दिल्लीमा वायुप्रदूषण विकराल : दुई दिन लकडाउन गर्नेबारे अदालतले खोज्यो सरकारी राय

राजधानी दिल्ली लगायत वरपरका सहरमा वायू  प्रदूषणको अवस्था विकराल बनेपछि भारतकोे सर्वोच्च अदालतले प्रदूषण  नियन्त्रणका उपायहरु पेश गर्न केन्द्र र राज्य सरकारहरुलाई निर्देशन दिएको छ  । प्रधानन्यायाधीश एनभी रामणाले वायू  प्रदूषण नियन्त्रणका दीर्घकालिन उपायलाई प्राथमिकता राख्दै आपतकालिन योजना  पेश गर्न भनेका हुन् । उनले भने, ‘तपाईले देख्नुभएकै छ परिस्थिती कति खराब छ  भनेर । घरमा समेत हामीले मास्क लगाएर बस्नुपरेको छ ।’
 अदालतले सोमबार प्रदूषण नियन्त्रणका  योजना पेश गर्न निर्देशन दिएको हो । उनले भने, ‘कस्ता आपतकालिन योजना  ल्याउँछौं हामीलाई भन । दुई दिने लकडाउन ? एक्यूआइ तह घटाउने योजना कस्तो छ  ?’ 
भारतको केन्द्र र राज्य सरकारबीच वायु  प्रदूषणलाई लिएर आज अपरान्ह आपतकालिन बैठक बस्दैछ । केन्द्र सरकारसहित  पञ्जाव र हरियाणालाई समेत सरकारले निर्देशन दिएको हो । 
अदालतले प्रदूषणको  स्थितीमा सुधार आउने गरी केही दिनभित्रै योजना ल्याउन भनेको हो ।
‘अहिले दिल्लीको अवस्था दैनिक २० खिल्ली  चुरोट पिएजत्तिकै हानिकारक छ’ ती राज्यले अदालत भनेका छन्, ‘परिस्थितीको  गाम्भिर्यताप्रति हामी सहमत छौं ।’ शुक्रबार दिल्लीमा यसवर्षकै खराब वायू  प्रदूषणको अवस्था थियो । प्रदूषण नियामक निकायले दिल्लीबासीलाई घरमै बस्न  सूचना जारी गरेको थियो ।
पछिल्लो समय दिल्लीसहितका भारतीय सहरमा एक्यूआइ तहमा गिरावट आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *