ट्रकले कुल्चिँदा छात्रको मृत्यु

मर्माहत बनाउने घटना प्रकाशमा आएको छ। खोरीबारीमा एउटा ट्रकले कुल्चिँदा 16 वर्षीय स्कूले छात्रको मृत्यु भएको छ। स्थानीय सूत्रअनुसार उक्त छात्रले सरस्वती पूजाका लागि चन्दा उठाइरहेको बेला ट्रकले कुल्चिएको हो। यो घटना बङ्गाल-बिहार सीमा क्षेत्र भालुकगढ़मा भएको हो। उक्त ट्रक बिहारबाट खोरीबारी आइरहेको थियो।

मृत छात्रको नाम सूर्य गिरी हो अनि तिनी खोरीबारी हाई स्कूलको दसौँ कक्षामा अध्ययनरत थिए। छात्राहरूको समूहले सड़कमा वाहन अनि ट्रक चालकहरूबाट चन्दा उठाइरहेको जान्नमा आएको छ। चन्दा लिन रोक्दा सूर्यलाई कुल्चिँदै ट्रक अघि बढ़िरह्यो। अर्को एकजना छात्र पनि ट्रकको चपेटमा आयो तर भाग्यले तिनको ज्यान बाँचेको छ।

घटनापछि स्थानीय मानिसहरू क्षुब्ध बनेका छन्। घटनाको जानकारी पाएर खोरीबारी पुलिस घटनास्थल आइपुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। पछिबाट पुलिसले ट्रकलाई जफत गरे पनि वाहन चालकले भने सुइँकुच्चा ठोकेको छ।

By Piyali Poddar