हिना खानको ‘लाइन्स’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

यह रिश्ता क्या कहलाता है’ की टीभी एक्ट्रेस हिना खान अब निर्माता बनेकी छन् । 

हिनाले आफ्नो प्रोडक्सन कम्पनी हिरोज फर बेटर फिल्मस्को ब्यानरमा सर्टमुभी ‘लाइन्स’को सहनिर्माण गरेकी हुन् । 

‘लाइन्स’ ओटीटी प्लेटफर्म वूट सेलेक्टमा रिलिज हुनेछ । वूट सेलेक्टमा जुलाई २४ मा फिल्म फेस्टिभल शुरू हुँदैछ, जसमा सटमूभीहरू देखाइने छ । 

हिनाले यसमा नाजिया नामको भूमिका निभाइरहेकी छन्, जो एक निर्दोष कम उमेरकी किशोरीको कहानी हो । नाजियाको जिन्दगीमा केही चुनौतीहरू आउँछन्, जसको सामना उनले गरेकी छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *