11
Apr
गुरुग्रामस्थित एक वेल्थटेक कम्पनी जेडफण्ड्सले भारतभरिका म्युचुअल फण्ड डिष्ट्रिब्युटर्स (एमफीडीज) लाई सक्षम बनाउन अब आफ्नो प्लेटफर्ममा सिस्टमेटिक इन्भेस्टमेण्ट प्लान्स (एसआईपीज) का लागि यूपीआई अटोपे सुविधा आरम्भको आधिकारिक घोषणा गरेको छ। यस सुविधासित अब ग्राहकहरूले केवल यूपीआई पिन प्रयोग गरेर तीन सेकेण्डमै एसआईपी सेटअप गर्न सक्नेछन्। अब कुनै कागजी प्रक्रिया, डेबिट कार्ड वा नेट ब्याङ्किङ विवरणको आवश्यकता पर्ने छैन। फरवरीदेखि आरम्भ गरिएको यो सुविधा हालसम्म झण्डै 70% जेडफण्ड्सका एमएफडी साझेदारहरूले अपनाइसकेका छन्। यो सुविधा हाल मासिक एसआईपीहरूका लागि उपलब्ध छ तर चाँड़ै दैनिक एसआईपी विकल्पहरू पनि आरम्भ गर्ने योजना छ। जेडफण्ड्सको अनुमानअनुसार परम्परागत माध्यमहरूबाट म्याण्डेट सेटअपको समस्या हुँदा लगभग 40% एसआईपीहरू…
