कालेबुङ विधायक रुदेन सादा लेप्चाले गोजमुमो अध्यक्ष विमल गुरुङलाई पहाड़को डिजास्टर भनेर संज्ञा दिएको वक्तव्यलाई गोजमुमो विमल शिविरका केन्द्रिय सहसचिव अनिल लोपचनले खण्डन गरेका छन् । तिनले विमल गुरुङ पोल्टिकल डिजास्टर रहेको तर गोर्खाल्याण्ड र जातिका निम्ति होइन केवल गोजमुमो विनय शिविरका लागि रहेको बताए । यही कुरा बुझेर रुदेन लेप्चा असन्तुलित भएर उल्टापाल्टा बयानहरू दिइरहेका लोपचनले आरोप लगाएका । रेली खोला, गर्ल्स हाई स्कुल, छन् गिटी, बलुवा अनि शहरका अन्य क्षेत्रहरू यदि डिजास्टर भएको छ भने त्यसको पछि रुदेन सादा लेप्चा रहेको आरोप पनि लोपचनले लगाए । रुदेन लेप्चाले गोजमुमो विमल शिविरले फोटो सेशनको राजनीति गर्छ भनी लगाएको आरोपमा बोल्दै भने, गोजमुमोले २००९ देखि भाजपालाई विश्वास गरेर ३ पल्ट एमपी जिताएर पठायो तर भाजपाले केही नगर्दा अनि टीएमसी राज्य सरकारले स्थायी राजनैतिक समाधान गरिदिन्छु भन्दा भाजपासँग सम्बन्ध विच्छेद गरेर टीएम सीसँग मिलेर विधानसभा चुनाउ लड़ेका हौं । यो पोल्टिकल अण्डरस्ट्याण्डिङ फोटो सेशनले जन्माएको होइन तर रुदेन सादा लेप्चाले हालै कलकत्तामा गएर विभिन्न विभागीय मन्त्रीहरूसँग भेट गरेर फोटो खिच्दै सामाजिक सञ्जालतिर साथै पत्र-पत्रिकातिर छपाएकै हुन् तर हामीले त्यसलाई फोटो सेशन भनेका छैनौं कारण भोट जितेको भोलिपल्टै हार्ने बूथमा काम गर्दैनौं भन्ने हाम्रोमा मानसिकता छैन, तिनले भने जितेपछि ।
Related Posts
पश्चिम बंगाल: कोविड केसहरू बढ्दै गएपछि शैक्षिक संस्थाहरू बन्द गर्ने कुनै ‘तत्काल योजना’ छैन
- Editor
- July 9, 2022
- 0
पश्चिम बंगालका अधिकारीहरूले अब शैक्षिक संस्थाहरू बन्द गर्न ढिलाइ नगरीकन गर्दैनन्, राज्यले Coivd-19 मामिलाहरूमा घातीय माथिल्लो झटका रेकर्ड गरिरहेको भए पनि। पश्चिम बंगालका शिक्षा मन्त्री […]
उक्त क्षेत्रमा विद्युत सेवा ठप्प, स्थानीयले विद्युत् विभाग अगाडि प्रदर्शन गरेका छन्
- Priyanka Bhowmick
- August 18, 2023
- 0
फुलबारीको पश्चिम धन्तला क्षेत्रमा बिजुली सेवा कमजोर हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन्। शुक्रबार गाउँलेले फुलबारी विद्युत् विभाग अगाडि प्रदर्शन गरेका थिए। फूलबारी नम्बर २ […]
पश्चिम बंगाल: कालीघाट पुलिस अधिकारीले भिडियोमा सीएम ममता बनर्जीलाई ‘मा’ भने, हलचल मच्चायो
- Editor
- March 22, 2022
- 0
कालीघाट प्रहरी चौकीका अफिसर इन्चार्ज (ओसी) शान्तनु सिन्हा विश्वासले पश्चिम बंगालका मुख्यमन्त्री र तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीलाई “माँ” भनेर उल्लेख गर्दै अप्रत्यक्ष रूपमा सुभेन्दु […]