सबै भारतीयलाई अफगानिस्तानबाट फिर्ता ल्याउने सरकारको प्राथमिकता

विदेशमन्त्री डा. एस जयशङ्करले बिहीवार भनेअनुसार भारतले अफगानिस्तानको स्थितिबारे अन्तर्राष्ट्रिय समुदायसँग निरन्तर कुराकानी गरिरहेको छ । तर अहिले सबैभन्दा पहिलो प्राथमिकता रहल भारतीयहरूलाई त्यहाँबाट फिर्ता ल्याउनु हो । डा. जयशङ्करले आज यहाँ सबै विपक्षी दलहरूका संसदीय नेताहरूलाई अफगानिस्तानको स्थितिबारे विस्तृत जानकारी दिए।त्यसपछि जयशङ्करले पत्रकारहरूलाई भने, सरकारको ध्यान अहिले त्यहाँबाट भारतीयहरूलाई फिर्ता गर्ने दिशामाथि सबैभन्दा धेर छ। सरकार सबै भारतीय नागरिकहरूलाई अफगानिस्तानबाट शीघ्र फिर्ता ल्याउन कटिबद्ध छ । यसको निम्ति देवी शक्ति अपरेशन अन्तर्गत ६ उड़ान सञ्चालित गरियो जसमा धेरैजसो भारतीयहरूलाई फिर्ता ल्याइयो । तर केही भारतीय नागरिकहरू अहिले पनि त्यहाँ रहेका छन् । सरकारले सबैलाई निश्चित रूपले फिर्ता ल्याउनेछ । भारतीय उड़ानमा केही अफगान नागरिकहरूलाई पनि ल्याइयो । तिनले भने, सरकारले अफगानिस्तानको सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भइरहेको गतिविधि तथा निर्णयहरूमाथि नजर राखिरहेको छ अनि यी गतिविधि तथा निर्णयहरूमा भारतको भूमिकाको स्थान होस् भन्ने हरसम्भव प्रयास गरिँदैछ । तिनले भने, यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको जर्मनीका चान्सलर एञ्जेला मार्केल र रूसका राष्ट्रपति भ्लादिमीर पुतिनसँग टेलिफोनमा कुराकानी भयो विदेश मन्त्रीले भनेअनुसार तिनले पनि यसबारे धेरै|

Leave a Reply

Your email address will not be published. Required fields are marked *