सडकको किनारामा सुन्तला बेच्नेले पाए पद्मश्री, प्रभावित अनुष्का शर्माले गरिन् तारिफ

बलिउड नायिका अनुष्का शर्माले फिल्मबाट केही समयको दुरी बनाएता पनि सोसल मिडियामा भने उनी राम्रै सक्रिय हुन्छिन् । अनुष्का पछिल्लो समयमा आफ्नो इन्स्टामा स्टोरी र तस्बिर सेयर गरेर प्रशंसकलाई मनोरञ्जन प्रदान गरिरहन्छिन् । केही दिन अघि मात्रै अनुष्काले प्रशंसकका लागि एउटा विशेष पोस्ट आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् जुन निकै प्रेरणादायी छ । यो पोस्टअघि अनुष्का आफ्नो मर्निङ रिचुअल अर्थात् गुड मर्निङ फोटो अपलोड गर्न बिर्सिन्नन् ।

अनुष्काले एक फलफूल विक्रेताको पद्मश्रीसम्मकामे यात्रालाई आफ्नो स्टोरीमा सेयर गरेकी छिन् । अनुष्काको यो पोस्टमा ६८ वर्षका फलफूल विक्रेता हरिकला हजब्बा राष्ट्रपति रामनाथ कोबिन्दसँग पद्मश्री अवार्ड लिइरहेको देखिएका छन् ।

६८ वर्षकी हरिकला हजब्बा कर्नाटकको मेंगलोरका हुन् । जहाँ उनले १६० भारुको आफ्नो दैनिक कमाईले प्राथमिक विद्यालयको निर्माण गरेका छन् । सोमबार हरिकलालाई भारतको सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक पद्मश्रीबाट सम्मानित गरियो । अवार्ड राष्ट्रपति रामनाथ कोविन्दको हातबाट प्रदान गरिएको थियो । थुप्रै वर्षअघि एक विदेशी पर्यटकले उनलाई सुन्तलाको मूल्य सोधेका थिए । उनले ती पर्यटकले भनेको कुरा बुझेनन् र वर्षौंदेखि आफूले बेच्दै आएको सुन्तलाको मूल्य अंग्रेजीमा भन्न नसक्दा उनी लज्जित पनि भए । परिवारमा आर्थिक समस्या भएका कारण उनले स्कूलको शिक्षा पाउन सकेनन् । त्यसपछि हरिकलाले गरिब बच्चका लागि विद्यालय स्थापना गर्ने निर्णय लिए । रिपोर्टलाई मान्ने हो भने हरिकला हजब्बाको जन्मथलोमा वर्षौंदेखि कुनै विद्यालय नै थिएन । सन् २००० मा हरिकलाले आफ्नो गाउँमा स्कूलको स्थापना गरे र अब त्यहाँ बालबालिकाको पढाई हुन्छ ।

अनुष्का शर्माको कामको कुरा गर्नुृपर्दा उनी पछिल्लो पटक फिल्म सुई–धागामा देखिएकी थिइन् । यशराजको ब्यानरमा बनेको यो फिल्ममा अनुष्काको अपोजिटमा वरुण धवन थिए । अनुष्का अभिनयमा सक्रिय नभएपनि निर्माताको रुपमा उनी लगातार सक्रिय छिन् । क्लिन स्लेट ब्यानरमा बनेका उनका थुप्रै फिल्म डिजिटल प्लेटफर्मममा रिलिज भएका छन् । हाल अनुष्का दुबईमा आफ्ना श्रीमान् विराट कोहली र छोरीसँग रमाइलो गरिरहेकी छिन् । त्यहाँ उनी वर्ल्ड कप म्याचमा विराटलाई चियर गर्न पुगेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *