सिक्किमकी साङडोमा ब्लोन बनिन् मिस तामाङ वर्ल्ड

सिक्किम  निवासी साङडोमा ब्लोनले ‘मिस तामाङ वर्ल्ड २०२१’ उपाधि जितेकी छन् । साधना  कला केन्द्रको आयोजना रहेको प्रतियोगितामा उनले उत्कृष्ट डे«स, उत्कृष्ट  हेल्थ, भ्यूअर्स च्वाइजसहित शीर्ष उपाधि जितेकी हुन् । ब्लोनले दुई लाख  बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउन लगायतका विभिन्न  ट्रफीका साथमा नगद ५० हजार हात पारेकी छन् । बिभिन्न  उप विजेता समेत छानिएको प्रतियोगितामा उत्कृष्ट कल्चर रविना थिङ, उत्कृष्ट  टुरिजम सविता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर  रेनु तामाङ, उत्कृष्ट इन्भाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटी  अप्रिला घिसिङले चुम्न सफल भइन् ।
त्यसैगरी  वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल भएका  छन् । त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धाबाट वेस्ट  फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल  भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *