नालीमा डुबेर युवकको मृत्यु

नालामा डुबेर एक युवकको मृत्यु भएको छ । यो घटना काल्चिनी ब्लक अन्तर्गत दिमा चिया बगानको हो। स्थानीय स्रोतका अनुसार सो क्षेत्रका २१ वर्षीय बाली ओनराव हिजो राति घरबाट निस्किएका थिए, त्यसपछि घर फर्किएनन् ।

सोमबार बिहान स्थानीयले पोखरीमा उनको शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुगेको काल्चिनी प्रहरीले शव निकालेको हो । मृतकका परिवारका अनुसार ‘बाली मानसिक रूपमा पनि सन्तुलित थिएनन् । प्रहरीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ।

Attachments area

Leave a Reply

Your email address will not be published. Required fields are marked *