अन्तरिक्ष घुमेर पृथ्वी फर्किए पर्यटक

चार जना अन्तरिक्ष पर्यटक आफ्नो यात्रा सकेर पृथ्वीमा फर्किएका छन्। उनीहरू चढेको स्पेस एक्स क्याप्सुल शनिबार घाम नअस्ताउँदै अमेरिकाको फ्लोरिडा राज्य नजिकैको समुद्रमा अवतरण भएको हो । स्पेस एक्सको इनस्पिरेसन ४ मिशनअन्तर्गत पहिलो पल्ट सर्वसाधारणलाई अन्तरिक्षमा पठाएको थियो । तीन दिनअघि उनीहरू पृथ्वीबाट उडे का थिए । समाचार संस्था भाषाको अनुसार उनीहरू पृथ्वीको सतहबाट ५८५ किलोमिटर माथिसम्म पुगेका थिए । यसअघि अन्तरिक्ष यात्रीहरूमात्रै यसरी अन्तरिक्षमा जाने गरेको भए पनि पहिलोपल्ट सर्वसाधारण अन्तरिक्षमा गएका हुन् । उक्त क्याप्सुलमा अरबपति व्यवसायीजेएर्ड आइज्याकम्यान, फिजिशिएन असिस्टेण्ट हेइले आर्सिनेउक्स, डाटा इन्जिनियर क्रिस सेम्ब्रोस्की र सामुदायिक कलेजका शिक्षासेवी सियान प्रोक्टर थिए । उनीहरूले अन्तरिक्ष यात्राका लागि कति रकम तिरे भन्ने कुरो बताएको छैन । उनीहरूको यात्रा व्यवसायी आइज्याकम्यानले प्रायोजन गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *