सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा

वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरिन्। रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले विश्वकी ३४औं नम्बरकी खेलाड़ी चिथुङ्गलाई केवल ३५ मिनटमा २१-९, २१-१६ ले पराजित गरी ग्रुपमा शीर्ष स्थान हासिल गरिन् सिन्धुको चियुङ्ग विरुद्ध छैटौं म्याचमा यो छैटीं जीत हो । विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले अब प्री क्वार्टर फाइनलमा ग्रुप आई को शीर्ष स्थानमा रहने डेनमार्ककी विश्वकी १२औँ नम्बरकी खेलाड़ी मिया ब्लिचफेल्टको चुनौती स्वीकार्नेछिन् सिन्धुको ब्लिचफेल्ट विरुद्ध जीत-हारको रेकर्ड ४१ रहेको छ डेनमार्ककी खेलाडीले सिन्धु विरुद्ध एकमात्र जीत यसै साल थाइल्याण्ड ओपनमा दर्ता गरेकी थिइन्। हैदराबादकी छटी वरीयता प्राप्त खेलाड़ी सिन्धुले यसअघि आफ्नो पहिलो म्याचमा इज्रायलकी सेनिया पोलिकार्पोवालाई पराजित गरेकी थिइन् ।

सिन्धुले आफ्नो विविध शट् र गतिमा परिवर्तन गर्ने क्षमताद्वारा चियुगलाई पूरा कोर्टमा दगुर्न लगाएर लखतरान पारिन्। चियुगले आफ्नो क्रस कोर्ट रिटर्नद्वारा केही अड्क हासिल गरिन् तर हङ्गकङ्गकी खेलाडीले लगातार गल्ती गर्दा सिन्धुमाथि दबाउ सृष्टि हुन सकेन । म्याचमा असल शुरुवात गर्दै सिन्धुले ६- २ को बढ़त हासिल गरिन् अनि त्यसलाई बढाएर १०३ पुयाइन् । पहिलो गेममा ब्रेकसम्म उनी ११ ५ ले अघि रहेकी थिइन् । ब्रेकपछि पनि सिन्धुले असल प्रदर्शन गर्दै आफ्नो बढ़तलाई २०-९ पुन्याइन् अनि चियुगले शटलाई नेटमा अल्झाउँदा भारतीय खेलाडीले पहिलो गेम जितिन् । दोस्रो गेममा चियुगले असल प्रदर्शन गरिन् । उनले सिन्धुलाई न्यालीहरूमा व्यस्त राखिन् अनि एक समय त स्कोर ८-८ को बराबरीमा रहेको थियो । यस अवधि सिन्धुले चियुगको शटलाई जाँच्नमा पनि गल्ती गरिन् अनि पछिबाट शटलाई बाहिर हिर्काएर ब्रेकको समयमा हङ्गकङ्गकी खेलाडीलाई एक अङ्क को बढ़त प्रदान गरिन् । ब्रेकपछि चियुगले दबाउ सृष्टि गर्ने प्रयास गरिन् तर सिन्धुले शक्तिशाली स्म्याश र उत्कृष्ट शट्को साथ १९-१४ को बढ़त हासिल गरिन् । सिन्धुलाई ६ वटा म्याच अद्दक हासिल भयो । उनले एउटा शट बाहिर हिर्काइन् अनि एउटालाई नेटमा अल्झाइन, तर अन्तमा स्म्याशद्वारा म्याच जितिन्। यसबीच पुरुष एकलमा बी साई प्रणीतले ग्रुप डी को आफ्नो दोस्रो तथा अन्तिम म्याचमा नीदरल्याण्डका एम कालजोवको चुनौती स्वीकार्नेछन् । यसअघि मङ्गलबार सात्विकसाईराज रड्कीरेड्डी र चिराग शेट्टीको जोड़ीले पुरुष युगलको ग्रुप ए मा बेन लेन र सीन वेण्डीको ब्रिटिश जोड़ीलाई पराजित गरी तीनवटा म्याचमा दुईवटा जितेर पनि कार फाइनलमा स्थान बनाउनदेखि चुकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *