आजदेखि राज्यका सबै शिक्षण संस्थान खुल्ने

सिक्किममा १८ अक्टोबरदेखि सम्पूर्ण शैक्षणिक संस्थान खुलाउने राज्य सरकारले राज्य निर्णय लिएको छ गत १ अक्टोबरदेखि नवौं देखि १२औं श्रेणीसम्मका विद्यालय खोलिएको थियो भने कोरोना सङ्क्रमणको लहरमा कमी आएकाले सरकारले एलकेजीदेखि आठौं श्रेणीसम्मका विद्यालयलाई पनि १८ अक्टोबरदेखि खोल्ने निर्णय गरेको हो । राज्यको शिक्षा विभागले मङ्गलवार (१२ अक्टोबर) एउटा परिपत्र जारी गरेर १८ अक्टोबरदेखि सिक्किम सरकारको अधिनमा रहेका विद्यालय, राज्य सरकारबाट सहायताप्राप्त विद्यालय र निजी विद्यालय खोल्ने जानकारी गराएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुलाउँदा सरकारले एकैचोटी सबै विद्यार्थीलाई विद्यालयमा नबोलाएर कुल विद्यार्थीको ५० प्रतिशतका आधारमा कक्षा सञ्चालन हुनेछ भने यसमा अभिभावको पनि सहमति हुनुपर्नेछ । यसरी कक्षा सञ्चालन गर्दै लाँदा स्थिति नियन्त्रणमा रहे विस्तारै पूर्ण क्षमतामा कक्षा सञ्चालन हुनेछन् । सिक्किम सरकारको दिशानिर्देश केन्द्र सरकारको अधिनमा रहेका विद्यालयमा भने लागू हुनेछैन् । विद्यालयले कक्षा सञ्चालन गर्दा को भिड प्रोटोकललाई भने पालन गर्नुपर्नेछ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *