साइनाले बधाई दिइनन्: सिन्धु

भारतकी दिग्गज शट्लर पीभी सिन्धुले सोमवार बताएअनुसार, टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धामा काँस्य पदक जितेपछि मुख्य राष्ट्रिय प्रशिक्षक पुलेला गोपीचन्दले बधाई सन्देश दिए पनि सीनियर खेलाड़ी साइना नेहवालबाट उनलाई कुनै बधाई सन्देश प्राप्त भएन । गत विश्व च्याम्पियन सिन्धु आइतवार दुईवटा व्यक्तिगत ओलम्पिक पदक जित्ने दोस्रो भारतीय अनि देशकी पहिलो महिला खेलाड़ी बनिन् सिन्धुले यसअघि रियो ओलम्पिक २०१६ मा रजत पदक जितेकी थिइन् । पदक जितेपछि के गोपीचन्द र साइनासँग कुराकानी भयो भन्ने प्रश्नको जवाफमा सिन्धुले भनिन्, गोपी सरले त मलाई बधाई दिए। मैले अहिलेसम्म सोशल मीडिया हेरेकी छुइनँ म बिस्तारै सबैलाई जवाफ दिइरहेकी छु यसको साथमा सिन्धुले भनिन्, गोपी सरले त मलाई बधाई सन्देश पठाए। साइनाले चाहिँ पठाइनन् । हामी धेर बीतचीत गर्दैनौं गत वर्ष कोविड १९ महामारीबीच सिन्धु अभ्यास गर्न तीन महिनाको निम्ति लण्डन गएकी थिइन् । त्यसपछि सिन्धु र गोपीचन्दबीच मतभेदको खबर प्रकाशमा आएको थियो। स्वदेश फर्किएपछि सिन्धुले पनि गोपीचन्द एकाडमीको बदली दक्षिण कोरियाका पार्क तेइ-साङ्गको मार्गदर्शनमा गचीबाउली इण्डोर स्टेडियममा अभ्यास गर्ने फसेला गरेकी थिइन् । उल्लेखनीय छ, साइना नेहवाल र उनका पति पारुपल्ली कश्यपले यसपाली टोक्यो ओलम्पिकको निम्ति क्वालीफाई गर्न सकेनन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *