डिस्कस थ्रो-को फाइनलमा पुगिन् कमलप्रीत

भारतकी महिला डिस्कस थ्रो एथलीट कमलप्रीत कौरले टोक्यो ओलम्पिकमा महिलाहरूकी डिस्कस श्रो स्पर्धाको फाइनलमा प्रवेश गरी पदकको आशा जगाइन् । कमलप्रीतले आफ्नो अन्तिम प्रयासमा ६४.०० मीटरको थ्रो गरी फाइनलमा स्थान सुरक्षित गरिन् । यसको विपरीत अनुभवी एथलीट सीमा पूनिया चाहिँ निराशाजनक प्रदर्शनको साथ पदकको होड़बाट बाहिर भइन् कमलप्रीतले आफ्नो दोस्रो प्रयासमा ६३.९७ मीटरको दूरीमा थ्रो गरेकी थिइन् । कमलप्रीतले अब सोमवार हुने फाइनलमा पदकको निम्ति चुनौती पेश गर्नेछिन्। क्वालीफिकेशनमा शीर्षमा रहने अमेरिकी खेलाड़ी वालारी अलम्यानपछि ६४ मीटर या त्यसभन्दा अधिक दूरीको थ्रो गर्ने कमलप्रीत एकमात्र खेलाड़ी हुन् । दुवै पूलबाट ३१ जना खेलाडीहरूमा ६४ मीटरको मार्कलाई पार गर्ने या शीर्ष १३ एथलीटहरूले फाइनलको निम्ति क्वालीफाई गरिन् । सीमा पूनिया पूल मा ६० र ५७ मीटरको थ्रो- सहित छैटौं स्थानमा रहिन् । कमलप्रीतले पूल बी मा पहिलो प्रयासमा ६०, दोस्रोमा ६३.९७ र अन्तिममा ६४ मीटरको थ्रो गरिन् । यसरी नै पूल ए मा सीमाको पहिलो प्रयास अवैध रह्यो ।

कमलप्रीत भारतकी पहिलो महिला डिस्कस थ्रोअर हुन्, जसले ६५ मीटरभन्दा अधिकको थ्रो गरेकी छन् । यस उपलब्धिलाई उनले फेडरेशन कपमा हासिल गरेकी थिइन् । उनले इण्डियन ग्रां प्री मा ६६.५९ मीटर थ्रो गरी आफ्नै रेकर्ड तोड़ेकी थिइन् । द्रोणाचार्य पुरस्कार विजेता वीरेन्द्र पूनियालाई कमलप्रीतबाट धेरै आशा रहेको छ । उनले भने, कमलप्रीतले टोक्यो ओलम्पिकमा पनि भारतको प्रदर्शनलाई दोहोर्याउन सके (६६.५९ मीटर थ्रो) पदक निश्चित छ । उनले आफ्नो प्रदर्शनमा लगातार सुधार गरेकी छन् । उनले पहिला ६५.०९ मीटरको श्रो गरी रेकर्ड बनाएकी थिइन् अनि पछिबाट जूनमा ६६.५९ मीटरको श्रो गरी त्यस रेकर्डमा सुधार गरिन् असल सङ्केत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *