11
Feb
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो सदस्य राष्ट्रले युक्रेनलाई हतियार दिएर स्थिति थप भड्काइरहेको आरोप लगाएका छन्। नाटो सदस्य राष्ट्रहरूले युक्रेनलाई आधुनिक हतियारहरू उपलब्ध गराउँदै युक्रेनी सेनाको आधुनिकीकरणका लागि महत्त्वपूर्ण वित्तीय स्रोत विनियोजन गरेका छन् ।' पुटिनले भने तिनीहरूले सैन्य विशेषज्ञ र प्रशिक्षक पनि पठाएका छन् । युक्रेनले नाटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट बनेको रुसले युक्रेनी सीमामा बख्तरबन्द गाडी, तोप तथा अन्य हतियारसहित एक लाख सैनिक तैनाथ गरेको छ । तर युक्रेनमाथि आक्रमण गर्ने आफ्नो कुनै योजना नरहेको उसको दाबी छ । युक्रेनलाई नाटोको सदस्यता दिन नहुने र पूर्वी क्षेत्रमा नाटोको थप बिस्तार रोकिनुपर्ने रुसको माग छ । तर अमेरिकालगायत…
