अफगानिस्तानः तालिबानले विद्यालय जान रोक लगाएपछि किशोरीहरूलाई अनलाइन पढ्न सहयोग गर्ने शिक्षिका

अफगानिस्तानका नयाँ शासकहरूले बालिका र किशोरीहरूलाई ‘उनीहरूकै सुरक्षाका लागि’ भन्दै विगत तीन महिनायता विद्यालय नगई घरमै बस्न भनेका छन्।उनीहरूले त्यस्तो प्रतिबन्ध अस्थायी भन्दै आएका छन् तर समाधान देखा परेको छैन। यस्तैमा विदेशमा बस्ने एक अफगान शिक्षिकाले प्रवासबाटै केही गर्ने निर्णय गरिन्। अनलाइन विद्यालय सञ्चालन गर्न थालेको केही साताभित्रै एन्जेला गायुरले झन्डै १,००० विद्यार्थीलाई समेटिन्। त्यसमा ४०० भन्दा बढी स्वयंसेवी शिक्षकहरू आबद्ध छन्।

बालबालिकाकाको सुरक्षाका लागि उनीहरूको नाम परिवर्तन गरिएको छ , अफगानिस्तानमा तालिबानले सात वर्षमाथिका बालिकाहरू विद्यालय जान नपाउने भनेर घोषणा गरेयता नसरिन र उनका अरू चार दिदीबहिनी घरमै बसेर पढ्न सक्दो गरिरहेका छन्।

तर यसरी पढ्नका लागि खासगरी विश्वविद्यालयमा चिकित्साशास्त्र र इन्जिनियरिङ पढिरहेका आफ्ना दुई दिदीलाई कठिन भइरहेको नसरिनले बताइन्।

“हाम्रा सबै सपनाहरू खेर भए। अब विद्यालय खुल्यो नै भने पनि परिस्थिति पहिला जस्तै हुनेछैन,” १३ वर्षीया नसरिनले भनिन्।

“म पाइलट बन्न चाहन्थेँ। तर त्यो अब कहिल्यै पूरा हुनेछैन। तालिबानले महिलालाई कहिल्यै पनि पाइलट बन्न दिनेछैन।”

तर हालैका सातामा नसरिन र उनका दिदीबहिनीलाई एउटा आशाको किरणका रूपमा अनलाइन विद्यालय देखा परेको छ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *