10
Dec
फ्युचर जेनेराली इण्डिया लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एफजीआईएलआईसीएल) बीमा क्षेत्रमा एउटा विश्वासिलो नाम र सिक्किमका लागि एउटा प्रमुख बीमाकर्ता हो। कम्पनीले आज गान्तोकको देउरालीस्थित नयाँ पञ्चायत कार्यालय भवनको सभा कक्षमा बीमा सचेतना र विस्तारका लागि सफलतापूर्वक कार्यक्रम सम्पन्न गऱ्यो। उक्त कार्यक्रममा गान्तोक र पाक्योङ जिल्लाका 51 ग्राम पञ्चायत एकाइका 160 प्रतिनिधिहरू अनि रुरल डेभलपमेण्ट डिपार्टमेण्ट (आरडीडी) का अधिकारीहरू सहभागी भएका थिए। यो कार्यक्रम भारतभरि समुदायहरूमा वित्तीय समावेशीकरण बढ़ाउने अनि बीमा तथा सामाजिक सुरक्षाको महत्त्वबारे जागरूकता फैलाउने फ्युचर जनराली इण्डिया लाइफ इन्स्योरेन्सको प्रतिबद्धताको हिस्सा थियो। स्थानीय प्रशासनिक निकायहरू र आरडीडी अधिकारीहरूलाई एकै ठाउँमा ल्याएर गरिएको यस पहलले सिक्किमका सबै कुनामा बीमा…
