टोक्यो ओलिम्पिक्स २०२०: नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे

टोक्यो ओलिम्पिक्स-२०२० मा ४०० मिटर ‘फ्री स्टाइल’तर्फ स्वर्ण पदक हात गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दा किशोर पौडीबाज अहमद हाफ्नाओई टोक्यो अक्वाटिक सेन्टरमा नि:शब्द बने।

अठार वर्षे ती खेलाडी छनोट चरणको अन्तिम खेलमा सबैभन्दा सुस्त थिए।

तर उनले अस्ट्रेलियाका ज्याक मक्लक्लिनलाई पराजित गरेर उक्त खेलमा अहिलेसम्मको सबैलाई आश्चर्यचकित पारे।

ती अस्ट्रेलियाली खेलाडीले रजत पदकमा चित्त बुझाउनुपर्‍यो भने अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते।

Click here to view the source

Leave a Reply

Your email address will not be published. Required fields are marked *