Editor

5003 Posts
‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

‘स्पाइडरम्यान’लाई तीन सातामा नेपालमा सात करोड ग्रस

हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले तीन सातामा नेपाली बक्सअफिसमा झन्डै ६ करोड ९० लाख ग्रस कमाइ गरेको छ । महामारीयता कुनैपनि फिल्मले नेपाली बक्सअफिसमा गरेको यो सर्वाधिक कमाइ हो । एप्पल इन्टरटेनमेन्टका अनुसार यो सप्ताहन्तमा फिल्मको कूल कमाइ ७ करोड ग्रस पुग्न सक्छ । टम हल्यान्ड स्टारर फिल्मले सुरुआती दुई सातामा उछाल कमाइ गरेको थियो । कोरोना महामारीले थलिएको नेपाली फिल्म बक्सअफिसलाई स्पाइडरम्यानले चलायमान बनाइदिएको थियो । क्यूएफएक्ससहित मुलुकका प्रमुख सहरका मल्टिप्लेक्समा थ्रीडी प्रविधिमा रिलिज भएको फिल्मलाई दोहो¥याएर हेर्ने दर्शक बढेका छन् । दक्षिण भारतीय फिल्म पुष्पाले पनि नेपाली बक्सअफिसमा आक्रामक कमाइ गरेको छ । स्पाइडरम्यान र पुष्पाले…
Read More
अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ। फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ।  यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ। प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीः अब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सुरु गर्नुहुन्छ?अहिले केही दिन आराम गर्न चाहन्छु। एक डेढ महिना कतै घुम्न जाने योजना छ। त्यसपछि 'पुष्पा २' को शुटिङ सुरु गर्छौँ।  यस्ता फिल्ममा पहिलोमा भन्दा दर्शकको अपेक्षा दोस्रो भागमा बढी रहने…
Read More
दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

दीपिका पादुकोणको कोरोना अनुभव : त्यसले तपाईंको शरीर र दिमाग दुवैलाई असर पार्छ

बलिउड अभिनेत्री दीपिका पादुकोणले कोरोना भाइरससँग लड्नुपर्दाको अनुभव सुनाएकी छन्। अभिनेत्री पादुकोण कोरोना संक्रमण भएर हालै निको भएकी हुन्। यसै विषयमा एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘त्यो समय निकै नराम्रो रह्यो। कोरोनाका कारण मेरो सौन्दर्य पनि बिग्रिएको थियो। त्यो मेरो र परिवारका लागि धेरै कठिन समय थियो।  कोरोनाको दोस्रो लहरमा अभिनेत्री दीपिकासँगै उनकी बहिनी र आमा–बुवासमेत संक्रमणमा परेका थिए।  ‘पहिलो लकडाउनले बाँच्न सिकायो’ अन्तर्वार्तामा दीपिकाले भनिन्, ‘पहिलो लकडाउन एकदमै फरक थियो, किनभने हामी सबैले यो कस्तो प्रकारको भाइरस हो, हामी लकडाउनमा कसरी बाँच्ने र कसरी जीवन जिउने भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका थियौं। हामी त्यहीअनुसार आफ्नो जीवनशैली परिवर्तन गरिरहेका थियौं।…
Read More
भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेको छ। भारतीय स्वास्थ्य मन्त्रालयलका अनुसार भारतमा ३ हजार ७१ जनामा ओमिक्रोन संक्रमण भएको छ। जसमध्ये १ हजार २०३ जना संक्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म २७ प्रदेश राज्यमा ओमिक्रोन फेला परेको छ।  सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन पाइएको छ भने त्यसपछि दिल्लीमा ५१३ जनामा संक्रमण फेला परेको छ। छ। 
Read More
ज़ूपी- जियो स्ट्रेटेजिक पार्टनरशिप

ज़ूपी- जियो स्ट्रेटेजिक पार्टनरशिप

ज़ूपी, भारतको सबैभन्दा ठूलो स्किल-बेस्ड क्याजुअल गेमिङ कम्पनीले जियो प्लेटफॉर्म्स लिमिटेड सँग आफ्नो किसिमको पहिलो रणनीतिक साझेदारीको घोषणा गरेको छ। यसले भविष्यमा तयार पारिस्थितिक प्रणालीमा उत्पादन एकीकरण र प्रयोगकर्ता संलग्नता र डेलिभरीमा बलियो तालमेल आवश्यक हुनेछ जसले 450 मिलियन प्रयोगकर्ताहरूलाई फाइदा पुर्‍याउँछ।
Read More
आईसीआईसीआई प्रु आईप्रोटेक्ट रिटर्न अफ प्रिमियम

आईसीआईसीआई प्रु आईप्रोटेक्ट रिटर्न अफ प्रिमियम

आईसीआईसीआई प्रुडेन्सियल लाइफ इन्स्योरेन्सले एक अभिनव अवधि बीमा उत्पादन 'आईसीआईसीआई प्रु आईप्रोटेक्ट रिटर्न अफ प्रिमियम' लञ्च गरेको छ जसले जीवन-स्तरमा आधारित कभर प्रदान गर्ने ग्राहक-केन्द्रित प्रस्ताव जसमा ग्राहकको जीवन चरणहरूमा आधारित जीवन कभरको मात्रा स्वचालित रूपमा समायोजित हुन्छ। आईसीआईसीआई प्रु आईप्रोटेक्ट रिटर्न अफ प्रिमियमले सरभाइबलको लागि भुक्तान गरिएका सबै प्रिमियमहरूको १०५% फिर्ता प्रदान गर्दछ, साथै ६४ गम्भीर रोगहरू विरुद्ध कभर पनि प्रदान गर्दछ, जुन उद्योगमा सबैभन्दा उच्च रहेको छ। यसले दुई भेरियन्टहरू प्रदान गर्दछ - लाइफ स्टेज कभर र लेभल कभर। लाइफ-स्टेज कभर त्यस ग्राहकहरूको लागि उपयुक्त छ जसले आफ्नो जीवनका चरणहरूमा पर्याप्त जीवन कभर खोज्छन्। साथै, यसले ग्राहकहरूलाई ६०…
Read More
कोविसेल्फ टेस्ट किटको माग बढेको छ

कोविसेल्फ टेस्ट किटको माग बढेको छ

मायलैब द्वारा भारतको पहिलो स्व-परीक्षण एन्टिजेन परीक्षण किट कोविसेल्फ को माग पछिल्ला केही हप्ताहरूमा मागमा अचानक उछाल देखियो। यो एक सहज, प्रयोग गर्न सजिलो र सटीक परीक्षण विधि हो र यसले ओमिक्रोन लगायत कोरोनाभाइरसका प्रमुख भेरियन्टहरू पत्ता लगाउन सक्छ।
Read More
सनी लियोनीले आफूलाई किन ठान्छिन् बुद्धु

सनी लियोनीले आफूलाई किन ठान्छिन् बुद्धु

सनी लियोनीले छोटो समयमै बलिउड क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भएकी छन् । मुख्य भूमिकामा थोरै देखिएपछि विशेष गीतका माध्यमबाट उनले फ्यानहरूको मन जितेकी छन् । यसैबीच गीतको प्रचारका लागि कपिल शर्मा शो पुगेकी उनले आफ्नो विभिन्न खुलासाहरू गरेकी छन् ।  गायक मीका सिंहले कपिल शर्मासँग कुराकानीका बेला सनी लियोनीको प्रशंसा गरेका थिए ।  ‘जब म सनीको साथमा विश्व भ्रमणमा थिएँ, त्यसबेला एक प्रतिशत पनि अहंकार, नखरा देखिनँ, उनी समयमै आउँथिन्,’ उनले भने ।  मीका सिंहबाट प्रशंसा सुनेपछि सनीले ठूला स्टारहरू सेटमा ढिलो पुग्ने विषयलाई मजाक बनाउँदै भनिन्, ‘यो इन्डस्ट्रीमा म मात्रै बुद्धु छु किनकि म समयमै पुग्छु ।’ उनको…
Read More
काजकिस्तानमा अशान्ति चर्कियो, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन

काजकिस्तानमा अशान्ति चर्कियो, चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन

काजकिस्तानका अधिनायकवादी नेताले चेतावनी बिनै गोली चलाउन सेनालाई निर्देशन दिएका छन्। इन्धनको मूल्यवूद्धिको विरोधमा जारी हिंसात्मक प्रदर्शनीको छैटौं दिन त्यहाँका नेताले सेनालाई सो निर्देशन दिएका हुन्।  प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेको खण्डमा सेनालाई गोली चलाउन निर्देशन दिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। त्यहाँका अधिनायकवादी नेताको सो निर्देशनपछि शुक्रबार सबैभन्दा बढी प्रदर्शनकारी रहेको काजकिस्तानको ठूलो सहर अल्माटीमा अशान्ति छाएको बताइएको छ।  काजकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायिभले अल्माटी सहरमा करिब २० हजारभन्दा बढी प्रदर्शनकारीले आक्रमण गरेको बताएका छन्। राष्ट्रपतिले प्रर्दशनकारीहरुलाई आतंकवादीको संज्ञा दिएका छन्। उनले प्रर्दशनमा उत्रिएकाहरुलाई विदेशी आतंककारीहरुद्वारा प्रशिक्षित प्रर्दशनकारीहरुले नेतृत्व लिएको आरोपसमेत लगाएका छन्। काजकिस्तानको आन्तरिक मामला मन्त्रालयकाअनुसार सरकारविरोधी हिंसात्मक प्रदर्शनमा २६ हतियारधारी अपराधीसहित १८…
Read More
अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री मिमी चक्रवर्ती कोरोना संक्रमित

अभिनेत्री तथा टीएमसी सांसद मिमी चक्रवर्ती कोरोना संक्रमित भएकी छन् । आफु कारोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । ‘म निकै सावधानी अपनाइरहेकी थिए । तर पनि कोरोना संक्रमित भएकी छु’ उनले अगाडि लेखेकी छन् ‘पछिल्लो केही दिनयता म घरबाट बाहिर निस्किएकी छैन । पब्लिकसँग  भेटेकी पनि छैन ।’ आफु डाक्टरको रेखदेख र होम आइसोलेशनमा रहेको समेत बताएकी खुलाएकी छन् । भनिन् ‘सुरक्षित रहन र माक्स लगाउन सबैलाई अनुरोध गर्दछु ।’ बलिउडमा पछिल्लो समय थुप्रै सेलिब्रेटी कोरोना संक्रमित भएका छन् । जसमा अभिनेता अर्जुन कपुर, करिना कपुर, सीमा खान, महेश बाबु, शनाया कपुरलगायत रहेका छन् । 
Read More