मुख्यमन्त्री ममता ब्यानर्जी आइतवार उत्तर बङ्गाल आउने

वर्षाले पहाड़ र समतलमा गरेको क्षयक्षतिको जानकारी लिन साथै उत्तर बङ्गालका विभिन्न जिल्लाको प्रशासनिक बैठक गर्न मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो आइतवार पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा सिलगढ़ी आउनेछिन् । यो अवधि तिनले उत्तर बङ्गालका विभिन्न जिल्लाका प्रशासनिक अधिकारीहरूसित सिलगढ़ी अनि खरसाङमा बैठक गर्ने जानकारी छ। पहाड़को दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न ठाउँमा पैहो गएर सड़क मार्गहरू बाधित भएका छन् साथै धेरै क्षयक्षति भएको छ भने समतल र डुवर्सका जलपाइगढ़ी, कोचबिहार र अलिपुरद्वार जिल्लामा पनि पानीले धेरै क्षति गरेको छ पहाड़ र समतलको यस्तो परिस्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी पाँच दिनको उत्तर बङ्गाल भ्रमणमा आइरहेकी छन् ।

तिनी २४ अक्टोबर बाघडुग्रा विमानस्थलमा ओर्लिएपछि सड़क मार्ग भएर सिलगढ़ी पुलिस कमिश्नरेटको मुख्यालय आउनेछिन्, जहाँ तिनी विजयी सम्मि लनीमा सामेल हुने कार्यक्रम छ। त्यसपछि तिनी यहाँको फूलबारीस्थित राज्यको मिनी सचिवालय उत्तर २१ अक्टोबर बङ्गालबाट फर्किएपछि ममता ब्यानर्जी गोवा जानेछिन्। दुर्गा पूजाको अवधि नै तृणमूल कङ्ग्रेसले गोवामा आफ्नो पार्टी कार्यालय खोलेको छ।

कङ्ग्रेसलगायत विभिन्न दल छोड़ेर एकाधिक राजनैतिक दलका नेता अनि केही अराजनैतिक व्यक्तित्वहरू तृणमूल कङ्ग्रेसमा सामेल भइसकेका छन् यस्तो स्थितिमा आउँदो २८ अक्टोबर ममता ब्यानर्जीको गोवा भ्रमणलाई धेरै महत्त्वपूर्ण मानिँदैछ। गोवाका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ कङ्ग्रेसी नेता लुइजिन्हो फलेरो केही दिनअघि कलकत्ता आएर तृणमूल कङ्ग्रेसमा सामेल भएका थिए त्यसपछि अन्य केही राजनैतिक अनि अराजनैतिक व्यक्तित्वहरू पनि तृणमूल कङ्ग्रेसमा सामेल भएका छन् । यस्तो राजनैतिक घटनाक्रमपछि नै ममता ब्यानर्जीले गोवा जाने निर्णय लिएकी हुन् गोवामा तिनको राजनैतिक कार्यक्रमबारे अहिले नै विस्तृत जानकारी नपाइए पनि गोवाको आउँदो विधानसभा चुनाउलाई ध्यानमा राखेर ममता ब्यानर्जी गोवा गइरहेकी कुरा स्पष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *