भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुको टोक्यो ओलम्पिक खेलहरूमा स्वर्ण पदक जित्ने सपना शनिवार चाइनीज ताइपेकी विश्वकी नम्बर एक खेलाड़ी ताइ जु यिड्ग विरुद्ध सीधा गेममा पराजयको साथ भताभुङ्ग भयो । रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले पहिलो गेममा त ताइ जु समक्ष कड़ा चुनौती पेश गरिन् तर अन्तमा उनले ४० मिनटसम्म चलेको क्वार्टर फाइनल म्याचमा १८-२१, १२-२१ ले हारको सामना गर्नु पन्यो । सिन्धुसँग अहिले पनि ओलम्पिकमा दुईवटा व्यक्तिगत पदक जित्ने पहिलो भारतीय महिला खेलाड़ी बन्ने मौका रहेको छ । सिन्धुले आइतवार खेलिने काँस्य पदकको म्याचमा चीनकी बी बिड्ग जियाओको चुनौती स्वीकार्नेछिन् । जियाओले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशकी चेन यूफेईलाई २१-१६, १३ २१, २१-१२ ले पराजित गरिन् । सिन्धु र ताइ जु-बीच सेमिफाइनल अघि १८ पल्ट जम्काभेट भएको थियो अनि १३ पल्ट ताइ जु विजेता रहेकी थिइन् । चाइनीज ताइपेकी खेलाडीले आज पनि सिन्धु विरुद्ध त्यही लयलाई कायम राखिन् । ताइ जु लाई लय हासिल गर्न केही समय लागे पनि सिन्धुले उनीमाथि दबाउ सृष्टि सकिनन् । म्याचको पहिलो गेममा दुई खेलाड़ीबीच रोमाञ्चक लड़ाइँ भए पनि दोस्रो गेम सम्पूर्ण रूपले ताइ जू को पक्षमा रह्यो । छैटौं वरीयता प्राप्त सिन्धुले यसअघि शुक्रवार क्वार्टर फाइनलमा जापानकी अकाने यामागुचीलाई पराजित गरेकी थिइन् ।
Related Posts
खेलो इन्डिया गेम्स तमिलनाडुमा जनवरी, २०२४ मा हुने भएको छ
- News Editor
- December 21, 2023
- 0
खेलो इण्डिया खेलहरू जनवरी २०२४ मा तमिलनाडुमा आयोजना गरिने छ। राज्य सरकारले खेलहरू १९ देखि ३१ जनवरी २०२४ सम्म चेन्नई, कोइम्बटूर, मदुरै र त्रिचीमा हुने […]
हक्की इन्डियाले महिला जुनियर एसिया कप विजेता टोलीका प्रत्येक सदस्यलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ
- News Editor
- June 11, 2023
- 0
दक्षिण कोरियालाई २–१ ले हराउँदै भारतले पहिलो पटक एसिया कपको उपाधि जितेको हो र यसको श्रेय महिला जुनियर हक्की टोलीलाई जान्छ । हक्की इन्डियाले टोलीलाई […]
ब्राजिलले दोस्रो आधा रातो कार्ड भएता पनि कोपा अमेरिकामा चिलीलाई हरायो
- Editor
- July 3, 2021
- 0
डिफेन्डिंग कोपा अमेरिका च्याम्पियन ब्राजिलले सेमिफाइनलमा प्रवेश गर्न १० जना पुरुषको साथ कडा प्रतिस्पर्धा गरे। दोस्रो हाफको शुरुमा गेब्रियल येशूलाई पठाइएको भन्दा केहि सेकेन्ड अघि प्रतिस्थापक […]