कोरोनाकालमा गरिएको सर्वे अनुसार ४८ प्रतिशत विद्यार्थीले – पढ्न लेख्न भुलिसके

कोरोना महामारीको कारण १७ महीनादेखि विद्यालयहरू बन्द रहेकाले सबैभन्दा नराम्रो प्रभाव नानीहरूको शिक्षामा परेको छ । समाजका १३६२ वञ्चित वर्गका घरहरूका नानीहरूमाझ गरिएको सर्वेमा थाहा लागेअनुसार ग्रामीण क्षेत्रमा ३७ प्रतिशत अनि शहरी क्षेत्रमा १९ प्रतिशत नानी वर्तम नमा ठ्याक्कै पढिरहेका छैनन् । मात्र ८ प्रतिशत नानीहरूले अनलाइन शिक्षा प्राप्त गरिरहेछन् । स्कूल चिल्ड्रेन अनलाइन अनि अफलाइन लर्निङ (स्कूल) सर्वेक्षण – ‘लक्ड) आउट: इमरजेन्सी रिपोर्ट अन स्कूल एजुकेशन’ मा यो तथ्य खुलासा भएको छ ।

सर्वेमा देखिए अनुसार स्कूलहरू बन्द भएकाले नानीहरूको पढ़ाई लेखाई बन्द भएको छ । यसको दुष्परिणामस्वरूप शहरी क्षेत्रका ४८ प्रतिशत नानीहरूले ठीकसँग अक्षर अनि शब्दहरू पढ्न सकिरहेका छैनन् । शहरी क्षेत्रका ६५ प्रतिशत अनि ग्रामीण क्षेत्रका ७० प्रतिशत अभिभावकहरूले जनाएअनुसार लकडाउनको कारण विद्यालय बन्द भएपछि तिनीहरूका नानीहरूको पढ्ने लेख्ने क्षमतामा कमी आएको छ । यस सर्वेसँग जोडिएका स्वतन्त्र शोधकर्ता विपुल पायकरा अनुसार यस सर्वेद्वारा अवस्था धेरै गम्भीर अनि चिन्ताजनक रहेको थाहा लागेको छ, यसले हामी सामूहिक निरक्षरतातिर गइरहेको संकेत दिँदछ ।

नानीहरूको शिक्षामा आएको हासपछि सर्वेमा जुन अभिभावकहरूसँग कुरा गरियो तिनीहरूको ठूलो संख्या स्कूलहरू खोल्नुपर्ने पक्षमा छ । ग्रामीण क्षेत्रहरूका ९७ प्रतिशत अनि शहरी क्षेत्रका ९० प्रतिशत अभिभावकहरू स्कूलहरू खोलिउन् भन्ने चाहन्छन् । विपुल पायकराअनुसार यदि स्कूलहरू खोल्नलाई केही गरिएन भने नानीहरूको शिक्षाको दृष्टिकोणबट यो धेरै क्षतिकारक हुनेछ । अलग- अलग समूहमा बाँडेर नानीहरूलाई स्कूलमा बोलाउन सकिन्छ । सरकारले यसबारे सोच्नुपर्नेछ । यदि यस्तो नगरिए नानीहरू निरक्षर रहनेछन् ।

यो सर्वे अर्थशास्त्री जीन ड्रेज, रितिका खेड़ा, विपुल पायकरा अनि निराली बखलाको देखरेखमा १०० भन्दा धेर स्वयंसेवकहरूले गरेका हुन्, जसमा युनिभर्सिटी का विद्यार्थीहरू सामेल थिए । विस्तृत रिपोर्ट पछि जारी गरिनेछ । यस रिपोर्टमा बताइएअनुसार अजीम प्रेमजी युनिभर्सिटी अनि भारत ज्ञान विज्ञान समितिद्वारा पनि नानीहरूको शिक्षाबारे रिपोर्ट तयार गरिँदैछ । अगस्त महीनामा १५ राज्य अनि केन्द्रशासित प्रदेशहरूमा यो सर्वे गरिएको हो, जसमा उत्तर प्रदेश, महाराष्ट्र, बिहार, पश्चिम बंगाल, कर्नाटक जस्ता राज्यहरू सामेल छन्।यो सर्वे ती बस्तीहरूका १३६२ यस्ता घरहरूमा गरियो, जो समाजका वञ्चित वर्गबाट आउँदछन् अनि यी घरका नानीहरू सरकारी स्कूलहरूमा एकदेखि आठौँ श्रेणीमा शिक्षा प्राप्त गर्दथे । सर्वेका लागि जुन १४०० घरहरू छानियो तिनमा ६० प्रतिशत ग्रामीण क्षेत्रहरू अनि ६० प्रतिशत मानिसहरू दलित आदिवासी सम जबाट आउँदछन्। सर्वेमा थाहा लागेअनुसार ५१ प्रतिशत शहरी घरहरूमा स्मार्टफोन छन् तर ३१ प्रतिशत|

Leave a Reply

Your email address will not be published. Required fields are marked *