04
Sep
पूर्वी भारतमा पहिलो पटक काठ, फर्निचर तथा गद्दा निर्माण क्षेत्रलाई पूर्णरूपमा समर्पित प्रदर्शनी कोलकोतावूड 2025 को आयोजना १२ देखि १४ सेप्टेम्बर २०२५ सम्म कोलकाताको विश्व बङ्गला मेला प्राङ्गण मा हुँदैछ। नरबर्मेस इण्डियाद्वारा आयोजित यो प्रदर्शनी, दशौंदेखि भारतको काठ तथा फर्निचर उद्योगलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधि, मेशिनरी र कच्चा पदार्थसँग जोड्दै आएको इण्डियावूड श्रृंखलाको नयाँ अध्याय हो। बेंगलुरु र दिल्लीमा सफल इण्डियावूड, तथा मुम्बईमा मुम्बईवूडको सफल आयोजनापछि अब पूर्व भारतमा उद्योगको पहुँचलाई थप निकट ल्याउने रणनीतिक कदमको रूपमा कोलकोतावूड अघि बढेको हो। सोनिया प्रशार, प्रबन्ध निर्देशक तथा चेयरपर्सन, नरबर्मेस इण्डियाले भन्नुभयो, "पूर्वी भारत अब कुनै पुछारमा पर्ने बजार होइन यो एक उदाउँदो…
