अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण जारी राख्ने

अफगानिस्तान छोडे पनि अमेरिकाले त्यहाँ हवाई आक्रमण भने जारी नै राख्ने बताएको छ । पेन्टागनद्धारा जारी गरिएको वक्तव्य अनुसार उनीहरूले अफगानिस्तान माथिको आफ्नो आक्रमणलाई निरन्तरता दिइराख्ने भएका हुन् । 

अमेरिकाले अफगानिस्तान छाडेदेखि नै आफ्नो गतिविधि भने त्यहाँ जारी नै राख्ने पहिले नै बताइरहेको थियो । जस अनुसार तालिबान नेतृत्वको नयाँ सरकारसँग कुनै पनि सम्बन्ध विस्तार नगरी आफ्नो आक्रमणलाई निरन्तरता दिने निष्कर्षमा अमेरिका पुगेको हो । 

पेन्टागनका प्रवक्तालाई उद्धृत गर्दै मिलिटरी टाइम्सले लेखेको छ– हामी आतङ्कवादी विरोधी गतिविधिलाई निरन्तर राख्न सबै कुराहरूलाई तयारी अवस्थामा राख्नेछौँ । र, आफ्ना क्षमताहरूलाई कुनै पनि बेला त्यहाँ प्रस्तुत गर्न सक्छन् । 

तर, उनले अफगानिस्तानमा कस्ता आक्रमण कसरी गरिन्छ भन्नेबारे स्पष्टरुपमा बताएका छैनन । बरु भविष्यमा आतङ्कवाद विरोधी गतिविधिलाई भने हामी दुरुस्तरुपमा राख्नेछौँ भन्ने स्पष्ट पारेका छन् । 

यसले अमेरिका आइएसआइएस विरोधी आक्रमणकारुपमा अफगानिस्तानमा बम वर्षा गरिरहने योजनामा भने रहेको देखिन्छ । उसको यस्तो योजना त्यस बेला बाहिर आएको छ जुन बेला तालिवानले अफगानी भूमिमा हुने कुनै पनि आतंकबादलाई परास्त गर्न आफूहरूलाई वैदेशिक सहायताको आवश्यकता नरहेको बताइरहेका छन् । 

ठिक एक महिना अघि अगस्त २९ तारिकका दिन अमेरिकाले काबुलमा पछिल्लो हवाई आक्रमण गरेको थियो । जसलाई उसले आइएसआइएस विरुद्ध गरिएको आक्रमण भनेर दाबी गर्‍यो । तर, अन्त्यमा के स्विकार्न बाध्य भयो भने सो आक्रमणमा परेर १० जना सर्वसाधारणको मृत्यु भयो । जसमध्ये ७ जना बालबालिका थिए । र, त्यहाँ कुनै पनि आइएसआइएसका सदस्य भने हाताहाती भएको थिएन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *