असमकी नाबालिका अपहरणको आरोपमा २ पक्राउ

असमको एकजना नाबालिकालाई अपहरण गरेको आरोपमा असम निवासी दुइजना अभियुक्तलाई रम्फू पुलिसले पक्राउ गरेको छ भने नाबालिकालाई सुरक्षित उद्धार गरिएको छ । प्राप्त जानकारीअनुसार शुक्रवार राति ९ बजी रम्फू बंगाल सीमामा असमको सिराम जिल्ला रोनीखाटा पुलिस थानाअन्तर्गत देवसानी निवासी दुइ व्यक्ति ४१ वर्षीय कृष्ण योगी अनि ३१ वर्षीय टीकाराम घिमिरेलाई एकजना १३ वर्षीय नाबालिकाको साथ पक्राउ गरिएको हो । बताइएअनुसार आरोपी दुइ व्यक्तिले उक्त नाबालिकाको अपहरण गरी सिक्किम भित्र्याइरहेको आरोप छ । गुप्त सूचनाको आधारमा रम्फू पुलिस पोस्ट प्रभारी एसआइ लक्ष्मण पोख्रेलले शुक्रवार राति सीमा क्षेत्रमा नाका चेकिङ अभियान चलाएका थिए । सोही समय एउटा असम नम्बरधारी एएस २६ इ १०३७ इको वाहनलाई रोकेर जाँच गर्दा नाबालिका सितैतिनीहरूलाई पक्राउ गरिएको हो कालेबुङ पुलिसले शनिवार आरोपी दुवैलाई भारतीय दण्डसंहिताको धारा ३६३, ३६५ अनि १२० बी मुद्धा दर्ता गरी कालेबुङ जिल्ला अदालतमा प्रस्तुत गरेको थियो भने नाबालिकालाई बाल सुरक्षा अभियानको देखरेखमा सुरक्षित राखिएको थियो । अदालतबाट आरोपीद्वयलाई चार दिनको पुलिस रिमाण्डमा पठाइएको थियो भने मंगलवार ट्रान्जिट रिमाण्डको आधारमा असम पुलिसलाई हस्तान्तरण गरिएको छ । आसाम रोनीखाटा पुलिस थाना एसआ घटनाबारे जानकारी दिँदै भने, बिहीबार थानामा १३ वर्षीय उक्त नाबालिकाको परिवारले मिसिङ डायरी गरेका थिए । दुइ दिनपछि कालेबुङ पुलिसद्वारा उक्त नाबालिकालाई उद्धार गरिएको अनि दुइ व्यक्तिलाई पनि पक्राउ गरिएको खबर पाएपछि आफूहरू लगत्तै कालेबुङ आएको र यता आएर जिल्ला अदालतमा असम पुलिसद्वारा ट्रान्जिट रिमाण्ड गरिएपछि अदालतले रिमाण्डलाई स्वीकृति दिएर दुइ आरोपीलाई असम पुलिसको हातमा सुम्पिएको तिनले बताए । तिनी मंगलवार नै असम प्रस्थान भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *