना बनाइएको…
Read More