अक्षय कुमार बने उत्तराखण्डका ब्रान्ड एम्बेसडर

बलिउड अभिनेता अक्षय कुमारलाई उत्तराखण्डको ब्रान्ड एम्बेसेडर बनाइएको छ । सोमबार  देहरादुनमा उनले उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीलाई भेटघाट  गरे । 

यतिबेला मुख्यमन्त्री धामीले अक्षय कुमारलाई पहाडी टोपी लगाइदिए र  फूल दिए ।
मुख्यमन्त्री  धामीले ट्वीट गरे, ‘आज प्रख्यात अभिनेता, युवाका प्रेरणास्रोत र मेरा साथी  श्री अक्षय कुमारजीको मुख्यमन्त्री आवासमा स्वगत एवं अभिनन्द गराइयो ।  अक्षय कुमारजीले राज्यका युवालाई प्रेरित गर्नका लागि सरकारद्वारा उठाइएको  कदमको सराहना गरे । हर सम्भव सहयोगको आश्वासन दिए ।’
समाचार  एजेन्सी एएनआईका अनुसार पुष्कर सिंह  धामीले भने, ‘हामीले उनलाई (अक्षय  कुमारलाई ) एक प्रस्ताव दिएका थियौँ । उनले यो स्वीकार गरे । उनले  उत्तराखण्डको ब्रान्ड एम्बेसडरको रुपमा पनि काम गर्नेछन् ।’
अक्षय आजकाल उत्तराखण्डको मसुरीमा आफ्नो नयाँ  फिल्मको सुटिङ गरिरहेका छन् ।
By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *