Editor

5003 Posts
भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका संक्रमितरहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ।   भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन्। गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ।  सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण…
Read More
लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण उनलाई मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भर्ना गरिएको थियो। यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो।
Read More
सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा

सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा

दक्षिण भारतीय फिल्म स्टार नागा चैतन्य र उनकी अभिनेत्री पत्नी सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे । यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन । नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा बोलेका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम…
Read More
‘ड्रिंक पार्टी’का कारण बेलायती प्रधानमन्त्रीलाई पदबाट हट्न दबाब

‘ड्रिंक पार्टी’का कारण बेलायती प्रधानमन्त्रीलाई पदबाट हट्न दबाब

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको बेला आयोजित ‘डिं«क पार्टी’मा सहभागिता जनाएको स्वीकार गरेपछि उनीमाथि पद त्याग्न दबाब बढेको छ । डाउनिङ स्ट्रिट गार्डेनमा सन् २०२० मा १०० जनालाई आफ्नो मदिरा आफैँ ल्याउने गरी सो पार्टीमा सरिक हुन आमन्त्रण गरिएको थियो । जसमा ५० प्रतिशतभन्दा कम आमन्त्रितहरूको सहभागिता थियो ।  प्रधानमन्त्रीले जोन्सनले सो घटनालाई लिएर औपचारिक रूपमा क्षमायाचना गर्दै आफूले जनआक्रोश बुझेको बताएका छन् । यस विवादलाई लिएर उपप्रधानमन्त्री डोमिनिक र्‍यावलगायत मन्त्रिमण्डलका सदस्यहरूले जोन्सनको बचाउ गरेका छन् । तर, स्कटिस टोरी नेता डग्लस रोस र विधायकहरू विलियम र्‍याग, क्यारोलिन रोस र रोजर गेलले जोन्सनलाई पदबाटै हट्न आग्रह गरेका छन् । बुधबार…
Read More
सोनी इंडियाले डब्ल्यूएफ-सी500 वायरलेस ईयरबड्स लन्च गरेको छ

सोनी इंडियाले डब्ल्यूएफ-सी500 वायरलेस ईयरबड्स लन्च गरेको छ

सोनी इन्डियाले आफ्नो नयाँ वायरलेस इयरबड्स डब्ल्यूएफ-सी500 उद्योग-अग्रणी आविष्कारहरूको साथ घोषणा गरेको छ। डब्ल्यूएफ-सी500 उच्च गुणस्तरको ध्वनि प्रदान गर्न डीएसईई (डिजिटल साउन्ड एन्हान्समेन्ट इन्जिन) सँग आउँछ। यसले उच्च-फ्रिक्वेन्सी ध्वनि र राम्रो फेड-आउट ध्वनिलाई तपाईंले सुनिरहनुभएको ट्र्याकमा पुनर्स्थापना गर्छ र थप प्रामाणिक सुन्ने अनुभव सिर्जना गर्दछ। इयरबडहरूले १० घण्टाको ब्याट्री जीवन प्रदान गर्दछ, र प्रयोगकर्ताहरूले सुन्न समयको २० घण्टासम्म आनन्द लिन सक्छन्।
Read More
राम्रो स्वास्थ्य को लागी बादाम

राम्रो स्वास्थ्य को लागी बादाम

मकर संक्रान्ति जाडोको अन्त्य र नयाँ फसलको सिजनको सुरुवात हो। सबै चाडपर्वहरू र उत्सवहरू जस्तै, देश भरका मानिसहरू यस समयमा विभिन्न प्रकारका खानाहरू, परम्परागत मिठाइहरू र स्वादिष्ठहरूमा लिप्त हुन्छन्। तसर्थ, यो सिजनको सुरुवात दाहिने खुट्टामा अस्वास्थ्यकर भुटेको खानेकुरा र मिठाइहरू कम गरेर, र यसको सट्टा एक मुट्ठीभर काँचो, स्वादयुक्त वा नुन पारेको बदाम खानुहोस्।
Read More
ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट

ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट

ब्लेण्डर्स प्राइडले आलिया भट्टलाई ब्राण्डको नयाँ अनुहारको रूपमा मनमोहक अभियान फिल्म ‘मेड अफ् प्राइड’ मार्फत स्वागत गरेको छ। यसले आलियाको अथक र कहिले हार नमान्ने मनोवृत्ति र आफ्नो प्रामाणिक आत्म भएकोमा उनको गर्वलाई झल्काउँछ। आफ्नो लचिलोपन र गतिशीलताको साथ बहु-आयामी अभिनेत्रीले वास्तवमा ब्राण्डको दर्शनलाई प्रतिनिधित्व गर्छिन् जुन यस बोल्ड र एम्पावरिङ अभियानको साथ एक रोमाञ्चक नयाँ मोड़ लिन्छ। ब्राण्डले जीवन्त, प्रेरणादायी र समकालीन आवाजको स्फूर्तिदायी स्वरको साथ नयाँ यात्रा शुरु गरेको छ। ब्ल्याक एण्ड वाइट इमेजरीबाट कलरमा परिवर्तन गर्ने निर्णय ब्राण्डको लागि स्फूर्तिदायी चाल हो तर यसले प्रीमियम क्युहरू एण्हान्स गर्न जारी राख्छ। फिल्मको कथाको माध्यमबाट, आलियाले दर्शकहरूलाई भन्छिन् -वाच…
Read More
अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

अफगानिस्तानमा पाकिस्तानी तालिबानका उच्च नेताको हत्या

तेहरिक ए तालिबान पाकिस्तान (पाकिस्तान तालिबान अथवा टीटीपी) का एक उच्च नेताको पूर्वी अफगानिस्तानमा हत्या भएको छ । टीटीपीको प्रवक्ता रहेका बेला डे ग्युरे मुहम्मद खोरासानी भनेर समेत चिनिने गरेका खालिद बाल्टीलाई नान्गाहार प्रान्तमा मारिएको स्रोतलाई उद्धृत गर्दै अल जजीराले लेखेको छ । पाकिस्तानसँगको सीमा प्रान्तमा खालिद बाल्टी मारिएको अल जजीरालाई ती व्यक्तिले बताएका छन् । हत्याको विषयमा थप जानकारीका लागि खोज भइरहेको उनले बताएका छन् । अहिले खलिद बाल्टीको कुनै जिम्मेवारी नरहेको भन्दै उनको हत्याका विषयमा जाँचबुझ भइरहेको टीटीपीले जनाएको छ ।
Read More
यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री । प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी  बलिउड एक फिल्मका लागि ६ देखि १० करोड करीना कपुर: छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने अभिनेत्री करीना कपुर खानसँग ४१२ करोड सम्पत्ति छ । एक फिल्मका लागि उनी…
Read More
भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।  कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्य गम्भिर बनेपछि उनलाई आइसीयुमा राखी उपचार गरिएको हो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार लता मंगेशकरलाई कोरोना संक्रमणको साथसाथै निमोनिया पनि भएको छ । अझै उनलाई १०–१२ दिन निगरानीमा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।  ९२ वर्षीय लता मंगेशकर गत साता कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । 
Read More