नेपाल र भारतबीच तराई सड़क परियोजनाको समीक्षा

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक सम्पन्न भएको छ । भिडियो कन्फरेन्स मार्फत सम्पन्न बैठकमा भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली सामेल थियो । बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको भारतीय दूतावासले जानकारी दिएको छ ।

१४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासेल गरेको उपलब्धिमाथि सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौती हुँदाहुँदै पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको बताएका छन् । नेपालको तराई क्षेत्रमा कुल ३०६ किलोमिटर लम्बाइ रहेको १० वटा सड़कहरु (१४ वटा प्याकेजह्नकन्ट्रयाक्ट विभाजित) को निर्माणका लागि भारत सरकारले सन् २०१६ मा ८०० करोड नेपाली रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

यी सडकहरुले पूर्वपश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्नुका साथै दुई देशका जनताको आवतजावतलाई सहज बनाउन मदूत गर्नेछ । गत वर्ष नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री र नेपालका लागि भारतका राजदूतले संयुक्त रुपमा १४ मध्ये १३ वटा सडक प्याकेज नेपाललाई हस्तान्तरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *