रामदेव विरुद्ध नोटिश जारी

भारतीय प्रतिभूति विनिमय बोर्ड (सेबी) ले योग गुरु बाबा रामदेवका अभिव्यक्ति विरुद्ध प्रश्न चिन्ह उठाउँदै नोटिस (पत्र) जारी गरेको छ । सेबीले प्रमोटर बाबा रामदेवको अभिव्यक्तिपछि रुचि सोयाविरुद्ध नोटिस जारी गर्दै यस विषयमा चित्त बुझ्दो जबाफ पठाउन भनेको छ।

सेबीको विनियम २०१८ मा कुनै पनि कम्पनीको सार्वजनिक निष्कासन अघि पैसा बढ्ने, मुनाफा हुनेजस्ता दाबी गर्न नपाइने नियम छ तर उनले यो नियमको ठाडो उल्लंघन गर्दै सर्वसाधारणलाई करोडपतिसम्म बनाइदिने एउटा टेलिभिजन च्यानलको योगसत्रमा बताएका थिए । पतञ्जलिको स्वामित्वमा रहेको रुचि सोयाले एफपीओ जारी गर्ने तयारी गरिरहेकै बेला त्यस कम्पनीको संस्थापक बाबा रामदेवको सार्वजनिक वक्तव्य विवादमा आएको छ ।

सञ्चारमाध्यमहरुका अनुसार कम्पनीले एफपीओ जारी गर्ने सबै प्रक्रिया पूरा गरिसकेको छ । शेयर बजार नियामक सेबीले पनि कम्पनीलाई एफपीओ जारी गर्ने अनुमति दिइसकेको छ बाबा रामदेवले योग गर्न आएका मानिसहरुलाई करोडपति बनाइदिने दाबी गरेपछि नियामक निकायले यही मुद्दालाई लिएर नोटिस जारी गरेको छ। उनले योग गर्न जम्मा भएका सहभागीहरुलाई छिटै सोयाको एफपीओ आउने र अवश्य खरीद गर्न सुझाउ दिएएका थिए। सोयाको एफपीओ किनेर राख्नुहोस्, यसले तपाइँहरुलाई करोडपति बनाउने प्रत्याभूति म गर्छु, उनले भनेका छन् सेबीले रुचि सोयाको एफपीओका माध्यमबाट ४३ अरब रुपियाँ जुटाउने पतञ्जलिको प्रस्तावलाई अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *