नीट २०२१ मा डाक्टर्स जोनको उत्कृष्ट परिणाम

यसपालीको नीट २०२१ को परीक्षाफलमा डाक्टर्स जोनले उत्कृष्ट परिणाम हासिल गरेको छ। मेडिकल र आइआइटीको फाउण्डेशन तयार गर्ने इन्स्टीट्यूट डाक्टर्स जोनको व्यवस्थित मार्गदर्शन र कठोर दिनचर्याको कारण | ऐतिहासिक परिणाम भएको हो । गत २८ नोभेम्बरको दिन नीट २०२१ को परीक्षाफलमा सफलताका लागि अभिनन्दन कार्यक्रमको आयोजन गरिएको थियो सोही दिन इन्स्टीट्यूटले केवल १५० मिटरको दूरीमा एउटा नयाँ | बोयज होस्टेलको पनि उद्घाटन गयो | कार्यक्रममा एम्बुलेन्स दादाको नामले | परिचित पद्मश्री करीमुल हक, उत्तर । बङ्गाल मेडिकल कलेजका डीन डा. सन्दीप सेनगुप्ता, इन्स्टीट्यूटका निदेशक डा. इजहार अन्सारी, माइक्रो बायोलोजी । विभागका प्रोफेसर डा. अनुरभो सरकार, | केन्द्र प्रमुख अख्तार खान एवम् अन्य | गणमान्य व्यक्तिहरू उपस्थित थिए ।

कार्यक्रममा संस्थानका मेधावी विद्यार्थीहरूलाई सम्मानित पनि गरियो । यस अवसरमा डाक्टर्स जोनका निदेशक डा. इजहार अन्सारीले बताए, यहाँ अगावै डेढ़ सय छात्राहरूका लागि छुट्टै होस्टेलको व्यवस्था छ अनि आज उद्घाटन गरिएको यस नयाँ बोयज होस्टेलमा लगभग एकसय विद्यार्थीहरू बस्ने व्यवस्था छ।

गत नौ वर्षदेखि सञ्चालित भइरहेको यस संस्थानबाट सैयौं विद्यार्थीहरूले मेडिकल, इञ्जीनियरिङसहित अन्य धेरै क्षेत्रहरूमा सफलता हासिल गरेका छन् सिलगढ़ीको सर्वाधिक स्कोरर तथा डाक्टर्स जोनकी प्रथम याङ्क होल्डर हर्षिता अग्रवालले नीट २०२१ को परीक्षाफलमा ७२० मा ६५० अंक प्राप्त गरेर संस्थानलाई गर्वित तूल्याएकी छिन् । यसरी नै खरसाङका एड्रिन प्रीतम राईले ६३३ अंक प्राप्त गरेर दोस्रो, नूरनाबी हकले ६०५ अंक प्राप्त तेस्रो अनि सिलगढ़ीका सैफ आलम अन्सारीले ६०० अंक प्राप्त गरेर चौथो स्थान ओगटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *