21
Jul
भारतको सबैभन्दा ठूलो व्यावसायिक वाहन निर्माता टाटा मोटर्सले साना कार्गो गतिशीलतामा परिवर्तनकारी युगको आरम्भ गर्दै पूर्ण-नयाँ टाटा एस प्रोको लञ्चसितै कार्गो गतिशीलतामा नयाँ कोशेढुङ्गा सिर्जना गरेको छ। केवल रु. 3.99 लाखको अतुलनीय आरम्भिक मूल्यसित टाटा एस प्रो भारतको सबैभन्दा किफायती चार-चक्के मिनी ट्रक हो जसले असाधारण दक्षता, अतुलनीय बहुमुखी प्रतिभा र उत्कृष्ट मूल्य प्रदान गर्दछ। उद्यमीहरूको नयाँ लहरलाई सशक्त बनाउन डिजाइन गरिएको टाटा एस प्रो पेट्रोल, बाइ-फ्युल (सीएनजी + पेट्रोल) अनि इलेक्ट्रिक भेरियण्टहरूमा उपलब्ध छ जसले ग्राहकहरूलाई तिनीहरूको व्यावसायिक आवश्यकताहरूका लागि आदर्श समाधान छनौट गर्न लचिलोपन प्रदान गर्दछ। ग्राहकहरूले देशभरिका टाटा मोटर्सका 1250 व्यावसायिक वाहन बिक्री टचपोइण्टहरूमध्ये कुनैमा वा टाटा…
