१६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ ।
बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।
त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फिनल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।