९ अगस्तसम्म लकडाउन जारी रहने

राज्यमा केही दिनदेखि कोरोनाको पोजिटिविटी दरमा वृद्धि भइरहेको कुरालाई ध्यानमा राख्दै २८ जुलाईको दिन स्वास्थ् एवं परिवार कल्याण मन्त्रालयद्वारा कोविड- १९ बारे जारी आदेशलाई अनुशरण गर्दै राज्य सरकारले ९ अगस्तसम्मको निम्ति नयाँ आदेश जारी गरेको छ । राज्यको गृह विभागीय प्रधान सचिव आर तेलाडद्वारा शुक्रवार कोरोनाबारे नयाँ आदेश जारी गरिएको छ जारी आदेश राज्यमा तत्काल प्रभावमा आएको छ भने यो ९ अगस्त बिहान ६ बजीसम्म लागू हुनेछ ।

गृह विभागद्वारा जारी आदेशअनुसार, कोरोनाको दुवै खुराक खोप लगाएको सम्बन्धित कागज पत्र पेश गर्ने सबै वर्गका व्यक्तिलाई रम्फू अनि मल्ली प्रवेशद्वारबाट राज्य प्रवेशमा अनुमति दिइनेछ । सेना अनि सुरक्षाकर्मीहरू, आधिकारिक भ्रमणमा अथवा सेवामा रहेका केन्द्र अनि राज्य सरकारका अधिकारीहरूलाई राज्य प्रवेश गर्नु दिइनेछ ।

राज्यका विभिन्न निजी वाणिज्यिक संस्थानहरूमा नियमित रूपमा कार्यरत अस्थायी बासिन्दाहरूले राज्य प्रवेश गर्दा ७२ घण्टाभित्रको आरटीपीसीआर नेगेटिव रिपोर्ट पेश गर्नुपर्नेछ । यदि सोही दिन फर्किएका हुन् भने उनलाई छूट दिइनेछ कोरोनाको दुइटै खोप लगाएका पर्यटकहरूलाई प्रवेश गर्नु दिइनेछ ।

यदि कोही पनि पर्यटकले कोरोनाको पहिलो खोप मात्र लगाएका छन् अथवा १८ वर्षभन्दा कम उमेरका छन् भने उनीहरूले ७२ घण्टाभित्रको कोरोनाको आरटीपीसीआर नेगेटिव रिपोर्ट पेश गरेपछि राज्यमा प्रवेश गर्नु दिइनेछ राज्यबाहिरबाट पर्यटक लिएर आएका वाहनहरूलाई पनि राज्य प्रवेश गर्नु दिइनेछ तर वाहन चालकले कोरोनाको दुइटै खोप लगाएको हुनपर्छ अनि वाहन राज्यबाट सोही दिन फर्किनुपर्छ राज्यका विभिन्न परियोजनाहरूमा कार्यरत श्रमिकहरू, प्राविधिक कर्मचारी अनि सम्बन्धिक कार्यरत व्यक्तिहरूलाई आरटीपीसीआर नेगेटिव रिपोर्टबिनै राज्य प्रवेश गर्नु दिइनेछ तर उनीहरू भने सम्बन्धित अथवा परियोजना क्षेत्रमा परियोजना प्राधिकरणद्वारा तयार गरिएको क्वारेण्टाइनमा अनिवार्य रूपमा बस्नुपर्ने हुन्छ । यसबारे सम्बन्धित जिल्लापालले सक्रियसँगले निगरानी गर्नेछन् परियोजनामा कार्य परामर्शदाता, विशेषज्ञहरू, अभियन्ताहरू अनि प्राविधिककर्मीहरू यदि परियोजना सम्बन्धित कार्य लिएर सात दिनभन्दा कम समयको निम्ति राज्य प्रवेश गर्छन् भने उनीहरूलाई प्रवेशको मिति अनि फर्किने टिकटसँगै आरटीपीसीआर नेगेटिव रिपोर्ट पेश गर्नुपर्नेछ उनीहरू आउजाउ गर्ने क्षेत्र अनि कार्यक्षेत्रसम्म सीमित रहनुपर्नेछ । राज्य प्रवेशमा अड्- इभन फर्मूला पालन गरिनेछ । तथापि, ट्रक, सानो वाणिज्यिक सवारी साधनहरूलाई राज्य प्रवेशमा यस फर्मूलाबाट छूट दिइनेछ । राज्यबाहिर जान चाहनेहरूको निम्ति भने प्रवेशद्वारमा कुनै निषेधाज्ञा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *