सिलगढीको झंकार मोर क्षेत्रमा रहेको बहुमंजिला भवनमा आगलागी भएको छ

सिलगढीको एक बहुमंजिला भवनमा आज आगलागी हुँदा त्यहाँ हलचल मच्चिएको छ। घटना सिलगढी नगरपालिकाको वार्ड ४ को झंकार मोर क्षेत्रमा भएको हो । जानकारीका अनुसार मंगलबार दिउँसो एक बहुतले भवनको विद्युतीय मिटर बक्सबाट धुवाँ निस्किएको स्थानीय पसलले देखेका थिए।यसपछि तुरुन्तै सिलगढी थानाको खलपारा चौकीको प्रहरी र दमकललाई खबर गरिएको थियो। दुईवटा दमकल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए। सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान छ। यद्यपी यस घटनामा कुनै हताहतीको खबर आएको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।