फूटपाथमा राखेका दोकानहरू हटाउने निर्देश

खरसाङ नगरपालिकाले खरसाङ बजारको बाटोहरूमा राखेका पसल मालिकहरुलाई आफ्नो दोकानको अगाडी गैर कानुनी तरिकाले लगाएको पसलहरू आजदेखि नलगाउने अनि अबदेखि लगाएको देखें गर्ने खरसाङ नगरपालिकाले कानुनी कार्वाही गरिने भएको छ । आज खरसाङ नगरपालिकाद्वारा खरसाङ बजारको बाटोतिर राखिएको पसलहरूको निरीक्षण गरिएको छ । यसावधि नगरपालिकाले बाटोमा राखिएका पसलेहरूलाई अबदेखि बाटोतिर पसलहरू नलगाईदिने निवेदन गरिएको छ । तर नगरपालिकाकोगरेको निवेदनलाई अनदेखा गरेर पुनः पसलहरू बाटोतिर राखेको भेट्टाए कार्वाही गरिने भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन् । उनले बजारको बाटोतिर राखिएको दोकानहरूले स्थानीय जनसाधारणलाई असुविधा भईरहेको र नगरपालिकाले कार्वाही गरेन भनेर गुनासो भईरहेकोले हामीले यो यो कदम उठाएका छौं र अबदेखि दोकानहरू बाटोतिर नराखिदिने निवेदन गरेका छन् । प्रधानले यसै विषयमा गत २३ जूनको दिन नगरपालिकाले महकुमा शासक र पुलिस प्रशासनसित सभा बसेको बताउँदै यसैको आधारमा आजदेखि यो अभियान शुरु गरिएको र अब पनि कसैले बाटोतिर दोकानहरू खोलिएको पाए पुलिस प्रशासनको सहयोगमा कार्वाही गरिने जानकारी गराएका छन् यसै क्रममा पसलले पक्षले पनि पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै हामीलाई यदि अलग्गै नगरपालिकाले दोकान गर्न जग्गा दिए हामी बेकारीहरुको समस्याको समाधान हुने बताएका छन्। पसलेहरूलाई उठाउने मात्र होइन तर बनाउने कुरा पनि गरिदिए राम्रो हुन्छ कारण हाम्रो पनि समस्या छ, त्यसैले पथ पसलेहरूको लागि पनि नगरपालिकाले सही ठाउँ प्रदान गरे हाम्रो पनि समस्याको समाधान हुने थियो भनी बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *